जापान विशेष

३ लाख बढि नगद पुरस्कार राशीसहित गलकोट स्पोर्ट्स क्लब जापानले अप्रिल १८ मा सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको… पुरा पढौ

जापान टोकियोसहित अन्य नौ प्रान्तहरूमा जारी अर्ध-आपतकालिन उपायहरूको थप दुइ हप्ता विस्तार गर्ने योजनामा

जापानका १० प्रान्तहरूमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीहरूका लागि अस्पतालको बेड उपयोगको दर उच्च रहेकोले हाल जारी अर्ध-आपतकालिन अवस्थालाई अझ दुई हप्ता विस्तार गर्ने योजना गरिरहेको छ ।हाल ३१ प्रान्तहरूमा रहेको अर्ध-आपतकालीन उपायहरूको अवधि आगामी आइतबार अर्थात् मार्च ६ तारिकका दिन सकिने भएकोले सरकारले टोकियो, साइतामा, चिबा, कानागावा, गिफु, आइची, मि, क्योटो, ओसाका र ह्योगोमा मार्च २१ सम्म विस्तार गर्ने योजना गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन। यस सम्बन्धी सरकारले यहि हप्ताको अन्त्यमा कुन प्रान्तमा उपायहरू विस्तार गर्ने र कति समयको… पुरा पढौ

जापानको असाहिकावा स्टेसनभित्रै छुरा प्रहार गरि एक जनाको हत्या

जापानमा प्राविधिक प्रशिक्षार्थीका रूपमा काम गर्दै आएका ३५ वर्षीय भियतनामी पुरुषलाई आइतवार दिउँसो होक्काइडोको असाहिकावास्थित जेआर असाहिकावा स्टेसनभित्र छुरा प्रहार गरी हत्या गरिएको तीन घण्टापछि एकजना संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साङ्केई शिम्बुनको समाचारका अनुसार टिकट गेट नजिकैको शौचालय बाहिर साँझ ४ः४० बजे थान भान न्घियामाथि पटकपटक छुरा प्रहार गरिएको देखेपछि एक यात्रुले प्रहरीलाई बोलाएका थिए । प्रहरीले घाईते भान न्घियालाई उद्दार गरि अस्पताल लगिएकोमा करिब एक घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक भान न्घियासंगै निर्माण… पुरा पढौ

जापान नेपाली एकता समाजको दोस्रो सम्मेलन मार्च ८ मा

जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च ८ तारिखमा हुने भएको छ । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ राजधानी टोकियोमा रक्तिम अभियान र नौमती बाजा सहित राष्ट्रिय सम्मेलन गर्न लागेको जापान नेपाली एकता समाजले जनाएको छ । कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थालाई ख्याल गर्दै राज्यले निर्दिष्ट गरेका स्वास्थ्य सुरक्षाको पालना गरी राष्ट्रिय सम्मेलन हुने छ । जापान नेपाली एकता समाजको स्थापना सन् २०१२ भएको थियो । त्यसयता समाजले जापानमा रहेका… पुरा पढौ

टोकियोमा लगातार कोभिड-१९ को उच्च खतराको सामना गरिरहेको विज्ञको भनाइ

फेब्रुअरी २५ मा जापानको राजधानीमा संक्रमण प्रवृत्तिको विश्लेषण गर्ने अनुगमन बैठकमा विज्ञहरूले दैनिक नयाँ संक्रमणको संख्या "अत्यन्त उच्च रहेको र यो उच्च स्तरको संक्रमण लम्बिने खतरा रहेको" धारणा व्यक्त गरे। टोकियोमा संक्रमणको अवस्था लेभल ४ मा रहेकोले जारी संक्रमण ठूलो मात्रामा फैलिएको सङ्केत गरेकोले स्वास्थ्य सेवाको अवस्था पनि सबैभन्दा गम्भीर स्तरमा रहि चिकित्सा "प्रणाली तनावग्रस्त अवस्थामा पुगेको अनुगमन बाट प्राप्त तथ्यले देखाएको सो बैठकका सहभागीले बताएका छन ।टोकियो महानगरीय सरकारका अनुसार फेब्रुअरी २३ सम्म प्रति हप्ता दैनिक नयाँ संक्रमणको औसत… पुरा पढौ

एनआरएनए जापानको विवाद समाधानका लागि भवन भट्टको समयोजकत्वमा छ सदस्यीय समिति गठन, सकेसम्म सहमति नत्र पुन निर्वाचन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानमा देखिएको विवाद समाधान गर्नका लागि एनआरएनए उच्च स्तरीय समितिका सदस्य भवन भट्टको समयोजकत्वमा छ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ ।शनिबार जापानको सिज़ुओकामा सम्पन्न एनआरएनए आइसीसीका सदस्य, एनआरएनए जापानका पूर्व अध्यक्ष, राजनीतिक संगठनका प्रतिनिधि, एनआरएनए जापानको अध्यक्ष मण्डलका सदस्य तथा जापानको नेपाली समुदायमा सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सम्मिलित भेलाले एनआरएनए जापानमा पछिल्लो समय देखा परेको समस्या समाधानका लागि गठित सो समितिमा एनआरएनए उच्च स्तरीय समितिका अर्का सदस्य देवमान हिराचन, एनआरएनए जापानका… पुरा पढौ

