राष्ट्रिय समाचार

वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए । 'डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ,' उनले भने, 'यसै वर्ष ५५… पुरा पढौ

गर्भनिरोधक चक्कीको जथाभाबी सेवन बढ्दो, चिकित्सक भन्छन्- भविष्यमा आमा बन्ने चाहना नहुनसक्छ पूरा

नयाँ बानेश्वरस्थित आभास मेडिकल स्टोरमा एक युवतीले गर्भ निरोधक चक्की मागिन् । ती युवतीले गर्भ निरोधक चक्की मागेपछि मेडिकल सञ्चालक आभास पौडेलले ‘इ–कोन’ नामक पिल्स दिए । युवतीले एक सय रुपैयाँ सुभाषलाई दिएर आफ्नो बाटो लागिन् ।  पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको माग बढेको मेडिकल सञ्चालक आभास बताउँछन् । ‘पहिले फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, हिजोआज दैनिक १०–१५’ जनासम्मले आकस्मिक गर्भ निरोधक चक्की खरिद गर्छन् । महिला पुरुष दुवै खरिद गर्न आउने भए पनि प्रायः पुरुष मानिसले नै बढी खरिद… पुरा पढौ

खड्का दम्पतीलाई जापान पनि यहीँ, अमेरिका यहीँ

चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरेका छन्। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन्। बाउन्न वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध छन्। अहिले पनि उनको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दा कम छैन्। खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन्। सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताए। ‘बगैँचा नजिकै एउटा सानो बस्न… पुरा पढौ

घरदेशका परिवार पाल्न परदेशमा भारी बोक्दै नेपाली 

बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा  भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउछन्। 'नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ', नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआएका बोहराले भने। उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे।      पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन्। उनले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली… पुरा पढौ

ढलान गर्न तयारी गरेको पुल भत्कियो

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए ।… पुरा पढौ

राष्ट्रपति पौडेल र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।  भेटको अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे । साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा… पुरा पढौ

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको संख्या भोजपुरमा बढ्न थालेको छ। विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। दश वर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन्। उनले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए। ‘विदेशमा गरेको दुख र अनुभव आफ्नै ठाउँमा… पुरा पढौ

कोरोना भाइरसको नयाँ भेरियन्ट कति जोखिमपूर्ण ?

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त भेरियन्ट भारतको केरलामा पुष्टि भएको हो । नेपालको छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा पनि एक किसिमको तरंग पैदा भएको छ ।  भारतमा कोभिड–१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । भारतमा यो भेरियन्ट पहिलोपटक २२ मंसिरमा कारकुलमामा पुष्टि भएको थियो ।  भारतमा कोरोनाका केस बढेपछि नेपालमा पनि संक्रमण फैलिनसक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च… पुरा पढौ

प्रधानमन्त्रीको घोषणा – मेरो हुटहुटीअनुसारको परिणाम आएन, अब कार्यशैली बदल्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गरे ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता… पुरा पढौ

दुर्गम गाउमा विकासले गति लिँदै

काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् । लेखानीमा विनियोजित रकममध्ये रू पाँच करोड ५५ लाख सङ्घीय र रू… पुरा पढौ