जापान विशेष

जापानको ह्योगोको हिमेजीमा नेपाली सवार गाडी दुर्घटना हुदा १ को मृत्यु ४ घाइते

ह्योगो प्रान्तको हिमेजी सहरमा राष्ट्रिय राजमार्गमा मंगलबार बिहान पाँच नेपाली सवार कार पल्टिँदा एक जनाको मृत्यु भएको छ ।१९ गते बिहान करिब ३ः३० बजे हिमेजी सहरको शिकाहिगाशी–चोमा पार्टटाइम काम सकेर फर्किदै गरेका पाँच जना नेपाली सवार गाडी सडक़ छेउको बारसँग ठोक्किएर पल्टिदा एक जनाको मृत्यु भएको जापानी संचारमाध्यमले जनाएका छन ।दुर्घटनामा पछाडिको सिटमा सवार २० वर्षका एक व्यक्ति गाडीबाट खसेर करिब ४ मिटर तल नदीमा खसेर मृत्यु भएको बताईएको छ ।अन्य तीन जना पुरुष र महिला चोटपटक लागि घाइते भएको… पुरा पढौ

जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न, ‘जापान नेपाली मेडिकल एसोसियसन’ गठन, संयोजकमा डा लुशुन चालिसे

प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ ।ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको कोलाब्रेसनमा आइतबार सम्पन्न पाचौ ग्लोबल नेपाली हेल्थ कन्फेरेन्स (विश्व सम्मेलन) ले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गरेको हो ।“हामी स्वास्थ्य व्यक्ति, समुदाय, राज्य र एक राष्ट्रको प्राथमिकता हो भन्ने कुरालाई निरन्तर पुष्टि गर्छौं।”सम्मेलन पछि जारी गरिएको घोषणामा उल्लेख गरिएको छ - स्वास्थ्य एक… पुरा पढौ

किशीदाको मन्त्रिमण्डल पुनर्गठन: एकैपटक १३ मन्त्री परिवर्तन

जापानका प्रधानमन्त्री फुमियो काशिदाले सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले एकैपटक १३ मन्त्री फेरेका हुन् । बुधबार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । गत वर्षयता उनले दोस्रोपटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । पुनर्गठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन् । जसमध्ये ११ जना पहिलोपटक मन्त्री बनेका हुन् । बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजित ‘तिज धमाका २०२३’ को तयारी पुरा, कलाकार प्रीति, भागिरथ र सिता जापान आईपुगे

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले तिजको अबसरमा गर्न लागेको ‘तिज धमाका २०२३’ को तयारी पुरा भएको छ ।हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियार जापान आइसकेको र अन्य व्यवस्थापकीय कार्य सम्पन्न भएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए ।सिन कामाताको हलमा (144-0054 Ichome 18-16 Shinkamata, Ota City ) हुन लागेको ‘तिज धमाका-२०२३ ’ का लागि आवश्यक सामग्री व्यवस्थापन, कलाकार आगमन लगायतका काम सम्पन्न भैसकेको छ ।… पुरा पढौ

सोमबार हुने “तीज फेस्टिवल” को सबै तयारी पूरा

टोकियो,जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको संयुक्त आयोजनामा सोमवार गर्न लागिएको “तीज फेस्टिवल” को सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।टोकियोको कामतामा रहेको चर्चित नेपाली रेष्टुरेन्ट चौतारो रेष्टुरेन्टको साझेदारितामा हुन लागेको सो महोत्सवको सह-आयोजकमा नवलपुर समाज-जापान र भिजिट नवलपुर रहेका छन् ।कार्यक्रममा नेपाली गीत-संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला… पुरा पढौ

‘सत्ता शक्तिको भरमा गैर आवासीय नेपाली संघ अब प्रभावित हुँदैन‘ एनआरएनए कार्यकारी अध्यक्ष डा बद्री केसी

सत्ता शक्तिको भरमा गैर आवासीय नेपाली संघ प्रभावित नभइ आगामी कार्यकालको लागि हुने निर्वाचन कसैले रोक्न नसक्ने दाबी कार्यकारी अध्यक्ष डा बद्री केसीले गरेका छन ।एनआरएनए जापानले शुक्रबार टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका कार्यकारी अध्यक्ष डा केसीले विगतका अनुभवहरूबाट पाठ सिक्दै अक्टोबरमा हुने निर्वाचन मतदान प्रक्रियाबाट अघि बढ्ने स्पष्ट पार्दै सो कुरा बताएका हुन ।एनआरएनएको कुनै कालखण्डमा विगतको अवस्था आउनुपर्ने थियो र आयो । डा केसीले भने- ‘भावनाले सस्था चल्दा एकैदिन सकिन पनि सक्ने भएकोले अब… पुरा पढौ

नेपालमा जाइकाको गाडीमाथि भएको ढुंगा प्रहारमा जापानी राजदूतावासले आपत्ति जनायो

नेपालस्थित जापानी राजदूतावासले जाइका नेपालका प्रमुख ओकुबो आकिमिचुलाई लक्षित गरी ढुङ्गा प्रहार भएकोप्रति आपत्ति जनाएको छ। दूतावासले आज एक विज्ञप्ति जारी गर्दै आकिमिचुलाई लक्षित गरी ढुंगा प्रहार गर्दा उनी घाइते भएको र उनको सवारीसाधन क्षति भएको जनाएको छ।  प्रदर्शनकारीहरूले जाइका प्रमुख आकिमिचुलाई काठमाडौंमा ढुङ्गा प्रहार गरेको बताएपनि घटनाबारे दूतावासले थप बताएको छैन। प्रहरी स्रोतका अनुसार बुधबार त्रिचन्द्र क्याम्पस अगाडि उनीमाथि ढुंगा प्रहार भएको थियो।  दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको टिप्पणी गरेको छ। ‘लोकतन्त्रमा… पुरा पढौ

११ टिमलाई पछि पार्दै दोस्रो गलकोट कप भलिबल प्रतियोगिताको उपाधि घुम्टे युवा परिवार जापानले उचाल्यो 

दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियोलाई २ का विरुद्ध ० सेट आफ्नो पक्षमा पार्दै घुम्टे युवा परिवार जापानले उपाधि चुमेको छ ।गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजित सेप्टेम्बर ११ तारिख जापानको Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा सम्पन्न उक्त भलिबल प्रतियोगितामा भएको फ़ाइनलमा गेमको सोझो २ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । प्रतियोगिताको रमाइलो पक्ष विजेता टिम घुम्टे युवा परिवार… पुरा पढौ

१६ बुँदे साझा निष्कर्ष निकाल्दै एनआरएनए जापानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न,एक साझा फोरमको निर्माण हुने

जापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको वृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड निकालिएको हो । साझा फोरमको निर्माणका लागि भुषण घिमिरे, तिलक मल्ल, डा. बलराम श्रेष्ठ, जिज्ञानकुमार थापा र सालिकराम भण्डारी रहेको एक कार्यदल गरि उक्त कार्यदलको… पुरा पढौ

दोस्रो गलकोट कप भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने, टाईसिट सार्वजनिक

गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजना गरिन लागेको दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिएको खेल संयोजक नारायण भण्डारीले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले यसपटक दोस्रो संस्करणको रूपमा प्रतियोगिता… पुरा पढौ