राष्ट्रिय समाचार

होटल व्यवसायी महासङ्घ गण्डकीको अध्यक्षमा अर्जुन चोखाल सर्वसम्मत निर्वाचित

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका छन् । सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा… पुरा पढौ

विदेशीमाथि भेदभाव भएको भन्दै टोकियोमा बिरोध प्रदर्शन

टोकियो - जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरुमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै आज आईतबार शिन-ओकुबो स्टेशन अगाडि बिरोध प्रदर्शन भएको छ ।'मुभिङ बियोण्ड हेट' नामक समुहको आयोजनामा भएको सो बिरोध प्रदर्शन अपरान्ह साढे १२ बजे शिन-ओकुबो स्टेशन अगाडि भेला भई कोणसभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै सो समुहका संयोजक टोमी हासेगावाले जापानको इमिग्रेशनले बिदेशीहरुमाथि चरम भेदभावजन्य ब्यवहार गर्दै आईरहेको आरोप लगाए । उनले भने - 'हाल जापान… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको टाईसिट(Fixture) सार्वजनिक

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा  नेपाली  नया वर्ष २०८० तथा क्लवको नवौ वार्षिकोत्सवको अवसरमा सोम बार  आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।  टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिए समेटिएको खेल संयोजक गणेश केसीले जानकारी दिए ।  नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि… पुरा पढौ

फुजी हिमाल आरोहण गर्ने क्रममा मृत्यु भएका सकी टि शेर्पाको सोमबार जापानमा अन्त्येष्टि गरिने

जापानको फुजी हिमाल आरोहण गर्ने चारमध्ये आठौं स्टेशन नजिकै खसेपछि एकजना नेपालीको मृत्यु भएको छ ।  नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे घर भै विगत लामो समयदेखि जापानको कानागावा प्रान्तको फुजिसावा सहरमा बस्ने ४० वर्षीय नेपाली नागरिक सकी टि शेर्पा पहिचान भएको जापानी सञ्चार माध्यमले जनाएका छन ।  मार्च ३१ तरिक बिहान ३ बजेतिर शेर्पा सहितको टिममा एक अमेरिकी र दुई जापानी गरी ४ जना फुजी हिमाल गएका थिए।  हिमाल आरोहणमा गएको र सोही दिन फर्किने क्रममा दुर्घटना भै निधन भएको  थियो । दुर्घटनामा… पुरा पढौ

सोमबार हुने गलकोट स्पोर्ट्स क्लब टोकियो जापानको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा हुने उक्त प्रतियोगिताको लागि व्यस्थापकीय सम्पूर्ण कार्य सम्पन्न भएको महासचिव हिमाल कंडेलले जानकारी दिए । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि आर्थिक संकलन, ट्रफी,मेडल, प्रमाणपत्र निर्माण र छपाईको कार्य सम्पन्न… पुरा पढौ

जापानको अध्यागमन हिरासतमा मृत्यु भएकी श्रीलंकाली महिलाको ‘हिरासतमा रहदा गरेको अनुनय’ सहितको भिडियो सार्वजनिक (भिडियोसहित)

जापानको हिरासत सुविधामा श्रीलंकाली महिलालाई उनको मृत्यु हुनु अघिको अवस्थाको सुरक्षा क्यामेरा फुटेज उनको परिवारको प्रतिनिधित्व गर्ने वकिलहरूले बिहीबार पहिलो पटक सार्वजनिक गरेका छन। मार्च २०२१ मा नागोया क्षेत्रीय अध्यागमन सेवा ब्यूरोमा ३३ वर्षको उमेरमा मृत्यु भएकी रत्नायके लियानागे विष्मा सन्दमालीको बिग्रँदै गएको स्वास्थ्यलाई उनको अन्तिम अवस्थाहरूलाई उक्त फुटेजमा देखाइएको छ।कानूनी टोलीले दुई वर्षअघि नागोया क्षेत्रीय अध्यागमन सेवा ब्यूरोमा ३३ वर्षको उमेरमा मृत्यु भएका विष्माको परिवारबाट फुटेज देखाउनका लागि अनुमति लिएको बताएको छ । सरकारले उपलब्ध गराएको करिब पाँच घण्टाको… पुरा पढौ

नयाँ जागिर सुरु हुने पहिलो दिनको समारोहहरूमा यस्तो आशा व्यक्त गर्छन् जापानीहरू

जापानमा नयाँ आर्थिक २०२३ को पहिलो व्यापारिक दिन अप्रिल ३ तारिक, जापानभर नयाँ कामदारहरूले कोरोना महामारीमा फसेको तीन वर्ष पछि सामान्य अवस्थामा फर्केको संसारमा यो वर्ष आफ्नो करियर सुरु गरे ।धेरै कम्पनीहरू र सार्वजनिक संस्थाहरूले अप्रिल ३ मा एक पटक फेरि नयाँ कर्मचारीहरूका लागि समारोहहरू आयोजना गरे, जसमा पूर्व ओलम्पिक स्वर्ण पदक विजेता पहलवान र नयाँ अन्तरिक्ष यात्री उम्मेदवारलाई लगायतलाई स्वागत गरेका छन।विगत तीन वर्षमा त्यस्ता समारोहहरू कडा COVID-19 प्रतिबन्धहरू अन्तर्गत आयोजित गरिएको थियो, जसमा तिनीहरूलाई टाढाबाटै अंकमालको आत्मियता साटासाट… पुरा पढौ

बालबालिकामा हुने रहस्यमयी तीव्र हेपाटाइटिसबाट जापानमा पहिलो मृत्यु पुष्टि

विश्वका धेरै देशहरूमा तिव्र रूपमा फैलिएको बालबालिकामा हुने रहस्यमयी तीव्र हेपाटाइटिसबाट जापानमा पहिलो मृत्यु पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा मार्च १७ सम्म १६२ जनामा ​​यस रोगबाट संक्रमण पुष्टि भएको थियो र तीमध्ये तीन जनामा कलेजो प्रत्यारोपण गरिएको थियो।मन्त्रालयले जापानी संचार माध्यमलाई रोग लागेका एक जनाको मृत्यु भएको बताए पनि मृत्युको समय वा पीडितको उमेर भने खुलाएको छैन ।थप मृत्युहरू जापानमा पनि भएको हुन सक्छ तर मन्त्रालयले "व्यक्तिगत जानकारी" को सुरक्षाको आवश्यकतालाई औंल्याउँदै त्यस्ता घटनाहरूको घोषणा नगर्ने बताएको छ।जब चिकित्सा… पुरा पढौ

सात दशकका ‘तरकारी काका’

ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त  छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके ।  उमेरले सात दशक लाग्न थालेका उनीमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो । साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील… पुरा पढौ

जापानको इताबासीमा ‘इम्ब्रियोनिक’ नाटक मञ्चन हुने

पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।   गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ । जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र… पुरा पढौ