जनवरी १६ देखि म्याकडोनाल्ड्सका उत्पादित वस्तुहरूको मूल्य ८० प्रतिशतसम्म बढ्ने

-


     जनहित न्युज    
     पौष २४ गते २०७९


बढ्दो मूल्यवृद्धिको समायोजनको लागि म्याकडोनाल्ड्स जापानले जनवरी १६ बाट आफ्नो मेनुमा रहेका हरेक वस्तुहरूको मूल्य ८० प्रतिशतसम्म बढाउने भएको छ ।
आफ्नो उत्पादनका सामग्रीहरूको लागत सहित बढ्दो खर्च समायोजन गर्नका लागि कम्पनीले मूल्य वृद्धि गर्न लागेको शनिबार जानकारी गराएको हो।
भौतिक मूल्यमा भएको बृद्धि, बढ्दो श्रम, कच्चा पदार्थ र ऊर्जा खर्च र मुद्रा विनिमयमा तीव्र उतार-चढावलगायतका कारणले मूल्यवृद्धि गरिनु परेको फास्ट फूड चेनले जनाएको छ ।

गत वर्ष म्याकडोनाल्ड्स जापानले मार्चमा लगभग प्रतिशत वस्तुहरूको मूल्य बढाएको थियो भने सेप्टेम्बरमा लगभग ६० प्रतिशत उत्पादनहरूमा मूल्य समायोजन गरेको थियो ।

अब हुन लागेको मूल्य वृद्धिबाट ह्याम्बर्गरको मूल्य १७० येन (लगभग $१.३०), चिजबर्गर २०० येन (लगभग $१.५०), र चिकन McNugges को १५ टुक्रा भएको बाकसको ७१० येन (लगभग $ 5.40) सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?