दोस्रो रारा गोल्ड कप फुटसल २०२३ प्रतियोगिताको उपाधि काभ्रेली समाजले हात पार्यो

-


     जनहित न्युज    
     जेठ २२ गते २०८०


दोस्रो रारा गोल्ड कप फुटसल २०२३ प्रतियोगिताको उपाधि काभ्रेली समाज जापानले हात पारेको छ ।
कर्णाली प्रदेश समाज जापानको आयोजनामा आइतबार टोकियो स्थित हाचियोजीमा सम्पन्न प्रतियोगितामा शिजुओका युनाइटेडलाई पछि पार्दै उपाधि आफ्नो पक्षमा पारेर ५ लाख ५ हजार ५५५ येन नगदसहित मेडल र ट्रफी हात लिएको हो ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ कर्णाली क्षेत्रको पर्यटन प्रबर्द्धनमा आवश्यक सहयोग पुर्याउनका लागि आयोजित उक्त प्रतियोगितामा जम्मा ३३ टिमको सहभागिता रहेकोमा रनर अपको उपाधि प्राप्त गरेको शिजुओका युनाइटेडले २ लाख २२ हजार २२२ मेडल र ट्रफीमा चित्त बुझाउनु परेको थियो।
विश्वकै सुन्दर रारा ताल, कर्णालीको उत्कृष्ट झरना, सेफोक्सुण्डो ताल र नेपालका दुर्गम क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रमका साथै जापानमा बसोबास गर्ने नेपालीलाई जोडेर आपसी सहयोग र सहकार्य प्रवर्द्धन गर्न स्थापना भएको समाजले त्यसकै बिकास र पर्वद्धन लागि आयोजित प्रतियोगिताको उद्घाटन जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदी सुबेदीले कर्णाली प्रदेशका प्राकृतिक सम्पदा क्षेत्र तथा पर्यटकीय गन्तव्यहरुको राम्रो प्रचारप्रसार गरी कर्णाली प्रदेशको विकास र समृद्धिमा सहयोग पु¥याउन र नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रवासमा गरिने यस्ता कार्यक्रम अर्थपूर्ण हुने बताए ।
राजदूत डा सुवेदी र समाजका अध्यक्ष कृष्ण शाहीले संयुक्त रुपमा उद्घाटन गरेको प्रतियोगितामा उत्कृष्ट फियरप्ले टिम तामाङ युथ एफ सी, उत्कृष्ट डिफ़ेन्स काभ्रेली समाजका लिल गुरुङ, टप स्कोरर सिजुओका युनाइटेडका आशिक गुरुङ, उत्कृष्ट किपर सिजोउका युनाइटेडका चन्द्र केसी, उत्कृष्ट प्लेयर गोर्खे क्लवका आदर्श लिम्बुलाई पुरस्कार प्रदान गरिएको थियो ।
औपचारिक समापन समारोहमा शिबहरी पौडेल पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा एन्फा जापानका अध्यक्ष शिव खड्का, पूर्व राष्ट्रिय फुटबल खेलाडी हरी ठकुरी लगायतको उपस्थिति रहेको थियो । समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विरेन्द्र शाहीले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?