
एक भियतनामी विद्यार्थीलाई टोकियोमा आफ्नो घरमा बिना इजाजतपत्र कपाल काट्ने (सैलुन)सेवा उपलब्ध गराएको आशंकामा पक्राउ गरिएको छ ।
२४ वर्षीय व्यावसायिक विद्यालयमा अध्ययनरत विद्यार्थी न्गुएन भान थाङलाई गत हप्ता मङ्गलबार पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ । उनले अप्रिल २०२१ देखि हालसम्म करिब ३,००० ग्राहकहरूको कपाल काट्ने काम गरेको प्रहरीको भनाई छ ।
पश्चिमी टोकियोको फुसामा रहेको उनको कन्डोमिनियममा प्रतिव्यक्ति १५०० येनमा ग्राहकलाई कपाल काट्ने र दाह्री काटने गरेको जापान प्रहरीले भनेको छ ।
संदिग्ध व्यक्तिले सामाजिक सञ्जाल मार्फत भियतनामी ग्राहकहरूलाई आकर्षित गर्ने र सो कार्य गरेर कुल ४.५ मिलियन येन ($ 32,200) आम्दानी गरेको प्रहरीले बताएको छ । उनले आरोप अस्वीकार गरेको छन ।



