राजनीति

जेनजी प्रदर्शनका मृतक २० मध्ये ७ जनाको सनाखत

देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौँमा मात्रै १८ जनाको ज्यान गएको छ।  जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ। यीमध्ये ५ जनाको पहिचान भएको छ। ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो। गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये… पुरा पढौ

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।  ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।  उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।  त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको… पुरा पढौ

जेन–जी आन्दोलनले माग्यो प्रधानमन्त्रीको राजीनामा, वैकल्पिक सरकार गठनको माग

काठमाडौँ – सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ। आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले निष्कर्ष निकालेको छ। अब सरकारको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। जेन–जी पुस्ताका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,’यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ। लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा, अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको छ। त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल… पुरा पढौ

मृतकको संख्या १४ पुग्यो

सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो… पुरा पढौ

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएकोसङ्गै सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो… पुरा पढौ

यसरी भड्कियो ‘जेनजी’ आन्दोलन अनि लाग्यो संसद भवनको गेट नम्बर २ मा आगो (तस्बिरहरू)

काठमाडौं : सरकारविरुद्धको जेनजी आन्दोलनले हिंसात्मक मोड लियो। प्रहरीसँगको झडपबाट आक्रोशित प्रदर्शनकारीले संघीय संसद भवनको २ नम्बर गेटमा आगजनी गरे। बिहान शान्तिपूर्ण रूपमा सुरू भएको प्रदर्शनले बानेश्वरमा उग्र रूप लिँदै संसद भवन आक्रमणसम्मको अवस्थामा पुग्यो। जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारी पछि हटेनन्। उनीहरूले संसद भवनको २ नम्बर गेटलाई निशाना बनाए। ढुंगामुढा गर्दै उनीहरूले पहिले गेटसँगैको पर्खाल भत्काउन सुरू गरे। लगातारको प्रहारपछि पर्खालको केही भाग भत्कियो, जसले प्रदर्शनकारीलाई थप उत्तेजित बनायो। पर्खाल भत्काएपछि प्रदर्शनकारीको समूह गेटको नजिक रहेको सुरक्षा पोष्टतर्फ अघि बढ्यो।… पुरा पढौ

जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ह्याक, लेखे भ्रष्टाचारविरोधी नारा

देशका विभिन्न भागमा युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन्। 'जेनजी राइजिङ नेपाल' ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन्। यस्तै पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन्।नेपालखबरबाट पुरा पढौ

जेन-जीले निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार, जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश

काठमाडौँ —भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै… पुरा पढौ

नख्खु कारागार अगाडि समर्थकको भिड, रविको पक्षमा नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन लागेको हो । अहिले विमानस्थलमा उनका समर्थक तथा रास्वपा नेताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । उता ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा भएका छन् । उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज… पुरा पढौ

रविलाई बुद्ध एयर मार्फत काठमाडौं ल्याईदै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउनको लागि उताबाट हिँडाइएको छ। लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदैछ। लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकितासहित समर्थकहरू… पुरा पढौ