राष्ट्रिय समाचार

एनआरएनए कान्तो क्षेत्रीय समितिको अधिवेशन जुन २५ मा हुने

गैर आवासीय नेपाली संघ जापान (NRNA ) कान्तो क्षेत्रीय कार्यसमितिको आठौँ अधिवेशन जुन २५ तारिक आइतबारका दिन हुने भएको छ ।एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद् जापानमा रहेका १२ क्षेत्रीय समिति मध्य जापानको राजधानीमा रहेको कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालको लागि समिति चयन हुने गरि आठौ अधिवेशन हुन लागेको समितिका संयोजक दिपेश केसीले जानकारी दिए ।राष्ट्रिय समन्वय समितिसंगको समन्वयमा काम काम गर्दै आएको समितिले विभिन्न सामाजिक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा… पुरा पढौ

जापानको सेल्फ डिफेन्स फोर्सको (एसडीएफ) फायरिङ रेन्जमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

जापानको गिफु शहरमा रहेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको फायरिङ रेन्जमा लाइभ फायर ट्रेनिङका क्रममा एक सेल्फ डिफेन्स अफिसरले हानेपछि दुई जना आत्मरक्षा बलका सदस्यको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन ।बुधबार बिहान ९ बजेतिर भएको उक्त घटनामा गिफु प्रिफेक्चरल प्रहरीले हत्याको आरोपमा १८ वर्षीय शूटरलाई घटनास्थलबाट पक्राउ गरेको छ। घाइते दुईको अवस्था गम्भीर रहेकोमा उनीहरूको मृत्यु भएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ। फोर्सको हिनो बेसिक फायरिङ रेन्ज गिफुमा लाइभ फायर ट्रेनिङका क्रममा सेल्फ डिफेन्स अफिसरका नयाँ भर्ती… पुरा पढौ

बिना इजाजत घरमा सैलुन संचालन गरेको आरोपमा जापानमा एक विद्यार्थी पक्राउ

एक भियतनामी विद्यार्थीलाई टोकियोमा आफ्नो घरमा बिना इजाजतपत्र कपाल काट्ने (सैलुन)सेवा उपलब्ध गराएको आशंकामा पक्राउ गरिएको छ ।२४ वर्षीय व्यावसायिक विद्यालयमा अध्ययनरत विद्यार्थी न्गुएन भान थाङलाई गत हप्ता मङ्गलबार पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ । उनले अप्रिल २०२१ देखि हालसम्म करिब ३,००० ग्राहकहरूको कपाल काट्ने काम गरेको प्रहरीको भनाई छ ।पश्चिमी टोकियोको फुसामा रहेको उनको कन्डोमिनियममा प्रतिव्यक्ति १५०० येनमा ग्राहकलाई कपाल काट्ने र दाह्री काटने गरेको जापान प्रहरीले भनेको छ ।संदिग्ध व्यक्तिले सामाजिक सञ्जाल मार्फत भियतनामी ग्राहकहरूलाई आकर्षित गर्ने… पुरा पढौ

प्युठानमा कार दुर्घटना हुदा ८ जनाको मृत्यु

प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए । घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला… पुरा पढौ

“दरवारकाण्डपछि दबाइएको अर्को हत्याकाण्ड”, नमिता-सुनिता बलात्कार र हत्या,अपराधी अज्ञात !

तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८ सालताका लाजिम्पाटस्थित आफ्नै छापाखानाबाट नेपालभाषाको दैनिक पत्रिका 'राजमति' चलाउँथे। पत्रिकामा एउटा स्तम्भ थियो - ‘प्रतिभा परिचय’। यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्राको रूपमा । कोलकाताको निम्ति महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए । यी तिनै दिदी बहिनी हुन् जोसँग एउटा नसुल्झिएको गुत्थी छ । जब जब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ।… पुरा पढौ

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालको जीत

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले नेपाल सरकारबाट क्षतिपूर्ति माग गर्दै अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आईसीएसआईडी) मा दायर गरेकाे मुद्दामा हार व्यहाेरेकाे छ । नेपाल सरकारबाट ३४८ मिलियन अमेरिकी डलर (शनिबारकाे विनियमय दर अनुसार ४५ अर्ब ८१ करोड ४२ लाख रुपैयाँभन्दा बढी) क्षतिपूर्ति दाबी गर्दै एनसेलले २०७६ वैशाख आईसीएसआईडीमा दायर गरेकाे मुद्दामा नेपाल सरकार प्रतिरक्षा गर्न सफल भएको हाे । विश्व बैंक मातहत रहेको आईसीएसआईडीले गठन गरेको ट्राइब्युनल (मध्यस्थ) अन्तर्गत उक्त मुद्दा अगाडि बढाइएकाे थियाे । "हाम्रो वकिलले हामीलाई हिजो राति नेपाल सरकारको पक्षमा फैसलाई भएको जानकारी दिनुभएको… पुरा पढौ

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका

एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक/एक जना पाइलट र को–पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो । यी बालबालिकाको उमेर १३, ९, ४… पुरा पढौ

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

जापानको राजधानी टोकियोमा रहेको हानेदा विमानस्थलमा दुई वटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे थाइल्याण्डको राजधानी बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेदा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका थिए । पुरा पढौ

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी छन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ। उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश… पुरा पढौ

व्यस्त शहरमा काँध थाप्ने पौरखीका कथा

कस्तो भाग्यमानी है तपाई, डिपेंडेण्ट भिसामा आएर यत्ती छीट्टै काम सुरु गर्नु भो ।मैले मुसुक्क हास्दै भने कहाँ छिट्टै हुनु उमेरले त डाडै काटिसकेको छ नी । म त २६ हो अनि उनी २४ अनि तपाईं नी? उनको प्रश्नमा मैले भने २८ वर्ष ।ए हो है ? बैनी भन्थे,म त दिदी भन्नू नी आउदैन की के हो, अब हामी साथी साथी भनौ है ?हस ।यो क्याप्टेन त कस्तो घोसे छ भन्या आफ्नो कम्पनीबाट आएका हरुलाई मात्रै काम दिन्छ । हामीलाई… पुरा पढौ