अकिहाबरामा रेल स्टेशनमा रेल भित्र एक महिलाले छुरा प्रहार गर्दा चार जना घाइते

-


     जनहित न्युज    
     पौष १८ गते २०८०


जापानको जेआर स्टेसन अकिहाबरामा रेल स्टेशनमा रोकिको रेल भित्र एक महिलाले छुरा प्रहार गर्दा चार जना घाइते भएका छन् ।
महानगरीय प्रहरी विभागका अनुसार बुधबार राती ११ बजेतिर अगाडि जेआर यामानोटे लाइनमा एक महिलाले यात्रुलाई चक्कुले प्रहार गरि तीन जना गम्भिर घाइते र एक जना सामान्य घाइते भएका हुन् ।
घाइते मध्य तीन जना गम्भिर घाइते रहेको र अस्पतालमा उपचारारत रहेको र चक्कु प्रहार गर्ने २० वर्षीय युवतीलाई हत्या प्रयासको आशंकामा घटनास्थल बाट नै पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

घाइते मध्य तीनजनालाई छाती र ढाडमा गम्भीर चोट लागेको अवस्थामा अस्पताल लगिएको छ तर सबै सचेत छन् ।

महानगरीय प्रहरी कार्यालयको अनुसन्धानका क्रममा उनले धेरैजसो आरोप स्वीकार गरेका छन् । घटनास्थलबाट चक्कु बरामद भएको र घटनाको अवस्था र विवरणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जनाएको छ ।

जसका कारण जेआर यामानोते लाइनको भित्री र बाहिरी लाइनको सञ्चालन केही समयका लागि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?