जापान विशेष

टोकियो महानगरले १८ वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई प्रति महिना ५ हजार येन प्रदान गर्ने

टोकियो महानगर सरकारले घट्दो जन्मदरसँग लड्नका लागि १८ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूलाई प्रति महिना करिब ५,००० येन (लगभग $३८.२८) रकम सुविधा उपलब्ध गराउने योजना बनाएको टोकियोका गभर्नर युरिको कोइकेले बताएकी छन । गभर्नर कोइकेले टोकियो महानगरीय सरकारको मुख्यालयमा बुधबार नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा देशकै घट्दो जन्मदरलाई सन्तुलित राख्नका लागि महानगर सरकारले सो सुविधा उपलब्ध गराउन लागेको जानकारी गराएकी हूँ । उक्त प्रदान गरिने लागेको सुविधामा आम्दानीको सीमा लगाउने कुनै योजना नरहेको बताइएको छ। महानगरीय सरकारले उच्च… पुरा पढौ

गलकोट समाज जापानले स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ आयोजित ‘सॉंगीतिक धमाका-२०२३’ जापानका चार शहरमा भव्यताका साथ सम्पन्न

जापानमा सबैले भन्ने चर्चित वाक्याश हो ‘जापान गलकोटेहरूले खाए ’ ।अंग्रेजी नयाँवर्षको स्वागतसँगै गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ जापानका मुख्य चार शहरमा आयोजना गरिएको ‘सॉंगीतिक धमाका-२०२३’ मा देखिएको उत्साहपूर्ण सहभागिताले यो वाक्याशलाई पुष्टि गरेको हो की भन्ने देखायो । बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशिल रहेका गलकोटे नेपालीहरूको जापानमा बाक्लो उपस्थिति रहेको र तिनै गलकोटेहरूद्वारा सन् २००६ मा स्थापित संस्था गलकोट समाज जापानले सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप गर्न आर्थिक संकलनका लागि गरिने कार्यक्रमका… पुरा पढौ

जापानमा धनकुटाका २७ वर्षिय अनिश कटवालको असामयिक निधन

विद्यार्थी भिषामा ६ महिना अघि जापान आएका धनकुटाका अनिश कटवालको आफ्नै कोठामा असामयिक निधन भएको छ ।अँग्रेजी नयाँ वर्षको अघिल्लो दिनमा कटवालको आफु बस्दै आएको कोठामा नै निधन भएको उनीसंगै संगै बस्दै आएका साथीहरूले जानकारी दिएका छन । सन् २०२२ को जुलाईमा जापान आएका मृतक कटवालका साथीहरूका अनुसार अनुसार कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो) मा नै जनवरी १ तारिख बिहान मृत भेटिएका हुन् ।‘हामी बिहान ५ बजे नयाँ बर्षकोमा बाहिर मनाएर कोठामा पुगेका थियौं, भित्र हेर्दा… पुरा पढौ

जापानी समुद्री क्षेत्रमा उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार

उत्तर कोरियाले जापानी समुद्री क्षेत्रमा तीन वटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। राजधानी प्योङयाङबाट यी ब्यालेस्टिक मिसाइल प्रहार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्। जापानले दुई शंकास्पद मिसाइल कोरियाको पेनिनसुलास्थित पूर्वी तटीय क्षेत्रमा खसेको बताएको छ। जापानी समाचार संस्था एनइचकेले उत्तर कोरियाले छोटो दूरीका शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उल्लेख गरेको छ। उत्तर कोरियाले यो वर्षमात्रै ३७ वटा ब्यालेस्टिक मिसाइल जापानी सामुद्रिक क्षेत्रमा प्रक्षेपण गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग-यो’, दक्षिण कोरियाका संयुक्त… पुरा पढौ

जापानमा कोरोना संक्रमण बढ्दै गएपछि चीनबाट आउने यात्रुमाथि निगरानी बढाईयो

चीनमा नयाँ कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि जापानमा ३० गते अर्थात् शुक्रबारदेखि अस्थायी रूपमा सीमा नाकाबन्दी गरिएको र नारिता विमानस्थलमा चीनबाट सिधा उडानमा आउने यात्रुको प्रवेशको समयमा निरीक्षण गरिएको गर्न थालिएको छ । संक्रमणको संख्या र रेकर्ड-स्तरको बढ्दै गई मृत्युको सामना गरिरहेकोले त्यहाँ बढ्दो संक्रमणको बिरूद्ध आपतकालीन उपायको रूपमा जापानले शुक्रबार चीनबाट आउने सबै यात्रुहरूको लागि कोभिड-१९ को परीक्षणहरू आवश्यक परेको बताएको हो । सरकारले ३० तारिखदेखि चीनबाट सिधा उडानबाट जापान प्रवेश गरेका वा ७ दिनभित्र चीनको मुख्य भूमि… पुरा पढौ

