प्रमुख समाचार

चर्चामा आउँदै ओझेलका गन्तव्य, बढ्न थाले पर्यटक

पछिल्लो समय बागलुङमा नयाँ-नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो… पुरा पढौ

परम्परागत बालीको विकल्प बन्दै किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले… पुरा पढौ

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।  ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।” सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो… पुरा पढौ

अस्ट्रेलिया फर्किन नपाएपछि करोड लगानीमा खोले अत्याधुनिक ‘लन्ड्री’

केशव अर्याल दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। २०७६ फागुनमा डेढ महिनाको छुट्टी लिएर घर आइपुगे। अस्ट्रेलिया फर्किने दिन नजिकिँदै गर्दा विश्वभर कोरोना महामारी फैलन थाल्यो। विभिन्न देशले हवाई उडान रोके। नेपाल सरकारले पनि विमानस्थल बन्द गर्‍यो। त्यही अवधिमा केशवको बिदा सकियो तर अस्ट्रेलिया फर्किन सकेनन्। चौध महिनाको भिसा बाँकी छँदा नेपाल आएका उनको भिसा अवधि कोरोनाकालमै सकियो। त्यही समयमा उनले अत्याधुनिक लन्ड्री (कपडा धुने व्यवसाय) को योजना बनाएका थिए। यसको सल्लाह भने उनका बुबाले दिएका हुन्। 'बुबाको साथीले लामो समयदेखि धुलिखेलमा लन्ड्री चलाइरहनुभएको छ,' केशवले… पुरा पढौ

आन्तरिक पर्यटकले ढोरपाटनका होटेल भरिभराउ

दशैंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दशैं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्त्वपूर्ण मानिँदै आएको छ ।  दशैं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमापर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै… पुरा पढौ

आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकताको दाबी गर्दै अध्यक्ष आरके शर्माले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।  सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको… पुरा पढौ

एमडीएमएसमा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो । यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो । यसअन्तर्गत आईफोन र… पुरा पढौ

सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर कति हुनुपर्छ ?

हाल सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्ष हुनुपर्ने कानुनी मान्यता रहेको छ। यद्यपि पछिल्लो समय सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्षभन्दा कम हुनुपर्ने र १६ वर्षसम्म राखिनुपर्ने विषयमा बहसहरु भइरहेका छन्। भारतमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालिग मानिँदैन।भारतको इण्डियन मेजोरिटी एक्ट-१८७५ का अनुसार १८ वर्ष पुगेको व्यक्तिलाई बालिग मानिएको छ। भारतको संविधानको ६१ औं संशोधनले पनि १८ वर्ष पुगेपछि मतदानको अधिकार र ड्राइभिङ लाइसेन्स बनाउन पाउने अधिकार दिइएको छ। त्यसैगरी बाल विवाह निषेधसम्बन्धी नियम २००७… पुरा पढौ

दशैंभर मौसम सफा रहने

दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने छ ।मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि दशैंभर मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । मौसमविद्… पुरा पढौ

विजया दशमीको टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।  विजयादशमी आफैँमा शुभ दिन भएकाले आज… पुरा पढौ