Feature News

बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा

काठमाडौं, ११ माघ। बहराइन र दक्षिण कोरिया जारी एशियन कपको नकआउट चरणमा पुगेका छन् ।विहिबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट… पुरा पढौ

जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश

टोकियो, ११ । जापानले चन्द्रमाको सतहमा आफनो ‘मुन स्पिनर ल्यान्डर’ मा सफल अबतरण गरेको जनाएको छ ।  आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।यससँगै चन्द्रमामा अन्तरिक्ष यान राख्ने जापान पाँचौं देश बनेको छ । ‘मून स्निपर ल्यान्डर चन्द्रमाको सतहमा तल छोएको जनाएसँगै जापानमा उत्साह छाएको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले आफनो अन्तरिक्ष यान टचडाउन भएको २ घण्टा ३७ मिनेट भित्र आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम)… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेकी कोइराला निर्वाचित

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्।१९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा… पुरा पढौ

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न भएको छ ।राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समिति बिचको सम्बन्धलाई सुमधुर, प्रगाढ बनाइ समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी आउनुका साथै दाहारोपनामा कमि ल्याउनलाई सहज गराउने उदेश्यले आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो।कार्यक्रममा एनआरएनए जापान अन्तर्गत रहेका १२ वटा क्षेत्रीय समितिहरूले यस कार्यकालमा गरेका कार्य, आगामी दिनमा गरिने योजना, राष्ट्रिय समन्वय परिषद र क्षेत्रीय समितिका बिच अपनाउनु पर्ने सम्बन्धका बारेमा प्रस्तुति राखिएको एनआरएनए जापानका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय… पुरा पढौ

जापानको अनुसन्धान चन्द्रमामा अवतरण, तर ऊर्जा उत्पादन असफल

एउटा जापानी अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ, तर सोलार पावर उत्पादन प्रणालीले काम नगरेकोले उक्त गाडीको निरन्तर सञ्चालन अनिश्चित रहेको जापानी अन्तरिक्ष एजेन्सीले शनिबार जनाएको छ। स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन अर्थात् SLIM को टचडाउनको साथ जापानले आफ्नो पहिलो चन्द्रमा अवतरण गरेको हो । पूर्व सोभियत संघ, संयुक्त राज्य अमेरिका, चीन र भारतलाई यो उपलब्धि हासिल गर्ने एक मात्र देशको रूपमा जापान सामेल भएको छ। "हामी विश्वास गर्छौं कि यो सफ्ट ल्यान्डिङ गर्न सफल भयो" जापान एयरोस्पेस एक्सप्लोरेसन… पुरा पढौ

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि अमेरिकाको लागि उडेको विमान टोकियोमा

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताका अनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए । एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए । जापानी प्रसारक टीबीएसबाट प्रसारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ । यस घटनालाई… पुरा पढौ

जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा

एएफसी एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।  समूह ‘डी’ अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा इराकले जापानलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ नकआउट चरणमा स्थान बनायो।  कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा इराकका लागि आयमेन हुसेनले पहिलो हाफमा गरेको २ गोल उसको जितका लागि पर्याप्त बन्यो। जापान खेलको सुरुवातमै इराकसँग पछि परेको थियो। खेलको पाँचौं मिनेटमा नै इराकले अप्रत्याशित रुपमा खेलमा अग्रता लियो। बक्सको बायाँ तर्फबाट आएको क्रस जापान… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने भएको छ । म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय गन्तब्यहरुको पहिचान एवं प्रवर्द्धन गर्ने र जिल्लामा उत्पादित कृषिजन्य तथा अन्य वस्तुहरुलाई जापानी बजारमा प्रचारप्रसार गर्ने मुलभुत उद्देश्यले उक्त फेस्टिवलको आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष बिशाल केसीले समुद्रपारिलाई बताए । आगामी अप्रिल महिनाको २७ र २८ तारिख हुन लागेको दुई दिवसीय फेस्टिवल टोकियोको इताबासी नगरपालिकाको सहयोग र सहकार्यमा संयुक्तरुपमा आयोजना गर्न लागिएको हो ।उक्त… पुरा पढौ

‘हामीले नेपालमा बनाएको एन्टिबडी हार्वर्ड, क्याम्ब्रिजमा अनुसन्धानमा प्रयोग हुन्छ’

‘हामीले अहिले शिखर सिफिक्स भन्ने कभर स्लिप बनाएका छौं जसलाई सेल कल्चर ल्याबहरूमा अनुसन्धानका लागि प्रयोग गरिन्छ। यो कभर स्लीप स्वीट्जरल्यान्ड, अमेरिका, यूके, जापान, चीन, भारत र सिंगापुर जस्ता देशमा प्रयोग भएको छ।’सामान्य परिवारमा जन्मिएकी बाग्लुङकी सुनीता घिमिरे गौतमले जापानको सबैभन्दा ठूलो र प्रतिष्ठित अनुसन्धान संस्था न्याशनल रिसर्च एन्ड डेभलपमेन्ट एजेन्सी (रिकेन)मा काम गर्ने अवसर पाइन्। रिकेनमा आफ्ना ११ वर्ष बिताइन्, मोलिक्यूलर बायोटेक्नोलोजीमा पीएचडी सकिन् र रिकेनको ब्रेन साइन्स इन्स्टिच्यूटबाट पोस्टडक्टरल रिसर्च गरिन्। सन् २०२० मा रसायनशास्त्रतर्फ नोबल पुरस्कार विजेता… पुरा पढौ

एनआरएनए जापानद्वारा जापानको भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।नयाँ वर्ष कै दिन जापानको ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भुकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए। भूकम्पको अति प्रभावित क्षेत्र मध्य शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको… पुरा पढौ