जेन–जी आन्दोलनले माग्यो प्रधानमन्त्रीको राजीनामा, वैकल्पिक सरकार गठनको माग

-


     जनहित न्युज    
     भाद्र २३ गते २०८२


काठमाडौँ – सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ।

आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले निष्कर्ष निकालेको छ।

अब सरकारको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। जेन–जी पुस्ताका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,’यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ। लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा, अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको छ। त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन स्पष्ट आग्रह गर्दछौँ।’

यस्तै, सुरक्षा निकायहरूलाई पनि तत्काल दमनकारी गतिविधिबाट पछि हट्न र शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउन र जनताको अधिकारलाई सम्मान गर्न आग्रह गरिएको छ।(देशसंचारबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?