जापान विशेष

लोक कलाकारसंगै झुमे जापानबासी नेपाली

साँगीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेञ्चुरी, रेशम निर्दोश र अमृता नेपालीले आइतवार ओसाका सोमबार नागोया र मंगलबार टोकियोमा आयोजित साँगीतिक कार्यक्रममा कलाकारहरु सँग दर्शक मज्जाले झुमेका थिए।लाखौं नेपालीका ढुकढुकी बन्न सफल कलाकार सेन्चुरी निर्दोश र नेपालीलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानबासी हजारौं नेपाली हर्षले विभोर हुँदै उनीहरुका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए। नेपाली लोक कलाकारहरुको प्रस्तुति सँगै फेरिएको माहौल र उनीहरूप्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । सँगै नाच्ने गाउने… पुरा पढौ

सबै क्षेत्रलाई समेटेर एनआरएनए जापानले गर्यों सल्लाहकार, मानार्थ सदस्य, विशेषज्ञ समिति सदस्यसहित विभिन्न विभागहरुमा मनोतित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले सल्लाहकार, मानार्थ सदस्य, विशेषज्ञ समिति सदस्यसहित विभिन्न विभागहरुमा मनोतित गरेको छ।एनआरएनए जापानको सातौं पूर्ण बैठकको निर्णय अनुसार विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ५ को दफा १० को १०.९ बमोजिम सल्लाहकार, मानार्थ सदस्य तथा विशेषज्ञ समिति सदस्य र सोहि विधानको परिच्छेद ५ को दफा २ को २.३ बमोजिम विभिन्न १४ वटा विभागका संयोजक सदस्य सचिव र सदस्यसहित प्रेस सल्लाहकार मनोनित गरिएको एनआरएनए जापानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।एनआरएनए जापानका प्रवक्ता… पुरा पढौ

गल्कोट नुवाकोट समाज जापानको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा झंक बहादुर खड्का र सचिवमा इश्वर गैरे निर्वाचित

बागलुङ जिल्लाको गल्कोट नुवाकोट जन्मभूमि भइ बिभिन्न पेसा तथा रोजगारीको सिलसिलामा जापानलाई कर्म थलों बनाएका गल्कोट नुवाकोटबासीको साझा संस्था गल्कोट नुवाकोट समाज जापानको हालै सम्पन्न चौथो अधिवेशनले झंकबहादुर खड्काको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छम बहादुर विश्वकर्मा, उपाध्यक्षमा प्रदिप गैरे, लिलामणि न्यौपाने र सञ्जय साहनी सचिबमा इश्वर गैरे, सह सचिवमा तुलबहादुर केसी, सुसान साहनी, कोषाध्यक्षमा प्रेम थापा र सह कोषाध्यक्षमा होमबहादुर खत्री चयन गरेको छ ।समाजको लेखा समितिमा सयोजक सूर्य भण्डारी उपसयोजक कुलबहादुर खड्का, सास्कृतिक… पुरा पढौ

बिहुँकोट समाज जापानको अधिवेशन सम्पन्न, दिपक कडेल अध्यक्षमा निर्वाचित

बिहुँकोट समाज जापानको आइतबार सम्पन्न १७ औँ साधारण सभा तथा ९ औँ अधिवेशनले दिपक कडेलको अध्यक्षतामा आगामी कार्यकालको लागि ३३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको । जापानका लागि नेपाली राजदूत डादुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिबलाल कडेल, रामु कडेल,फणिन्द्र शर्मा सुवेदी, बिष्णु प्रसाद कडेल, टिकाराम कडेल, वेद प्रसाद कडेल र प्रेम प्रसाद कडेललाई निर्वाचित गरेको निर्वाचन समितिका संयोजक तथा संरक्षक दिपक सुवेदीले जानकारी दिए । निर्वाचन समितिका संयोजक तथा संरक्षक सुवेदीका अनुसार सर्वसहमतीय रुपमा निर्वाचित भएको समाजको महासचिवमा… पुरा पढौ

गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका २०२४ कार्यक्रम सम्पन्न

सामाजिक सेवाका कार्यमा अग्रणी भूमिकामा क्रियाशील रहेकोले पहिचानलाई कायम राखि राख्न राजदूतको आग्रह गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका २०२४ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षामा अक्षयकोष वृद्धि सहयोगार्थ गरिएको यस वर्षको साँगीतिक धमाका २०२४ मा जापानका मुख्य शहर ओसाका नागोया र टोकियोमा व्यापक दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको समाजले जानकारी दिएको छ। हाम्रो गाउँ, हाम्रो ठाउँ हातेमालो गरि समृद्ध बनाउन भन्ने नाराका साथ सन् २००६ स्थापना भएको गलकोट समाज सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले… पुरा पढौ

अकिहाबरामा रेल स्टेशनमा रेल भित्र एक महिलाले छुरा प्रहार गर्दा चार जना घाइते

जापानको जेआर स्टेसन अकिहाबरामा रेल स्टेशनमा रोकिको रेल भित्र एक महिलाले छुरा प्रहार गर्दा चार जना घाइते भएका छन् ।महानगरीय प्रहरी विभागका अनुसार बुधबार राती ११ बजेतिर अगाडि जेआर यामानोटे लाइनमा एक महिलाले यात्रुलाई चक्कुले प्रहार गरि तीन जना गम्भिर घाइते र एक जना सामान्य घाइते भएका हुन् ।घाइते मध्य तीन जना गम्भिर घाइते रहेको र अस्पतालमा उपचारारत रहेको र चक्कु प्रहार गर्ने २० वर्षीय युवतीलाई हत्या प्रयासको आशंकामा घटनास्थल बाट नै पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको महानगरीय प्रहरी… पुरा पढौ

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो, ३३ हजार बढी प्रभावित ‘सेल्टरमा’

जापानको इशिकावा प्रान्तमा सोमवार गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।​​ बुधबार सरकारी अधिकारीले ७३ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सोमवार गएको ७.६ म्याग्निच्यूडको भूकम्पले इशिकावाको बाजीमा शहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ । बुधवारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।खराब मौसमबीच उद्धारकर्ताले भग्नावशेषमा फसेका… पुरा पढौ

जापानमा भूकम्पका कारण जमिन कसरी सर्‍यो

जापानमा गएको म्याग्निट्यूड ७.५ को भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसको कारणले प्रभावित क्षेत्रको जमिन कति सर्‍यो भन्नेमा प्रतिबिम्बित भएको छ।  सोमवारको भूकम्पछि केही ठाउँमा जमिन चार मिटर उठेको छ र छेउछाउमा एक मिटर सरेको छ। भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ। देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित 'जीपीएस' केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ। भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन… पुरा पढौ

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न, अध्यक्षमा कृष्ण केसी

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा, टोपबहादुर घर्तीमगर, गोविन्द विष्ट र मनीष खनाल रहेका छन् । यसैगरी, महासचिवमा अर्जुन आचार्य चयन भएका छन् ।  सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल रहेका छन् । यस्तै, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्।  महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजकमा नारायण भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज… पुरा पढौ

जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

नयाँ वर्षको दिनमा मध्य जापानको इसिकावा प्रिफेक्चरको नोतो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । इशिखावा प्रिफेक्चरको सुजु सहरमा २० जना, वाजिमा सहरमा १९ जना, नानाओ सहरमा ५ जना, अनामिजु सहरमा २ जना, हाकुई सहर र सिगा सहरमा १–१ जना गरी ४८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  इसिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार… पुरा पढौ