Feature News

पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान

०३६ यताका हरेक निर्वाचनमा औसत ७० प्रतिशत मत खस्दा ४–५ प्रतिशत बदर भएको छ, यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्, ६० प्रतिशत मात्र मत खसे पनि पाँच प्रतिशत बदर हुँदा पाँच लाखभन्दा बढी भोट खेर जान्छ अमूल्य मत खेर नजाओस् भनेर निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा करोडौँ रुपैयाँ सकाउँछ । तर, हरेक निर्वाचनमा लाखौँ मत बदर हुने समस्या दोहोरिन्छ । ०३६ को जनमतसंग्रहयताका नौवटा निर्वाचनको तथ्यांक हेर्दा सरदर पाँच प्रतिशतका दरले मत बदर भएको देखिन्छ । यसपटकको… पुरा पढौ

जिम्बावे ‘ए’ माथि नेपालको ९ विकेटको शानदार जित, श्रृङ्खला बराबरीमा

काठमाडौँ- जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो ।  जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई… पुरा पढौ

स्थानीय निर्वाचन: अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?

संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउन चाहन्छ। एमालेको साँठगाँठ र गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्न चाहने प्रतिगमनकारी शक्तिसँग भएको देखिन्छ भने संविधान र व्यवस्थाको रक्षा गर्न नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले… पुरा पढौ

जापानको प्रहरी हिरासत कै क्रममा उपचारारत रहेका सोलुखम्बुका ४१ वर्षीय मनकुमार मगरको निधन,

नागोया/जापान । जापानमा फेरि एक जना नेपासी युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा कार्यरत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक उपचारको क्रममा अस्पताल निधन भएको हो ।यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी… पुरा पढौ

एनआरएनए कान्साइ क्षेत्रीय समितिले प्रदान गर्यो ९ लाख बराबरको छात्रवृत्ति ४३ जनालाई

एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदान गरेको छ ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा प्रदान गरिने गरि शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेसंगै… पुरा पढौ

नेपाल र जापानको सम्बन्ध प्रगाढ बनाउन जापानमा ‘नेपाल फेस्टिवल’आयोजना

गैर आवासिय नेपाली संघ जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकि नो मोरी पार्कमा फेस्टिवल आयोजना गरिने तय भएको हो । नेपाल फेस्टिवल जापानमा नेपाल चिनारीको प्रमुख कार्यक्रम तथा नेपालीहरुबिच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य थलो बन्दै आएको छ । यस पटकको नेपाल फेस्टिवल नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए । फेस्टिवल आयोजना र स्थानिय सरकारसँग… पुरा पढौ

जापानले आगामी जुनदेखि विदेशी पर्यटक भित्र्याउन सुरु गर्ने

कोरोनाको महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकहरूका लागि प्रवेश प्रतिबन्ध लगाएको जापानले आगामी जुन महिनादेखि केही विदेशी पर्यटकहरूलाई स्वीकार गर्ने गरि कार्य गरिरहेको बताईएको छ ।जापानले कोरोनाभाइरस महामारीको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको कडा सीमा नियन्त्रणलाई सहज बनाउन थालेसंगै सरकारले मे महिनाको अन्त्यसम्ममा सिमित संख्यामा सामूहिक रूपमा भ्रमण गर्नेलाई परीक्षणको आधारमा स्वीकार गर्न सक्ने स्रोतले एक सरकारी स्रोतले शुक्रबार बताएको जापानी संचार माध्यमहरूले जनाएका छन।प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार लन्डनको भ्रमणको क्रममा जापानले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर "विभिन्न चरणहरूमा" आफ्नो… पुरा पढौ

भरतपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने र गठबन्धनलाई दीर्घकालीन बनाउने बाचा

चितवन, २२ बैशाख । पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरबाट रेणु दाहाल नेतृत्वको टीमलाई जिताउने वाचा गरेको छ। चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र र संविधान बचाउन गठबन्धन गरिएकोले गठबन्धनका उमेदवारलाई जिताउनु अहिलेको मुख्य कार्यभार भएको बताउनु भयो । उहाँले रेणुलाई महानगरको मेयर र चित्रसेनलाई उपमेयरमा जिताउन भरतपुरबासीलाई अपिल गर्नुभयो ।गठबन्धन टुटाउने षड्यन्त्र… पुरा पढौ

विश्व-स्तरीय शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय बोर्डिङ स्कूल मध्य जापानको टोकाइमा संचालन

मध्य जापानको टोकाई क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय बोर्डिङ स्कूलमा विद्यार्थीहरूलाई हाई स्कूल डिप्लोमा र विदेशी विश्वविद्यालयहरूमा प्रवेशका लागि योग्यता प्राप्त गर्न अनुमति दिने कार्यक्रमसहित संचालनमा आएको छ ।अप्रिल २७ मा उद्घाटन गरि कुरिमोतो शैक्षिक संस्थान द्वारा संचालनमा ल्याइएको सो विद्यालयमा जापान आउने अभिभावकका छोराछोरीलाई "उच्च दक्ष पेशेवरहरू" र जापान भित्र र बाहिरका अन्य विद्यार्थीहरूलाई अध्ययनका लागि स्वीकार गरिने बताईएको छ । आइची प्रिफेक्चर शहरको नागोया युनिभर्सिटी अफ कमर्स एण्ड बिजनेश (NUCB) को क्याम्पसमा रहेको उक्त विद्यालयमा बोर्डिंङको सह शिक्षासहित सबै प्रकारका… पुरा पढौ

रुसले प्रधानमन्त्री किशिदासहित ६३ जना जापानी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

रुसले प्रधानमन्त्रीसहित ६३ जापानी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । रुसले प्रधानमन्त्री फुमियो किशिदा सहित ६३ जापानी नागरिकलाई प्रवेशमा “अनिश्चितकालका लागि” प्रतिबन्ध लगाएको जापानी सरकारी समाचार संस्था एनएचकेले बुधबार जनाएको छ। किशिदाको मन्त्रिपरिषद्का सदस्यहरू, परराष्ट्र मन्त्री योशिमासा हायाशी, रक्षा मन्त्री नोबुओ किशी, र अर्थमन्त्री शुनिची सुजुकीलाई पनि रुस प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, साथै संसदका सदस्यहरू,सेनाका अधिकारीहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारहरूलाई रोक लगाइएको एनएचकेको समाचार प्रकाशित छ।यो युक्रेनमा आक्रमण गरेकोमा मस्को विरुद्ध जापानले लगाएको प्रतिबन्धको बदलास्वरुप आएको बताइएको छ ।… पुरा पढौ