जापान विशेष

जापान प्रवेश नियमहरू सहज भएपछि विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिन नसकिने-शिक्षा मन्त्री शिनसुके

पर्यटकका लागि आगमन बन्द गर्दै १ मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई जापानले खुकुलो पार्दा विदेशमा फसेका विद्यार्थीहरूलाई प्राथमिकता भने नदिने स्पष्ट पारेको छ। लामों समयदेखि जापान आउनका लागि करिब १ लाख ५२ हजार विदेशी विद्यार्थीले भिसा स्वीकृत गराइ जापान प्रवेशका लागि हतारिएका भए पनि कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरू जापान प्रवेश गर्न असमर्थ भएका थिए।जापान आउन हताश विद्यार्थीहरूले सीमा प्रतिबन्ध हटाउन महिनौंदेखि नाराबाजी गर्दै आएका र… पुरा पढौ

जापानीजले देखेको केवलकार सपना ! 

पोखराको सेदीदेखि सराङकोट केवलकार पहिलो पटक जापानीजले कल्पेका थिए । नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा चुनावमा होमिएका ताकासी मियाहाराले चुनावी घोषणा पत्रमा सेदी–सराङकोट केवलकार योजना राखेका थिए । उनले चुनाव जितेनन् । उनको चुनावी योजना शुक्रबारदेखि सार्थक भएको छ । फेवातालको मुहानतर्फ पामे जाने बाटोमा पर्छ, सेदी । अब खपौंदीदेखि नै सेदीबाट सराङकोट केवलकार आउजाउ गरेको देख्न सकिन्छ । अन्नपूर्ण केवलकार कम्पनीका निर्देशक रहेका त्रिपाठीले भने, ‘केवलकार आजदेखि संचालनमा ल्याइयो, तर दुखको कुरा, यसको परिकल्पनाकार ताकासी २… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न, ४४ जना रक्तदानमा सहभागी

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा वृहत रक्तदान गर्ने कार्यक्रम अन्तर्गत बिहिबार ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गलकोट समाज कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन भएको वृहत रक्तदान कार्यक्रम ओसाकाको ओसाका सी जोतो कु मोरिनोमिया २-४-४३ (Osaka shi Joto ku Morinomiya 2-4-43) मा ४४ जना भन्दा बढिले रक्तदान गरेका छन ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू छुट्टै पहिचान बनाएको समाजले… पुरा पढौ

किन यति धेरै जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्?

जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा 'फुटुको' भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ। दश वर्षीय युटा इटोले गत वर्ष आफ्ना बाबुआमालाई आफ्नो समस्या बताउन वार्षिक गोल्डेन वीक होलिडे कुरिरहे र परिवारसँग बाहिर घुम्न गएका बेला आफूलाई स्कुल जान मन नलागेको कुरा बताए। महिनौँदेखि उनी प्राथमिक विद्यालय जान मन नलागि-नलागि गएका थिए वा कहिलेकाहीँ स्कुल नगइ घर बसेका थिए।… पुरा पढौ

‘मैले जापानमा उपचार गरेको बिरामीले नेपालमा सहयोग गरे’

ललितपुरको पाटनमा जन्मेका डा सन्दीप शाक्य हाल जापानमा छन्। परम्परागत उपचार सेवा प्रदान गर्ने वैद्य परिवारका डा शाक्यलाई सानैदेखि बिरामीको सेवा गर्ने इच्छा थियो। विद्यालय शिक्षा अध्ययनका क्रममा उनलाई परम्परागत उपचार सेवाभन्दा पनि आधुनिक चिकित्सातर्फ आकर्षण बढ्यो। मानभवनस्थित एभिएम स्कुलबाट एसएलसी पास गरेपछि उनले विज्ञान विषय लिएर डनबस्को स्कुलमा प्लस टु पढे। त्यसपछि उनले छात्रवृत्तिमा एमबिबिएस शिक्षा जापानमा पढ्ने अवसर प्राप्त गरे। डा शाक्यले उनको चिकित्सा शिक्षाको यात्रा, जापानमा नेपाली डाक्टरका अवस्था लगायतका विषयमा यसरी सुनाए : प्लस टु सकेपछि म एमबिबिएस… पुरा पढौ

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि  

जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ । यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् । निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई… पुरा पढौ

जापानका १७ प्रान्तहरूमा अर्ध-आपतकालिन विस्तार गरिने ५ वटामा नलम्बिने

जापानको केन्द्रीय सरकारले ओकिनावा, यामागुची, शिमाने, ओइटा र यामागाटा प्रान्तहरूमा फेब्रुअरी २० मा कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू हटाउने तर कोरोना संक्रमणको दर स्थिर रहेका १७ प्रान्तहरूमा अर्ध आपतकाललाई निरन्तरता दिइने स्रोतहरूले बताएका छन ।जापानले कोरोनाभाइरस संक्रमणलाई रोक्न ओसाका, क्योटो र फुकुओका लगायत १७ अन्य प्रान्तहरूमा मार्च ६ सम्म कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू विस्तार गर्ने प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन।जापानको सरकारले १७ प्रान्तहरूमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन अर्ध-आपतकालिन अवस्थालाई अर्को महिनाको सुरुसम्म विस्तार गर्ने योजना बनाएको छ ।कोरोनाभाइरस नियन्त्रण तथा… पुरा पढौ

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।  यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। नेपाली समुदायको लागि केही नयाँ गर्ने हुटहुटीले जन्माएको इ–कमर्स प्लाटफर्म हो,आन्भी मार्केटप्लेस। आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक भएको छ । जापानमा… पुरा पढौ

जापानले क्वारेन्टाइनलाई ३ दिनमा झार्यो, विदेशी विद्यार्थी र व्यवसायिक यात्रुहरूका लागि फेरि जापान खुल्यो

कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोन जापानमा देखिएपछि गत नोभेम्बर अन्त्यदेखि फेब्रुअरीको अन्त्यसम्मका लागि विदेशीहरूलाई जापान प्रवेशमा कडाइ गरिएपछि यो नियम वैज्ञानिक नभएको भन्दै विभिन्न निकाय र क्षेत्रबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री फुमीयो किशिदाले मार्च पहिलो हप्ताबाट पूर्ववत अवस्थामा विदेशीलाई जापानमा प्रवेशमा सहजता बनाई क्वारेन्टाइन अवधिपनि घटाउन लागेको बिहिबार बताएका छन ।जापानले मार्चबाट कोभिड-१९ कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन गर्दै आएको सीमा नियन्त्रणको उपायलाई सहज बनाउदै दैनिक ५००० नव प्रवेशी विदेशीहरूलाई प्रवेश गराउने र क्वारेन्टाइन अवधि जापानी र विदेशी… पुरा पढौ

जापानका यी युवकले सँगै बसिदिएको, गफ सुनिदिएकोबापत पैसा लिन्छन् 

जापानका ३८ वर्षीय एक युवक सोजी मोरीमोतो गजबको जागिर गर्छन् । उनको जागिरको नाम नै ‘केही गर्न नपर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई जागिर दिनेहरूले उनलाई खाने, मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि मात्र गराउन सक्छन् । उनले भनेका छन्, "म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो गफगाफको जवाफसम्म दिनेगर्छु । अनि बसिबसि खान्छु ।" यस्तो जागिर उनलाई मन पर्छ । तर, यस्तो सजिलो जागिरमा पनि उनी अझै त्यसै बसेर आनन्द लिन खोज्छन् । उनको यस्तै बानीले गर्दा उनी यस्तो… पुरा पढौ