राजनीति

जापानमा जी७ देशका नेता जुट्दै गर्दा मध्य एसियाली देशका नेतासँग सी जिनपिङले भने : बाह्य हस्तक्षेपको विरोध गरौं

चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य एसियाली देशहरुले आफ्नो आन्तिरक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने बताएका छन्। छियाङमा भएको मध्य एसियाली देशहरुको सम्मेलनका क्रममा सीले अमेरिकी र पश्चिमा देशहरुलाई इंगित गर्दै उनीहरुको हस्तक्षेप रोक्न सबै एक हुनुपर्ने बताएका हुन्। जापानमा जी७ राष्ट्रका नेताहरु भेला भइरहँदा सीको यस्तो अभिव्यक्ति आएको हो। हिरोसिमामा हुँदै गरेको जी७ राष्ट्रको बैठकमा अमेरिकाले खुला र स्वतन्त्र ‘इन्डो प्यासेसिक’ नीतिलाई एजेन्डा बनाउँदैछ। चीनसँग अमेरिकाको सम्बन्ध राम्रो नभइरहेको बेला अमेरिकाले यो एजेन्डालाई उठाउन लागेको हो। अमेरिकाले जापानमा विश्वका ठूला अर्थतन्त्र… पुरा पढौ

जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों शुक्रबार जापानको हिरोसिमा पीस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पीस मेमोरियल पार्कमा) स्वागत गरेका छन् । हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै छन् । त्यसैगरी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमण गर्दैछन् । हिरोसिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट… पुरा पढौ

नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ

नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी कार्कीले जानकारी दिए। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।  यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। प्रहरीले वैशाख… पुरा पढौ

नक्कली शरणार्थी प्रकरण : देउवाका गृहमन्त्रीसमेत पक्राउ पर्दा ओलीका भने सल्लाहकारबाटै बढेन अनुसन्धान

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च दुई वटा मन्त्रिपरिषद् संलग्न रहेको खुलिसकेको छ। प्रारम्भ केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पनि यसले निरन्तरता पायो। देउवा नेतृत्वको सरकारमा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउने क्रममा तत्कालीन गृहमन्त्रीसमेत प्रहरी हिरासतमा पुगिसकेका छन्। उता ओली नेतृत्वको सरकारको पालाकाहरूको खोजी गृहमन्त्रीको सुरक्षा सल्लाहकारबाट अगाडि बढ्न सकेन। केपी ओली नेतृत्वकै सरकारको पालामा प्रमाणीकरणमा छुटेका भुटानीबारे अध्ययनको प्रारम्भ भएको थियो। २०७४ फागुनमा ओलीको नेतृत्वमा बनेको एमाले-माओवादी सम्मिलित सरकारमा… पुरा पढौ

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको। यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले धेरै चर्चा र चासोको विषय बनेन त्यति बेला। प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीको भेट स्वाभाविक नै हो, तर घटनाक्रमले उनीहरूको भेटलाई स्वाभाविक… पुरा पढौ

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।  भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।  आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम… पुरा पढौ

जनयुद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री… पुरा पढौ

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको… पुरा पढौ

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिनुस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनुभएको छ। गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्।… पुरा पढौ