
गम्भीर कुपोषणबाट बिरामी आफ्नो एक वर्षीय छोरालाई उपचार गर्न अस्वीकार गर्दै एयर गनले धेरै पटक गोली हानेको आरोपमा एक जापानी बाबुलाई जिल्ला अदालतले सुनाएको १६ वर्षको जेल सजायलाई उच्च अदालतले सदर गरेको छ।
फुकुओका प्रान्तको तागावामा बस्ने २७ वर्षीय मसानोरी जोकेईलाई आफ्नो छोरा युइगालाई चोट पुर्याएको र आफ्नो आमाबाबुको रूपमा आफ्नो जिम्मेवारी त्यागेर उनको मृत्युको कारण बनेकोमा दोषी ठहर गर्दै यस अघि फुकुओका जिल्ला अदालतले सुनाइएको फैसलालाई उच्च अदालतले बुधबार सदर गरेको हो ।
२८ वर्षीय मसानोरी जोकेईले फेब्रुअरीमा फुकुओका जिल्ला अदालतले आफ्नो छोरा युइगाको मृत्यु र घाइते भएकोमा आमाबाबुको बेवास्ता गरेकोमा दोषी पाएपछि दक्षिणपश्चिम जापानको फुकुओका उच्च अदालतमा मृतकका बाबुले पुनरावेदन गरेका जापानी सञ्चारमाध्यम द माईनिचीले आफ़नो समाचारमा उल्लेख गरेको छ ।
न्यायधिश काजुहिरो मात्सुफुजीले जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्दै भनेका छन-“यो अकल्पनीय छ कि प्रतिवादीले आफ्नो छोरा असामान्य अवस्थामा छ भनेर महसुस समेत गरेन।”
प्रतिवादीको पक्षमा बोल्ने वकिलहरूले भने जोकेईको निर्दोषताको तर्क गर्दै उसले युइगालाई एयर गनले चोट पुर्याएको छैन र बालकलाईलाई सुरक्षात्मक सहयोग चाहिन्छ भनेर उनलाई थाहा थिएन।
युइगाकी २८ वर्षीया आमा आइलाई सन् २०२२ को मार्चमा आमाबाबुको बेवास्ताको कारण मृत्यु भएकोमा आठ वर्षको सजाय सजाय तोकिएको थियो।
तल्लो अदालतले सन् २०१८ को अक्टोबरको अन्त्यसम्ममा बालक गम्भीर कुपोषणको शिकार भएता पनि मसानोरीले युइगालाई कुपोषणको चपेटामा परेकै कारण उपचारलाई अस्वीकार गर्न आफ्नी श्रीमती र बच्चाकी आमा ऐसँग पनि त्यही वर्षको अक्टोबरमा छाड्ने षड्यन्त्र गरेको फैसला सुनाएको थियो ।
युइगाको हातखुट्टा सहितको हड्डी भाँचिएको र अर्को नोभेम्बरमा एक संक्रामक श्वासप्रश्वास रोग समेत लागि युइगाको एक वर्ष चार महिनाको उमेरमा १ डिसेम्बर २०१८ मा तीव्र श्वासप्रश्वासको विफलताबाट मृत्यु भएको थियो । संक्रामक श्वासप्रश्वास रोगले आक्रमण गर्दा पनि दम्पतीले उनलाई डाक्टर कहाँ उपचारको लागि नलगिएको समेत अदालतले ठहर गरेको छ ।



