राष्ट्रिय समाचार

पत्रकार प्रेम स्याङ्तानको उपचारको लागि जापानबाट २ लाख ५ हजार सहयोग

टोकियो । दुबै मृगौला फेल भइ उपचारको क्रममा रहनुभएका पत्रकार प्रेम स्याङ्तान लामाको उपचारार्थ जापानबाट २ लाख रुपैया बढ़ी आर्थिक सहयोग जुटेको छ । नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको सहयोगमा २ लाख ५ हजार आर्थिक सहयोग गरेको हो । सन २००६ देखी पत्रकारीतामा क्रियासिल पत्रकार स्याङ्तान मुटु, सुगर तथा मृगौला सँम्बन्धि रोगबाट पिडीत भई राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन । पीडितको आर्थिक अवस्था कमजोर रहनुको साथै उपचारको लागि धेरै खर्च हुने भएपछि… पुरा पढौ

टोकियो बन्दरगाहबाट ७ सय केजीभन्दा बढी लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ

जापानमा टोकियो बन्दरगाहबाट ७ सय केजीभन्दा बढी लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ परेका छन । भन्सार निरीक्षणको क्रममा फेला परेको उत्तेजक लागुपदार्थ करिब ७०० किलोग्राम मेथाम्फेटामाइन लगभग ४३.४ बिलियन येन ($ 312 मिलियन) मूल्य बराबरको तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले सात चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएइको छ । संयुक्त अरब इमिरेट्सको दुबईबाट चीनको निङ्बो हुँदै मार्चको शुरुमा टोकियो बन्दरगाहमा आइपुगेको कार्गो जहाजमा सातवटा कन्टेनरमा लुकाइएको सो लागूऔषध तस्करी गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकारीहरूले एक… पुरा पढौ

एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको अधिवेशन जुन १८ मा हुँदै

एनआरएन जापानले आफ्ना क्षेत्रीय समितिहरूको अधिवेशनहरू तोकिएसंगै एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन तय भएको छ ।  आगामी दुई वर्षे कार्यकालको लागि क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन यहि जुन महिनाको १८ तारिक आइतबारका दिन हुन लागेको क्षेत्रीय संयोजक मनोजबम मल्लले जानकारी दिए ।  “अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि निर्वाचन समिति गठन व्यवस्थापकीय कार्यका लागि विभिन्न उप समितिहरू गठन भै तयारी थालिसकेका छौ “ संयोजक मल्लले भने- यस पटकको अधिवेशन उदाहरणीय र भव्य बनाउन आवश्यक तयारी थालेका छौ । … पुरा पढौ

आर्थिक अभावमा उपचारमा समस्या झेली रहेकी मीनालाई घुम्टे युवा परिवार जापानले गर्यो ३ लाख बढि आर्थिक सहयोग

क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भै उपचारारत गलकोट नगरपालिका वार्ड नम्बर ७ की एक महिलालाई घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग प्रदान गरेको छ ।  आर्थिक अभावले उपचारमा समस्या झेलिरहेकी २५ वर्षीय मीना बिकलाई बुधबार एक कार्यक्रमको आयोजना गरि उनको परिवारलाई ३ लाख ३६ हजार ८१९ रुपैया रकम घुम्टे युवा परिवार जापानले उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । निम्नमध्यम वर्गीय परिवारकी बिकको क्यान्सर कारण गम्भीर समस्या देखापरेपछि भक्तपुर अस्पतालमा लामों समयसम्म भर्ना गरेर उपचार गराउदा आर्थिक अभाव भै… पुरा पढौ

सरकारले सन् २०२६ मा थप जानकारी र सुरक्षासहित माई नम्बर कार्ड परिमार्जन गर्दै 

जापान सरकारले कार्डमा लेखिएका जानकारीमा परिवर्तन गरी सन् २०२६ मा नयाँ माई नम्बर व्यक्तिगत परिचयपत्र ल्याउने लक्ष्य सहित सरकारी प्यानलले तयार पारेको मस्यौदा प्रस्ताव गरिएको छ ।सरकारले सन् २०१६ मा ल्याइएका हालको माई नम्बर कार्डको म्याद सन् २०२६ मा समाप्त हुन थालेपछि थप सुरक्षासहित नयाँ कार्डहरू जारी गर्नेबारे विचार गरेको र कार्डहरू १० वर्षसम्म मान्य हुने बताइएको छ ।प्रधानमन्त्री फुमियो किशिदाको अध्यक्षतामा बसेको सरकारको डिजिटल सोसाइटी प्रवर्द्धन परिषद्को बैठकमा डिजिटल समाजको अनुभूति गर्ने प्राथमिकताका मुद्दाहरूको मस्यौदा तयार पारिएको हो।प्रस्तावहरू अनुसार… पुरा पढौ

