राजनीति

‘पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल हुँदैछ’

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । आज(शनिबार) बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले… पुरा पढौ

संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन – प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएकाक छन् ।  शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गरे ।  ‘हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै… पुरा पढौ

‘उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ’-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ६ महिनाको रिपोर्ट कार्ड संसद्‌मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभाका बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गरेका हुन्।  प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको लागि विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई छायामा पार्ने गरी देखिएका विकृतिविरुद्ध सुशासनको पक्षमा लड्ने भन्दै प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताएका हुन् ।  त्यस्तै उनले विकृतिविरुद्धको लडाइमा लागेको बताउँदै त्यसका लागि कुनै पनि मूल्य चुकाउन… पुरा पढौ

रवि लामिछानेविरुद्धको रिट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।  युवराज सफलले दायर गरेको रिट बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले खारेज गरेको हो ।  महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए। पुरा पढौ

मैले देखे भोगेको मदन भण्डारी

पञ्चायती शासनको उत्कर्षको बेला,२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय उहाँको पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक खवरसहित आउनुभयो-खवर थियो,"नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।" अनि क्रमशः लेखहरु आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सोभियत संघलाई कसरी हेर्ने भन्नेवारे पनि विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो किनकि त्यतिखेर त्यहाँको… पुरा पढौ

युग अनुसारको साँस्कृतिक रूपान्तरण आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताएका हुन्। उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्नसक्ने बताएका छन्। अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुने बताउँदै । उनले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक… पुरा पढौ

नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले उक्त कुरा बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’ उनले हरदम आफ्नो बिचार, सोच र… पुरा पढौ

भैँसीसँग लाज मानिरहेका ‘भेडा’हरू

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी पनि बेलामौकामा दाम्लो चुँडाएर जक्खरलाई भेट्न पुग्थिन् ।  जक्खरसँग के थियो त्यस्तो राज ? वास्तवमा त्यस्तो राज त केही थिएन, तर ऊ गाउँको एक्लो राँगो थियो । गाउँमा एक्लो राँगो हुनुको फाइदा जक्खरले उठाएको थियो । यस्तो फाइदा मान्छेहरूले पनि उठाएका छन् भनेर बाजेहरूले हाँसो गर्दथे ।  मेरो बाल्यकाल भैँसी गोठालो लागेरै नै… पुरा पढौ

प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको भारतीय पक्षसँग महत्त्वपूर्ण सम्झौता भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन दुई देशका विभिन्न अन्तरसरकारी निकायबीच जलविद्युत, पारवहन, पूर्वाधार र हवाई रुटसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय भएका हुन् । प्राथमिकतामा ऊर्जा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित महत्त्वपूर्ण सम्झौता भएका छन् । यस क्रममा भारत र नेपालबीच ऊर्जासँग सम्बन्धित ५ महत्त्वपूर्ण सम्झौता भएका हुन् ।  नेपाल र भारतीय पक्षबीच भएको सम्झौताअनुसार नेपालको बिजुलीले २५ वर्षका लागि भारतीय बजार पाएको छ । यसबाट… पुरा पढौ

विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर… पुरा पढौ