अर्थतन्त्र

पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको… पुरा पढौ

रेमिटान्सको आम्दानीले जीवनस्तरमा सुधार त भयो कमाईको दुई तिहाइ घरखर्च मै सकिएको तथ्य सार्वजनिक

चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्नुहुन्छ । उहाँका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ ।  कास्की स्थायी घर भएकी रीता अधिकारी पनि काठमाडौँमै बस्नुहुन्छ । उहाँका श्रीमान् कैलाश थापा वैदेशिक रोजगारीका क्रममा दुई वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा हुनुहुन्छ । थापासँग प्रेम विवाह गरेकी अधिकारीको काठमाडौँको… पुरा पढौ

जापानमा ३० देखि ४० प्रतिशतसम्म विद्युत महशुल वृद्धि गर्न विद्युत् सेवा प्रदायक कम्पनीको माग, घरायसी खर्चमा भार थपिने निश्चित

जापानका अधिकांश ठूला विद्युत् सेवा प्रदायक कम्पनीले आगामी आर्थिक वर्षको लागि आफ्नो विद्युत महशुल दर झन्डै ३० प्रतिशतबाट ४० प्रतिशतसम्म बढाउने जनाएसंगै घरायसी खर्चमा भार थपिने भएको छ। १० ठूला विद्युत् कम्पनीमध्ये सात कम्पनीले नियमित विद्युत् महशुल दर बढाउन सरकारको स्वीकृति आवश्यक पर्ने भएकोले उद्योग मन्त्रालयमा निवेदन दिएका छन् । थर्मल पावर प्लान्टका लागि आवश्यक ग्यास र कोइलाको मूल्यमा भएको वृद्धिका कारण १० कम्पनीमध्ये नौ कम्पनीले चालु आर्थिक वर्षको मार्चसम्म खुद घाटा हुने अनुमान समेत गरेका छन् । सरकारले ऊर्जा… पुरा पढौ

नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने

नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने भएको छ। अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले साइट बन्द गर्न लागेको हो। नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा प्राधिकरणले क्रिप्टोकरेन्सीको साइट बन्द गराउन लागेको हो। प्रविधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जिम्मेवार निकायको आग्रहमा गैरकानुनी साइट बन्द गर्न लागिएको बताए। ‘गैरकानुनी साइट नेपालमा नचल्ने बनाउन सक्छौं, कतिपय बन्द भइसकेका छन्,’… पुरा पढौ

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ ।  मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय… पुरा पढौ

जनवरी १६ देखि म्याकडोनाल्ड्सका उत्पादित वस्तुहरूको मूल्य ८० प्रतिशतसम्म बढ्ने

बढ्दो मूल्यवृद्धिको समायोजनको लागि म्याकडोनाल्ड्स जापानले जनवरी १६ बाट आफ्नो मेनुमा रहेका हरेक वस्तुहरूको मूल्य ८० प्रतिशतसम्म बढाउने भएको छ ।आफ्नो उत्पादनका सामग्रीहरूको लागत सहित बढ्दो खर्च समायोजन गर्नका लागि कम्पनीले मूल्य वृद्धि गर्न लागेको शनिबार जानकारी गराएको हो।भौतिक मूल्यमा भएको बृद्धि, बढ्दो श्रम, कच्चा पदार्थ र ऊर्जा खर्च र मुद्रा विनिमयमा तीव्र उतार-चढावलगायतका कारणले मूल्यवृद्धि गरिनु परेको फास्ट फूड चेनले जनाएको छ । गत वर्ष म्याकडोनाल्ड्स जापानले मार्चमा लगभग प्रतिशत वस्तुहरूको मूल्य बढाएको थियो भने सेप्टेम्बरमा लगभग ६० प्रतिशत… पुरा पढौ

सयपत्री हाईड्रोपावरको संचालकमा गलकोटका २ ईन्जिनियर निर्वाचित

सयपत्री हाईड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारण सभाबाट साविक गलकोटका दुई ईन्जिनियर संचालकमा निर्वाचित हुनुभएको छ । आज काठमाडौंको धुम्वाराहीमा सयपत्री हाईड्रोपावरको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले डाक्टर एकनारायण चाँपागाईको अध्यक्षतामा नयाँँ संचालक समिति गठन गरेको छ । हाईड्रोपावरको संस्थापक शेयरधनीको तर्फबाट ईन्जिनियर गोपाल प्रसाद निउरे, नर बहादुर थापा, सपिला राजभण्डारी र स्वतन्त्र तर्फबाट बिराज गौतम तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ईन्जिनियरद्वय दिल बहादुर थापा र बिराज सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता अनन्त कार्कीले जानकारी दिनुभयो… पुरा पढौ

विमानस्थलले ल्यायो पोखराबासीको खुसीको बहार

पोखरा । पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो पर्यटकीय नगरी पोखरामा अन्तर्राष्टिय विमानस्थल। यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले। प्रचण्ड पहिलो र दोश्रो पटक प्रधानमन्त्री बन्दा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो। पोखरा विमानस्थल निर्माण गर्न सकेमा यसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नै उल्लेख्य असर पर्ने कुरा सोचेर चीनसँग निर्माणका लागि सहयोग खोजेका थिए प्रचण्डले। संयोग नै भनौं, आज प्रधानमन्त्री प्रचण्डले नै पोखरा अन्तर्राष्टिय विमानस्थलको उद्घाटन गरे। मन्तव्यका क्रममा उनले भने, ‘आजको… पुरा पढौ

जापानका प्रमुख कम्पनीहरूमा हिउदे बोनस ९ प्रतिशतसम्म बढ्यो

यस वर्ष प्रमुख जापानी कम्पनीहरूमा औसत हिउदे बोनस एक वर्ष अघिको तुलनामा ८.९२ प्रतिशतले बढेको छ । कोभिड-१९ को महामारी पछिको प्रतिबन्धहरूबाट अर्थतन्त्र पुन: खोल्दा कम्पनीहरूको वित्तीय अवस्थामा सुधार हुँदा तीन वर्षमा पहिलो पटक औसत हिउँदे बोनस बढेको हो । जापान बिजनेस फेडरेसनले बिहीबार गरेको सर्वेक्षणका अनुसार बोनस वितरणलाई व्यवस्थित बनाईएको १९८१ पछि पछिकै पच्चिकाई सबैभन्दा तीव्र वृद्धि भएको बताइएको छ । यस वर्षको वसन्तमा मासिक तलब २ प्रतिशत भन्दा बढि बढेपछि "उच्च तलबको लागि गति जारी छ", देशको सबैभन्दा… पुरा पढौ

गुल्मीको कफी जापान र फ्रान्स निर्यात हुन थालेपछि बढ्यो किसानको आकर्षण

रेसुङ्गा – गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन्। यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ। संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ। किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ। जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ। कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन… पुरा पढौ