जापानमा बुधबार कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

जापानमा बुधबार नयाँ कोरोनाभाइरसको कारण देशव्यापी मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ ।  स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार मात्र देशव्यापी रूपमा एकैदिनमा ४१५ जनाको मृत्यु भएको हो । सेप्टेम्बर २ मा ३४७ जनाको मृत्युपछि यो  एकै दिनमा घोषणा गरिएको सबैभन्दा उच्च संख्या हो ।  यसका साथै मन्त्रालयका अनुसार २८ गते घोषणा गरिएको जापानमा विमानस्थल क्वारेन्टाइनमा रहेकासहित नयाँ संक्रमितको संख्या २ लाख १६ हजार २१९ रहेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय अन्तरगतको विज्ञ सम्मिलित… पुरा पढौ

‘जापान र नेपालबीचको सम्बन्ध थप उचाईमा पुर्‍याउने छु’ ‐ राजदूत डा.सुवेदी

जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापान बीचको सम्बन्धलाई उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३को पूर्वअवसरमा एनआरएनए जापानले टोक्योमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै राजदूत डा.सुवेदीले दुई देश बीचको सम्बन्ध उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् । जापान सरकार र जापानीज नागरिकबाट नेपालको आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक विकासमा सहयोग र साहायता जुटाउनु साथै अभिवृद्धि गर्न भूमिका निर्वाह गर्ने उनले बताए । राजदूत डा.सुवेदीले नेपाल र जापान बीच रहेको जनस्तरको सम्बन्धलाई अझ घनिष्ट र प्रगाढ… पुरा पढौ

गलकोट समाज जापानको आयोजना हुने ‘सॉंगीतिक धमाका-२०२३’ को सम्पूर्ण तयारी पुरा, प्रकाश, रचना, श्रीकृष्ण र इश्वर धमका मच्चाउन जापान आइपुगे

“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ”भन्ने मूल मान्यताका साथ स्थापित NPO法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ हुने ‘सॉंगीतिक धमाका-२०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिक ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जानकारी दिइन । ‘कार्यक्रमका लागि सोमबार नै कलाकार… पुरा पढौ

शोगात्सु मनाउँदै: जापानको नयाँ वर्ष परम्पराको पहिलो कदमको यथार्थता

जापानमा परम्परागत रूपमा नयाँ वर्ष तीन दिनसम्म रहन्छ , धेरै मानिसहरूले विस्तारित बिदाहरू प्रयोग गरेर परिवारलाई भेट्न, पुरानो सम्बन्धहरू नवीकरण गर्न वा घरमा आराम गर्न प्रयोग गर्छन्। जापानी लोककथा र शास्त्रीय साहित्यका एक विशेषज्ञले पुरानो चलनको उत्पत्तिलाई उजागर गर्ने प्रयास गरेका छन।नयाँ वर्षको सुरुवात मनाउने विश्वभरि एउटा महत्त्वपूर्ण घटना हो जनवरी १। धेरै देशहरूमा एक मान्यता प्राप्त बिदाको दिन पनि हो जनवरी १, जापानमा गान्तान (नयाँ वर्षको दिन) शोगात्सु भनेर चिनिने तीन दिनको उत्सवको सुरुवात हो। जापानको नयाँ वर्षको परम्पराको… पुरा पढौ

जापानको अदालतले आप्रवासी विदेशीलाई देश निकाला गर्ने अध्यागमनको कार्यलाई असंवैधानिक ठहर 

टोकियो जिल्ला अदालतले एक विदेशी नागरिकलाई शरणार्थी स्थिति खोज्ने उनको आवेदन खारेज गरि देश निकाला गर्ने अध्यागमन अधिकारीहरूको कार्य असंवैधानिक भएको फैसला गरेको छ ।सन् २०१९ मा एक अफ्रिकी व्यक्तिलाई शरणार्थीको रूपमा जापानमा रहनका लागि गरेको आवेदन खारेज गर्ने न्याय मन्त्रीको निर्णयको बारेमा जानकारी दिएकै दिनमा निर्वासन गर्ने प्रयासलाई जापानको क़ानून विपरित रहेको ठहर गर्दै असंवैधानिक भएको फैसला गरेको हो ।अध्यागमन अधिकारीहरूले ३० वर्ष उमेरका जापानको संविधानको धारा ३२ ले गरेको ग्यारेन्टीलाई कानुनी अदालतमा जानबाट रोकेको आधारमा व्यक्तिले जापानी सरकारलाई… पुरा पढौ