
नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को महाअधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनहरूका मितिहरू तय भएका छन ।
संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगतकै कार्यक्रम अनुसार ७ वटा क्षेत्रीय समिति रहेको मञ्चका गुन्मा तोचिगी, कान्तो, फुकुओका क्युस्यु, च्युबु मिए क्षेत्रीय समितिले आफ्नो अधिवेशनको मिति तय गरि आवश्यक सम्पूर्ण तयारी भैसकेको बताएका छन ।

गुन्मा क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोबर १ तारिख आइतबार हुने तय भएको संयोजक राकेश बिमलीले जानकारी दिए ।
संयोजक बिमलीका अनुसार अधिवेशनमा जापान भ्रमणमा रहेका बागमती प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री रत्न ढकाल र विषेश अतिथिमा चौरीदेउराली गाउपालिकाकी अध्यक्ष रेणुका चौलागाई रहेका छन ।
दिउसो १ बजेदेखि संचालन हुने अधिवेशन गुन्मा केनको तातेबयासीमा रहेको काठमाडौ किचन फुजिहाराचो हुने बताईएको छ । प्रगतिशील प्रवासीहरूको एकता, आधुनिक समृद्ध नेपाल निर्माण आजको आवश्यकता भन्ने मान्यताका साथ हुन लागेको अधिवेशनको आन्तरिक तयारीको लागि बैठक बसी कार्य विभाजन गरि सोहि अनुरूप काम भैरहेको बिमलीले बताए ।

त्यस्तै अक्टोबर १ तारिख आइतबार कै दिन फुकुओका कुस्यु क्षेत्रीय समितिको पनि पाँचौ अधिवेशन हुने भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा अधिवेशन हुने क्षेत्रीय समितिको अधिवेशन गराउने जिम्मेवारी पाएका राष्ट्रिय समितिका उप महासचिब रामकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार मध्यान्ह १२ बजेबाट सुरु हुने उक्त अधिवेशन 福岡市博多区博多駅前1-27-1 मा हुने भएको हो ।

त्यसैगरि कान्तो क्षेत्रीय समितिको सातौ अधिवेशन नोभेम्बर ५ तारिकका दिन हुने भएको छ । प्रवास नेपालीहरू सबैमा सद्भाव र एकता आजको अपरिहार्यता, राज्यको अर्थतन्त्र सुधारमा रेमिटान्समा जोड हालको अपरिहार्यता भन्ने नाराका साथ हुने अधिबेसनको आन्तरिक तयारी सम्पन्न भैसकेको क्षेत्रीय समितिका उपाध्यक्ष सुनिल देवकोटाले जानकारी दिए । उनका अनुसार कार्यक्रम टोकियोको सिनओकुबो स्थित सोलमारीको मुरा हलमा हुने भएको छ ।

क्षेत्रीय अधिवेशनको मिति तय गर्ने क्रममैं च्युबु मिए क्षेत्रीय समितिको पाँचौ अधिवेशन अक्टोबर ८ तारिक हुने भएको हो । प्रगतिशील प्रवासीहरूको एकता, समृद्ध नेपाल निर्माण आजको आवश्यकता भन्ने मान्यताका साथ हुन लागेको अधिवेशनको आवश्यक तयारी पुरा भएको क्षेत्रीय संयोजक हरिदोङ् तामाङले जानकारी दिए ।
प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर क्षेत्रीय समितिका अधिवेशनहरू हुने तय भएको राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष मोहन पौडेलले बताए ।
संगठनको सदस्यताको लागि अनलाइनमार्फत आवेदन र नवीकरण गर्ने व्यवस्था मिलाईएको छ । महासचिव बाबुराम पौडेलले भने- जापानमा नेपालीको संख्या बढ़ेसंगै हामी निकटका साथीहरूको पनि आगमन भएकोले उहाहरूसंगै सबैले सदस्यता आवेदन फारम भर्न र नवीकरण गर्नको लागि अनुरोध गर्दछु ।