गिफु केन एनआरएनए जापानको कान्छो क्षेत्रीय समिति बन्दैं , अधिवेशनको तयारी पुरा

गिफु केन एनआरएनए जापानको क्षेत्रीय समितिको कान्छो समिति बन्ने भएको छ। यसअघि नागोया क्षेत्रीय समितिमा पर्ने सो क्षेत्रले आफ्नै अलगै समिति बनाउने निर्णय गरेको हो।गिफु केनका सरोज लामिछानेले एनआरएनए जापान क्षेत्रीय समिति गिफु केनको प्रथम अधिवेशनको तयारी पुरा भएको बताए। समिति चयनका लागि आगामी जुन १० तारिक सनिवार दिउसो १ बजे बाट Gifu Bunka Center 3rd Floor मा अधिवेशन आयोजना गरिएको गिफुमा व्यवशाय गरि लामो समयदेखि रहेका कुशलराज धितालले जानकारी दिए। सर्वसहमतिमा समिति चयन गर्न छलफल भई रहेको उनको भनाई… पुरा पढौ

भैँसीसँग लाज मानिरहेका ‘भेडा’हरू

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी पनि बेलामौकामा दाम्लो चुँडाएर जक्खरलाई भेट्न पुग्थिन् ।  जक्खरसँग के थियो त्यस्तो राज ? वास्तवमा त्यस्तो राज त केही थिएन, तर ऊ गाउँको एक्लो राँगो थियो । गाउँमा एक्लो राँगो हुनुको फाइदा जक्खरले उठाएको थियो । यस्तो फाइदा मान्छेहरूले पनि उठाएका छन् भनेर बाजेहरूले हाँसो गर्दथे ।  मेरो बाल्यकाल भैँसी गोठालो लागेरै नै… पुरा पढौ

दोस्रो रारा गोल्ड कप फुटसल २०२३ प्रतियोगिताको उपाधि काभ्रेली समाजले हात पार्यो

दोस्रो रारा गोल्ड कप फुटसल २०२३ प्रतियोगिताको उपाधि काभ्रेली समाज जापानले हात पारेको छ ।कर्णाली प्रदेश समाज जापानको आयोजनामा आइतबार टोकियो स्थित हाचियोजीमा सम्पन्न प्रतियोगितामा शिजुओका युनाइटेडलाई पछि पार्दै उपाधि आफ्नो पक्षमा पारेर ५ लाख ५ हजार ५५५ येन नगदसहित मेडल र ट्रफी हात लिएको हो ।स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ कर्णाली क्षेत्रको पर्यटन प्रबर्द्धनमा आवश्यक सहयोग पुर्याउनका लागि आयोजित उक्त प्रतियोगितामा जम्मा ३३ टिमको सहभागिता रहेकोमा रनर अपको उपाधि प्राप्त गरेको शिजुओका युनाइटेडले २… पुरा पढौ

जापानमा नेपाली नागरिकको ज्यानको मूल्य मात्र ७ हजार डलर ? उन्नत राष्ट्रले गरेको फैसला ‘अनुपयुक्त’ र शासन ‘भेदभावपूर्ण’

टोकियोमा प्रहरी हिरासतमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख येन (७,१५० डलर) क्षतिपूर्ति दिइनुले राज्यमा निवारण कानूनको भेदभावपूर्ण प्रकृतिलाई पृष्टसंग उजागर गरेको विज्ञहरू बताउँछन्।निवारण कानूनले "पारस्परिकता प्रावधान" समावेश गर्दछ, जसको अर्थ विदेशी पीडितहरू समावेश भएका त्यस्ता क्षतिपूर्तिका मुद्दाहरूमा उनीहरूको गृह देशले जापानी नागरिकहरूसँग समान परिस्थितिमा कस्तो व्यवहार गर्ने भन्ने कुरामा धेरै हदसम्म निर्भर हुन सक्छ।टोकियो जिल्ला अदालतको मार्चमा भएको फैसलाले क्षतिपूर्ति नियमका आधारमा रकम तोकेको थियो तर कानुनी विज्ञहरूले उक्त फैसला अभूतपूर्व मात्र नभएर संविधानको उल्लङ्घन पनि हुन सक्ने बताएका… पुरा पढौ

मार्चमा संसदबाट निष्कासित जापानी सांसद युट्युबरले सेलिब्रेटीलाई धम्की दिएको आरोपमा एयरपोर्टबाटै पक्राउ

जापानमा प्रहरीले सेलिब्रेटीहरूलाई धम्की दिएको आरोपमा युट्युबर र पूर्व सांसदलाई पक्राउ गरेको छ । टोकियो प्रहरीले पक्राउ पुर्जी जारी गरेको दुई महिनापछि उनी युएईबाट जापान फर्किएको अवस्थामा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानी पूर्व सांसद र सामाजिक सञ्जाल व्यक्तित्व GaaSyy संयुक्त अरब इमिरेट्सबाट जापान फर्केपछि सेलिब्रेटी सहित केही व्यक्तिको नाम बदनाम गर्ने धम्की दिएको आरोपमा आइतवार पक्राउ गरिएको हो । उनलाई गत वर्ष फेब्रुअरी र अगस्टको बीचमा एक अभिनेता, एक उद्यमी र एक डिजाइनरको नाम बदनाम गर्ने धम्की दिएको आरोप… पुरा पढौ