Feature News

गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका २०२४ कार्यक्रम सम्पन्न

सामाजिक सेवाका कार्यमा अग्रणी भूमिकामा क्रियाशील रहेकोले पहिचानलाई कायम राखि राख्न राजदूतको आग्रह गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका २०२४ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षामा अक्षयकोष वृद्धि सहयोगार्थ गरिएको यस वर्षको साँगीतिक धमाका २०२४ मा जापानका मुख्य शहर ओसाका नागोया र टोकियोमा व्यापक दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको समाजले जानकारी दिएको छ। हाम्रो गाउँ, हाम्रो ठाउँ हातेमालो गरि समृद्ध बनाउन भन्ने नाराका साथ सन् २००६ स्थापना भएको गलकोट समाज सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले… पुरा पढौ

अकिहाबरामा रेल स्टेशनमा रेल भित्र एक महिलाले छुरा प्रहार गर्दा चार जना घाइते

जापानको जेआर स्टेसन अकिहाबरामा रेल स्टेशनमा रोकिको रेल भित्र एक महिलाले छुरा प्रहार गर्दा चार जना घाइते भएका छन् ।महानगरीय प्रहरी विभागका अनुसार बुधबार राती ११ बजेतिर अगाडि जेआर यामानोटे लाइनमा एक महिलाले यात्रुलाई चक्कुले प्रहार गरि तीन जना गम्भिर घाइते र एक जना सामान्य घाइते भएका हुन् ।घाइते मध्य तीन जना गम्भिर घाइते रहेको र अस्पतालमा उपचारारत रहेको र चक्कु प्रहार गर्ने २० वर्षीय युवतीलाई हत्या प्रयासको आशंकामा घटनास्थल बाट नै पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको महानगरीय प्रहरी… पुरा पढौ

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो, ३३ हजार बढी प्रभावित ‘सेल्टरमा’

जापानको इशिकावा प्रान्तमा सोमवार गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।​​ बुधबार सरकारी अधिकारीले ७३ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सोमवार गएको ७.६ म्याग्निच्यूडको भूकम्पले इशिकावाको बाजीमा शहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ । बुधवारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।खराब मौसमबीच उद्धारकर्ताले भग्नावशेषमा फसेका… पुरा पढौ

जापानमा भूकम्पका कारण जमिन कसरी सर्‍यो

जापानमा गएको म्याग्निट्यूड ७.५ को भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसको कारणले प्रभावित क्षेत्रको जमिन कति सर्‍यो भन्नेमा प्रतिबिम्बित भएको छ।  सोमवारको भूकम्पछि केही ठाउँमा जमिन चार मिटर उठेको छ र छेउछाउमा एक मिटर सरेको छ। भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ। देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित 'जीपीएस' केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ। भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन… पुरा पढौ

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न, अध्यक्षमा कृष्ण केसी

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा, टोपबहादुर घर्तीमगर, गोविन्द विष्ट र मनीष खनाल रहेका छन् । यसैगरी, महासचिवमा अर्जुन आचार्य चयन भएका छन् ।  सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल रहेका छन् । यस्तै, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्।  महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजकमा नारायण भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज… पुरा पढौ

जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

नयाँ वर्षको दिनमा मध्य जापानको इसिकावा प्रिफेक्चरको नोतो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । इशिखावा प्रिफेक्चरको सुजु सहरमा २० जना, वाजिमा सहरमा १९ जना, नानाओ सहरमा ५ जना, अनामिजु सहरमा २ जना, हाकुई सहर र सिगा सहरमा १–१ जना गरी ४८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  इसिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार… पुरा पढौ

हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा पाँच जापानी कोस्ट गार्डको मृत्यु भएको पुष्टि

टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा भएको दुर्घटनामा जापान कोस्ट गार्डको विमानमा सवार छ जना मध्ये पाँच जनाको मृत्यु भएको छ भने जापान एयरलाइन्सको फ्लाइट ५१६ का चालक दल र यात्रु मध्ये १४ जना घाइते भएको पुष्टि भएको छ । हानेदा विमानस्थलमा जापान एयरलाइन्स र एनएचकेले जडान गरेको क्यामेराको फुटेज अनुसार २ गते साँझ करिब ५ः४७ बजे नयाँ चितोसे विमानस्थलबाट उडेको जापान एयरलाइन्सको फ्लाइट ५१६ हानेदा विमानस्थलको रनवे सीमा अवतरण गर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । उडान नम्बर… पुरा पढौ

आर्मी च्याम्पीयन

त्रिभुवन आर्मी क्लब बुकी कप २०८० भलिबल प्रतियोगिताको च्याम्पीयन बनेको छ ।हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि द्वारा बागलुङको गलकोटमा आयोजित बुकि कप २०८० को उपाधी त्रिभुवन आर्मी क्लवले हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाईनलमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबले बिभागिय टोली नेपाल पुलिस क्लवलाई ३–२ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो । आर्मीले पुलिसलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरले पराजित गरेका थियो । बिभागिय क्लव नेपाल पुलिस क्लवले… पुरा पढौ

नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा शक्तिशाली भूकम्प गएको छ।जापानको इशिकावा प्रिफेक्चरको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको जापानी सञ्चार माध्यमले जनाएका छ । स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो।  सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ। समुद्री तटमा रहेका मानिसहरूलाई… पुरा पढौ

टोकियोको शिबुया वार्डले यस वर्ष पनि नयाँ वर्षको काउन्टडाउन कार्यक्रम स्थगीत

व्यापक भिडभाडका कारण हुन सक्ने समस्याको कारण देखाउदै टोकियोको शिबुया वार्डले चौथो वर्षको लागि आफ्नो प्रमुख रेल स्टेशन वरपर नयाँ वर्षको पूर्वसन्ध्यामा काउन्टडाउन कार्यक्रम नगर्ने निर्णय गरेको छ।शिबुया वार्डले २०१९ सम्म यस्ता कार्यक्रम आयोजना गरेको थियो तर वार्डले २०२० मा कोरोनाभाइरस महामारीका कारण स्थगित गरेको थियो।सरकारले COVID-19 लाई मौसमी इन्फ्लुएन्जा जस्तै श्रेणीमा डाउनग्रेड गरेपछि आइतवार जापानको पहिलो वर्षको अन्त्य बिदा हो।बाहिरी कार्यक्रमहरूले ठूलो भीडलाई आकर्षित गर्न सक्छ र सार्वजनिक मद्यपान र भीड क्रस जस्ता समस्याहरूको जोखिम बढाउन सक्ने समस्याप्रति वर्ष… पुरा पढौ