जापानको सेल्फ डिफेन्स फोर्सको (एसडीएफ) फायरिङ रेन्जमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

-


     जनहित न्युज    
     जेठ ३१ गते २०८०


जापानको गिफु शहरमा रहेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको फायरिङ रेन्जमा लाइभ फायर ट्रेनिङका क्रममा एक सेल्फ डिफेन्स अफिसरले हानेपछि दुई जना आत्मरक्षा बलका सदस्यको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन ।
बुधबार बिहान ९ बजेतिर भएको उक्त घटनामा गिफु प्रिफेक्चरल प्रहरीले हत्याको आरोपमा १८ वर्षीय शूटरलाई घटनास्थलबाट पक्राउ गरेको छ। घाइते दुईको अवस्था गम्भीर रहेकोमा उनीहरूको मृत्यु भएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ।

फोर्सको हिनो बेसिक फायरिङ रेन्ज गिफुमा लाइभ फायर ट्रेनिङका क्रममा सेल्फ डिफेन्स अफिसरका नयाँ भर्ती भएकाहरूलाई संचालित प्रशिक्षण गरिएको थियो । गोली लागेका तीन जनालाई अस्पताल लगिएको थियो लगिएका मध्य एकको मृत्यु भएको पुष्टि भएको हो । प्रहरीका अनुसार कुल तीन जना मध्य एक ५० वर्ष र २० वर्षीय रहेको बताइएको छ । हत्याको प्रयास गरेको आरोपमा घटनास्थलबाटै उनलाई पक्राउ गरिएको थियो र उनले गोली चलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

नागोयामा मुख्यालय रहेको फोर्सका अनुसार हिनो बेसिक फायरिङ रेन्ज भनेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको १० औं डिभिजनले व्यवस्थापन गर्ने एउटा फायरिङ रेन्ज हो । यो फोर्सले १० औं डिभिजनका सदस्यहरूले स्वचालित राइफलका लागि प्रयोग गर्छन्। घटना के कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान भैरहेको छ।

बन्दुकको स्वामित्वलाई कडाइका साथ नियमन गरिएको र बन्दुक राख्न खोज्ने जो कोहीले पनि कडा परीक्षण प्रक्रियाबाट राखिनु पर्ने जापानमा गोलीकाण्डहरू अत्यन्तै दुर्लभ हुने गछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?