टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी साताहरूमा आम निर्वाचन गराउने विचार गरिरहेको शनिबार केही जापानी सञ्चारमाध्यमले आफ्नो समाचारमा जनाएका छन् । गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी ताकाइचीको मन्त्रिपरिषद्ले करिब ७० प्रतिशत अनुमोदन प्राप्त गरेको छ । उनको सत्तारूढ समूहसँग संसद्को शक्तिशाली तल्लो सदनमा झिनो बहुमत मात्र छ, जसले उनको महत्वाकाङ्क्षी नीति र एजेन्डालाई अगाडि बढाउने क्षमतामा बाधा पुर्याएको छ। योमिउरी र माइनिची दैनिक पत्रिकाले नाम नखुलाइएका सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेका छन्, “उहाँले…
पुरा पढौ