नेपालको मौलिकताका आधारमा विकासको मोडल तयार पार्नु पर्नेमा सभासद् शेरचनको जोड

-


     जनहित न्युज    
     असाेज १४ गते २०८०


नेपालको मौलिकताका आधारमा विकासको मोडल तयार पारेर देशलाई समृद्ध पार्नुपर्नेमा गण्डकी प्रदेशका सभासद तथा नेपाली कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनले बताएका छन । 

जापान भ्रमणमा रहेका सभासद् शेरचनले शनिबार जापानको टोकियोमा बिपी चिन्तक तथा गणेशमान श्रेष्ठ फ़ाउण्डेसनद्वारा आयोजित समृद्ध नेपाल र नेपालीको अभियानमा गैर आवासीय नेपालीहरुको कर्तव्य र नेपालले उनीहरूलाई दिने अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त विचार व्यक्त गरेका हुन । 

विकास भनेको निरन्तर चलिरहने प्रक्रिया रहेकोले नेपालको विकास मोडेल मोडेल तयार गर्दा अन्यबाट देशबाट प्रभावित नभई नेपाली समाज, नेपालको भौगोलिक अवस्थिति, आर्थिक अवस्था लगायतलाई केन्द्रमा राखेर यथार्थपरक विश्लेषणका आधारमा योजना बनाउन सकियो भनेमात्र कार्यान्वयन हुने बताए । 

राज्यले नेपाली माटो सुहाउदो विकासको कल्पना गरेर जानुपर्ने अहिलेको वास्तविक आवश्यकता रहेको औल्याउदै सभासद शेरचनले गाउको विकास नभएसम्म समग्र नेपालको विकास सम्भव नरहेको बताए । 

‘जापानको बिकास, सस्कार र कार्यसम्पादन प्राणाली देखेर म प्रभावित भएको छु ।’ सभासद् शेरचनले भने- नेपालको विकास गर्न जापानबाट धेरै सिक्न सकिए जस्तै जापानले पनि नेपालबाट सिक्नसक्ने धेरै कुराहरू रहेको मैले अनुभव गरे, त्यसैले विकास भनेको भौतिक पूर्वाधारको संरचना मात्र तयार गरिनु मात्र पनि होइन रहेछ त्योसंगै आध्यात्मिक र मानवीय संवेदनापनि जोडि जोडिदो रहेछ । 

नेपालमा सामन्तबादका अवशेष हरेक पार्टी, राज्यका प्रत्येक संरचना र नेपाली मानसिकतामा समेत रहेकोले त्यसको सामुल नष्ट नभएसम्म नेपालको विकासले गति ल्याउन नसक्ने आफुले पाएको शेरचनले बताए । 

नेपालको बिकासलाई सहि दिशा दिनका लागि मैले मेरो नेतृत्वमा सभासदहरूको एक फोरम बनाएर फिल्ड भिजिट, अनुसन्धान, बहस छलफल, विज्ञको सल्लाहका आधारमा गरिनु पर्छ भनेर अभियानको सुरुवात गरेको छु । उनले भने यसबाट भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने र आवश्यकतामा आधारित बिकासको मोडेल तयार गर्न सहयोग पुग्ने विश्वास मैले लिएको छु । 

राज्यको लगानी अनुत्पादक क्षेत्रमा नगर्न आफूले संसदमा सुरु देखि आवाज़ उठाउदै आएपनि सामन्तबादको अवशेष रहिरहेकोले त्यसको निर्मूलीकरण गर्न कठिनाई गर्नका निकै कठिनाई भैरहेको उनको भनाई छ । 

जापान भ्रमणमा रहेको बेला जापानले पर्यटन भित्र्याउन र लामों समयसम्म बस्ने वातावरणका लागि अक्तियारी गरेका प्रयास आफुलाई राम्रो लागेकोले जापानबाट फर्केर सस्कृति पर्यटन मन्त्रीसंग नेपालमा पर्यटनको प्रवर्द्धनका अपनाउन सकिने प्रयासका बारेमा सुझाव दिने पनि उनले बताए । 

कार्यक्रममा बागलुङ  जिल्ला कांग्रेसका कोषाध्यक्ष श्रीधर कंडेल ,तरुण दल केन्द्रीय सदस्य नबिन शेरचन,एन आर एन प्रबक्ता खगराज गौतम,नेपाल समाचार सम्पादक गोकर्ण अधिकारी, गोर्खा समाजका अध्यक्ष चुरामणि भट्टराई,जन सम्पर्क समितिका दिपक भुसाल,देव मगर,सरोज मुडभरि,बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको सदस्य कृष्ण प्रसाद आचार्य,प्रबक्ता भेष नारायण श्रेष्ठले आफ्नो आफ्नो मन्तब्य राखेका थिए । 

डा.बलराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको समापन गर्दै प्रबासमा गैर आबासीय नेपाली ८६ देशमा छरिएर ६०  लाखको हाराहारीमा बोसोबास गरिरहेको र अहिलेको नेपालको अर्थतन्त्रमा वार्षिक बजेटको ३० प्रतिशत भार धानी रहेको उल्लेख गर्दै नेपालमा रहेका जम्मा २१ प्रतिशतको गरिबलाई व्यवस्थित डाटा बनाएर आफ्नो जिल्लाको गरिबी आफनै जिल्लाबाट समाधानको प्रयास गर्नुपर्ने बताए ।  

गैर आवासीय नेपालीको लगानीले देश समृद्ध हुने र यसको लागि राज्यले गैर आबासीय नेपालीलाई लाभ र उत्साहित हुने अधिकारहरु दिदा राम्रो हुने विचार व्यक्त गरे । 

कृष्ण भण्डारीद्वारा संचालन गरिएको कार्यक्रममा इन्दिरा सुजुकीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?