राजनीति

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

२४ भदौ, काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् । अहिले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ । त्यहाँका सबै भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ… पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। पुरा पढौ

संसद् भवनमा आगजनी

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।   पुरा पढौ

प्रदर्शनकारी सिंहदरबारभित्रै छिरे

प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन्। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै मंगलबार बिहानबाट आक्रमण प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भिड सिंहदरबार प्रवेश गरेको हो।  उनीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्।  उनीहरू पश्चिम गेटबाट छिरेका हुन्।   पुरा पढौ

ब्रिफिङ : नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर

२४ भदौं, काठमाडौं । सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ ।मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ । परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित… पुरा पढौ

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।अनलाइनखबर पुरा पढौ

प्रचण्डको निवासमा तोडफोड, सञ्चारमन्त्रीको घरमा आगजनी

काठमाडौं । ललितपुरमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ ‘प्रचण्ड’को निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन्। समूहले प्रचण्ड निवास पुग्नुअघि नजिकैको प्रहरी बिटमा आगजनी गरेका थिए। यस्तै, ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरिएको छ। हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आज बिहानै आगो लगाइएको हो। नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार आन्दोलनको प्रभाव गाउँ तथा भित्री सडकसम्म पुगेको छ। “ललितपुर बिहानैदेखि अशान्त छ,” उनले भने। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। ईमेजखबर पुरा पढौ

विद्यार्थी मार्न पाइँदैन भन्दै बानेश्वरमा युवाले थाले बिहानैदेखि प्रदर्शन

काठमाडौँको बानेश्वरमा विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै आज (मंगलबार) बिहानैदेखि युवाले प्रदर्शन थालेका छन्।  सोमबार बानेश्वरमै भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा १७ युवा मारिएका थिए। त्यसको विरोधमा युवाहरूले आज बिहानैदेखि त्यही ठाउँमा प्रदर्शन थालेका हुन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् । प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ । पुरा पढौ

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। ‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले भने। जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए। उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा… पुरा पढौ