राजनीति

जापानमा विदेशीमाथि कडाइ गर्ने सरकारी नीतिलाई ७१% जनताको समर्थन: घरजग्गा खरिद र ‘म्यानर्स’ मुख्य चिन्ताको विषय

टोकियो।जापानको प्रतिष्ठित पत्रिका 'माइन्चि सिम्बुन'ले नोभेम्बरमा गरेको एक राष्ट्रव्यापी सर्वेक्षणले विदेशीसम्बन्धी सरकारी नीतिहरूमा जापानी जनताको गहिरो चासो र चिन्ता उजागर गरेको छ। सर्वेक्षणको नतिजाअनुसार, प्रधानमन्त्री सानाए ताकाइची (Sanae Takaichi) को मन्त्रिपरिषद्ले विदेशीहरूमाथि कडाइ गर्ने नीति (Tightening measures) अघि सारेकोमा ७१ प्रतिशत उत्तरदाताले समर्थन जनाएका छन्। यसको विपक्षमा उभिनेहरूको सङ्ख्या मात्र १० प्रतिशत रहेको छ। यो कडा नीति प्रधानमन्त्री ताकाइचीको लोकप्रियताको मुख्य आधार बनेको देखिएको छ। सरकारलाई समर्थन गर्नेहरूमध्ये ८४ प्रतिशतले यो नीतिको स्वागत गरेका छन् भने, सरकारलाई समर्थन नगर्ने समूहका पनि ४५… पुरा पढौ

रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने लक्ष्य राखेको छ । अधिवेशनलाई सम्वोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारीले अधिवेशनप्रति शुभकामना व्यक्त गर्दै अधिवेशन केवल कार्यक्रम मात्र होइन, यो पार्टीको भविष्य निर्धारण गर्ने मोड भएको बताउनु भएको छ । अधिकारीले भन्नुभयो तपाईहरू परिवर्तनका नायक हो । साथै प्रवासमा रहेर पनि  घण्टी प्रतिको माया र साथ सहयोग सँगै… पुरा पढौ

‘विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन छलफलमा छौँ’ प्रधानमन्त्री कार्की

सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।  प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन्। उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदात गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।’ उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको बताइन्।… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको स्पष्टोक्ति

२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् । पुरा पढौ

ओली खोज्दै जेन जी

जेनजी समुहले कमचलाउ प्रधानमन्त्री लुकेको भन्दै अहिले खोजिरहेको छ । केही समय पहिले पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर समुहले कुटपिट गरेको थियो । त्यस लगतै ओलीको खोजि गरिरहेको हो । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो ।त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ । सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई… पुरा पढौ

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।  जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्नलागेका हुन्।  यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।  त्यसलगत्तै सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो। उक्त अनुरोधलगत्तै प्रधानसेनापतिको… पुरा पढौ

जेन जीद्वारा गलकोटमा प्रर्दशन, नगरपालिकाको होडिङ बोर्ड तोडफोड

जेन जी समुहले गलकोटमा प्रदर्शन तिव्र पारेको छ । जेन जी समुह गलकोटले आज गलकोट नगरपालिकाको कार्यालयको होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको छ । समुहले गलकोट नगरपालिका वडा नम्वर ६ मा अवस्थित गलकोट नगरपालिकाको कार्यालयमा गएर कार्यालयको सम्पूर्ण होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको हो । गलकोट नगरपालिका वडा नम्वर ३ को हटिया बजारको जिपपार्कदेखी सुरु भएको जेन जीको प्रदर्शन हटिया बजार परिक्रमा गरी गलकोट नगरपालिका वडा नम्वर ६ हुँदै गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा अवस्थित ईलाका प्रहरी… पुरा पढौ

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ।उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्तार संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ। राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ।२४ भदौ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका… पुरा पढौ

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गरेको छ।  नेपाली सेनाले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जतिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकताmलाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो।  सेनाले भनेको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध… पुरा पढौ

प्रदर्शनपछि जेनजीले मनाउन थाले विजय उत्सव

२४ भदौ, काठमाडौं । सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए । सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन । पुरा पढौ