Feature News

उत्तर कोरियाद्वारा जापानको सागरमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानी समाचार स्रोतलाई उद्धृत गर्दै किम जोङ उनले यो क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको बताएको छ। दक्षिण कोरिया र जापानले यसबारे औपचारिक पुष्टि गरेका छन्। दक्षिण कोरियाको ज्वाइन्ट चीफ्स अफ स्टाफले यो परीक्षण सिन्पो शहरको पूर्वी बन्दरगाह नजिकै समुद्रबाट गरिएको बताएका छन्। जहाँ उत्तर कोरियाको प्रमुख सिपयार्ड निर्माण पनडुब्बीहरू छन्। यद्यपी, उनले मिसाइल कति टाढा खसेको भन्ने खुलाएनन्।जापानको रक्षा मन्त्रालयले परीक्षणको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।  जापानी प्रधानमन्त्री… पुरा पढौ

गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन जापानबाट आह्वान

जापानमा क्रियाशील चारवटा संगठनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेका छन ।आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दलहरूको गठबन्धन रहेको उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि रूपमा प्रगतिशील र सारमा प्रतिगमनको मुख्य… पुरा पढौ

गठबन्धन संघिय निर्वाचनसम्म रहन्छ : प्रचण्ड

पोखरा,२५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने रुपमा देखा परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिइने बताउनुभयो ।उहाँले भन्नुभयो,“राष्ट, संविघान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गबठन्धनलाई विभाजित गर्ने षड्यन्त्र चलिरहेका छन् । गठबन्धनका शक्तिहरुले धेरै मिहिनेत र अप्ठ्यारोसँग जुधेर… पुरा पढौ

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेदवारलाई प्रहरीको अनुरोध

नेपाल प्रहरीले प्रसाद वा सगुन खाँदा ध्यान दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारका लागि घरदैलोमा पुगेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहण गर्दा बेहोस भएको तथा चक्कर लागेर लडेको घटना बाहिरिएको भन्दै प्रहरीले सुरक्षित रहन भनेको हो । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस… पुरा पढौ

चितवनबाट देउवालाई केपी शर्माओली प्रश्न “कांग्रेस सकिन थाल्यो, देउवा जी के हेरेर बसेको ?” –

चितवन– नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गरे । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे । ‘अस्ति मात्रै धम्की सुन्नुभयो होला… पुरा पढौ

शरीरमा ‘बुलेट’ बोकेर ब्यालेटको लडाईमा हिमाल

बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमी हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिती जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालिन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना वेपत्ता छन । कुटाई पीटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालिन अवस्थामा होस या शान्ति प्रक्रिया पछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी… पुरा पढौ

चर्चाको शिखरमा भरतपुर महानगर, कसले मार्ला त बाजी ?

चितवन । पवित्र नारायणी नदी किनारमा अवस्थित भरतपुर सहर । नेपालका छ वटा महानगरपालिकामध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरा पछि तेस्रो स्थानमा छ भरतपुर । नेपालको क्षेत्रफलको सुन्य दशमलब २९ प्रतिशत मात्र क्षेत्रफल र नेपालको जनसंख्याको एक दशमलब २६ प्रतिशतको हाराहारीमा जनसंख्या रहेको भरतपुर… पुरा पढौ

पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान

०३६ यताका हरेक निर्वाचनमा औसत ७० प्रतिशत मत खस्दा ४–५ प्रतिशत बदर भएको छ, यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्, ६० प्रतिशत मात्र मत खसे पनि पाँच प्रतिशत बदर हुँदा पाँच लाखभन्दा बढी भोट खेर जान्छ अमूल्य मत खेर नजाओस् भनेर निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा करोडौँ रुपैयाँ सकाउँछ । तर, हरेक निर्वाचनमा लाखौँ मत बदर हुने समस्या दोहोरिन्छ । ०३६ को जनमतसंग्रहयताका नौवटा निर्वाचनको तथ्यांक हेर्दा सरदर पाँच प्रतिशतका दरले मत बदर भएको देखिन्छ । यसपटकको… पुरा पढौ

जिम्बावे ‘ए’ माथि नेपालको ९ विकेटको शानदार जित, श्रृङ्खला बराबरीमा

काठमाडौँ- जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो ।  जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई… पुरा पढौ

स्थानीय निर्वाचन: अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?

संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउन चाहन्छ। एमालेको साँठगाँठ र गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्न चाहने प्रतिगमनकारी शक्तिसँग भएको देखिन्छ भने संविधान र व्यवस्थाको रक्षा गर्न नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले… पुरा पढौ