प्रमुख समाचार

दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’, नेपाली घरफिर्तीको लागि सरकारले कूटनीतिज्ञ पहल सुरु

काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए । उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीले बताए । उनका अनुसार ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।… पुरा पढौ

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत हुने विश्व बैङ्कको अनुमान

विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।  विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।  यस वर्ष न्यून आर्थिक वृद्धिदर ९१।९ प्रतिशत०, बढ्दो… पुरा पढौ

बल्ल देखिन थाल्यो गोठभित्रै मोबाइलको टावर

गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुरले खुशी हुँदै बाहिर निस्केर आकाशतिर हेरे। ‘फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिएझैं लागेको छ,’ सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्तीमगरले भने। यसअघि निसेलढोरमा बस्दा कहिल्यै पनि सहज रूपमा फोन गर्न नपाएका उनलाई आफन्तसँग फोन गर्न परे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो। आइतबार दिउँसो एक्कासि गोठमै बसेका बेलामा मोबाइलमा म्यासेज आयो। म्यासेज आएको केही बेरमा बेंसीबाट… पुरा पढौ

नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बित

शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो । त्यसका लागि केही महिना अगाडि विभागमा उजुरी परेको थियो । यसमा प्रारम्भिक अनुसन्धान गर्दा ती मेनपावरको संलग्नता देखिएको भन्दै विभागले निलम्बन गरेर थप अनुसन्धान थालेको हो ।  वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरी थप… पुरा पढौ

पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर

काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै आरोपितमाथि मुद्दा दायर गरेको छ । आयोगले जलहरी निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाबिरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले पशुपति क्षेत्र बिकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठको मिलेमतोमा भ्रष्टाचार भएका निष्कर्ष निकालेको छ । अख्तियारले ढकाल, थापा र श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो, त्यति नै जरिवाना र कैद तथा बहालवाला पदाधिकारीबाट अनियमितता भएको कसुरमा ढकाल र… पुरा पढौ

बहालवाला सचिव बिरुद्ध भ्रष्ट्राचार अभियोगमा मुद्दा दायर

काठमाडौं, १५ असोज । सुशासन अभियानमा रहेको बर्तमान सरकारले बहालवाला सचिव बिरुद्ध भ्रष्ट्राचार अभियोगमा मुद्दा दायर गरेको छ । नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोडमा खरिद गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी… पुरा पढौ

तस्करी छानबिन प्रक्रियामा जनताको ठुलो समर्थन छ, सुशासनको अभियानलाई तुहाउन खोज्नेहरु परास्त हुन्छन् :  गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १५ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अघि बढाएको सुन तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको ठुलो समर्थन रहेको बताएका छन । गृहमन्त्री श्रेष्ठले अहिले भ्रष्टाचारी, तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा तीनि या तीनका संरक्षकहरु सरकार, सम्बन्धित मन्त्रालय र मन्त्रीविरुद्ध आक्रमण ढंगले प्रस्तुत गरिरहे पनि जनताको ठुलो समर्थन प्राप्त भएको भन्दै सुशासनको अभियानलाई तुहाउन खोज्ने षड्यन्त्रलाई परास्त पारिने उल्लेख गरे । देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको बताए । गृहमन्त्री श्रेष्ठले तस्करीका घटनालाई अन्त्य गर्नको लागि… पुरा पढौ

संयुक्त राष्ट्रसंघमा नेपाललाई देखिनेगरी प्रस्तुत गर्ने सफलता मिलेको छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको ७८औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको बताएका हुन। आफनो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको पनि जानकारी दिए ।नेपालमा द्वन्द्वबाट… पुरा पढौ

खोलाले बगाउँदा जीप सहित जीपमा सवार तीन जना यात्रु बेपत्ता

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझ बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रु वाहक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए । खोलामा आएको बाढीले बगाउँदा जीप सहित तीन जना यात्रु बेपत्ता भएको श्याम बोहोराले पनि बताए । भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी… पुरा पढौ

दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकियो

काठमाडौं। दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकिएको छ। यात्रुले अग्रिम बुकिङ गरेकाले सस्तो टिकट सकिएको हो। कात्तिक पहिलो साताका लागि टिकटमा कम मूल्यको भाडादर नै उपलब्ध नरहेको व्यवसायीले जनाएका छन्। आन्तरिक उडान सेवा दिँदै आएका बुद्ध, यती, श्री, सौर्य लगायत विभिन्न वायुसेवा कम्पनीले दसैंका लागि धमाधम टिकटको अग्रिम बुकिङ सुरु भएको जनाएका छन्।  एटीआर-७२ सिरिजका १६ वटा जहाजमार्फत बुद्धले दैनिक ७६ वटा उडान गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि सस्तो टिकट सहजै पाउने अवस्था… पुरा पढौ