जापानमा जन्मदर लगातार हरेक वर्ष घट्दोक्रम, २०२१ मा जन्मेको संख्या भन्दा मृत्यु हुने संख्या ६ लाख बढि

जापानमा जन्मिएका बालबालिकाको संख्या २०२१ मा लगातार छैठौं वर्षमा पनि न्यून रहेको र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा बढी मृत्युको भै देशको जनसंख्या घट्ने निरन्तर प्रवृत्तिलाई फेरि निरन्तरता दिदै गएको सरकारी तथ्याङ्कले देखाएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२० देखि नवजात शिशुको संख्या ३.४ प्रतिशतले घटेर ८ लाख ४२ हजार ८ सय ८७ मा पुगेको छ भने मृत्यु ४.९ प्रतिशतले बढेर १४ लाख ५२ हजार २८९ पुगेको छ, जसको परिणामस्वरूप १२ करोड ५० लाख भएको देशमा प्राकृतिक… पुरा पढौ

जापानले विदेशी नागरिकको प्रवेश अनुमतिका लागि अनलाइन आवेदन खोल्यो, परिवर्तित नियमहरू के के छन त ?

जापानले आगामी मंगलबारदेखि आफ़्नो देशको कडा प्रवेश प्रतिबन्धहरू खुकुलो बनाउनु अघि विदेशी विद्यार्थी र व्यवसायीहरूका लागि प्रवेश अनुमति प्रदान गर्न विश्वविद्यालयहरू र कम्पनीहरूद्वाराको प्रायोजनमार्फ़त अनलाइन आवेदनहरू शुक्रवारदेखि स्वीकार गर्न थालेको छ ।प्रायोजकहरूले प्रवेशकर्ताको जानकारी स्वास्थ्य मन्त्रालयद्वारा निरीक्षण गर्ने फलो-अप प्रणाली (ERFS) मार्फत सार्वजनिक गरिनुपर्ने बताईएको छ। आवेदन गरिएका सफल आवेदकहरूको सूचना प्रायोजक विश्वविद्यालयहरू र कम्पनीहरूमार्फ़त पठाइनेछ। भिसा आवेदकहरूले त्यसपछि आफ्नो नजिकको जापानी दूतावास वा वाणिज्य दूतावासमा भिसाको लागि आवेदन गर्न सकिने जापान सरकारले जनाएको छ। भिसा प्राप्त गर्ने विदेशी नागरिकहरूले… पुरा पढौ

विद्युतीय राहदानी ( ई-पासपोर्ट) उत्पादनको सफल परिक्षणसंगै अब जापानका नेपालीलाई यहिबाट ई–पासपोर्ट

जापानस्थित नेपाली दूतावासले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरणको लागि आवेदन दिन प्रि- इनरोलमेण्ट बुकिंङ खुला गरेको छ । जापानमा करिब लाख नेपाली विभिन्न पेशा व्यावसाय अध्ययन तथा रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा राहदानी विभागले शुक्रबार जापानको टोकियोस्थित नेपाली दूतावासबाट ई–पासपोर्टको उत्पादनको सफल परीक्षणसंगै प्रि इनरोलमेन्ट बुकिङ शुरुवात गरिएको हो । यो संगै अब जापानबाटै विद्युतीय राहदानी ( ई-पासपोर्ट) जारी हुने भएको छ । टोकियोस्थित दूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै जापानबाटै नेपालीले राहदानी पाइने भएको छ । परीक्षण सफल भएसँगै… पुरा पढौ

जापानले मार्चदेखि विदेशी आगन्तुकको प्रवेशका लागि कोभिड-१९ को भ्याक्सिन जोन्सन एन्ड जोन्सनलाई समेत स्वीकार गर्ने

अन्तर्राष्ट्रिय यात्रुहरूले कोभिड-१९ विरुद्दको भ्याक्सिन जोन्सन र जोन्सन लगाएको प्रमाण रहेमा पनि जापान प्रवेशका लागि अनुमति दिइने र अर्को महिना सीमा नियन्त्रणहरू सहज भएपछि क्वारेन्टाइनको छोटो लागि समयावधिको लागि पनि योग्य हुने बताईएको छ । जापानमा करिब दुई वर्षको प्रतिबन्धपछि जे एण्ड जे खोप विदेशी आगन्तुकहरूको प्रवेश गर्नका लागि नियामकहरूले अनुमोदन गरेको अन्य तीन खोपहरूको सूचीमा सामेल गरिने भएको हो। विदेश मन्त्रालयले जारी गरेको सूचीमा अन्य स्वीकृत खोपहरूमा फाइजर, मोडर्ना, र एस्ट्राजेनेका रहेका छन।चिनियाँ र रुसी निर्माता कम्पनीहरूले विकास गरेका… पुरा पढौ