राष्ट्रिय समाचार

जापानमा जनसंख्या क्रमिक रूपमा घट्दो, बच्चा जन्माउनुलाई महिलाहरूले दबाबको रूपमा लिने गरेको खुलासा

जापानमा बढ्दो संख्यामा महिलाहरूले आफ्नो जीवनभर अविवाहित रहने र विवाह गरेपनि बच्चा नजन्माउने छनौट गर्ने र बच्चा जन्माउनुलाई महिलाको लागि दबाबको रूपमा महशुस गर्ने गरिरहेका छन्। जीवनशैली र पारिवारिक संरचनामा बढ्दो विविधताको बावजुद धेरै महिलाहरूले अझै पनि विवाह र बच्चा जन्माउने परम्परागत सामाजिक अपेक्षाहरू पूरा गर्न दबाब महसुस गर्ने गरेका छन ।  ४० वर्षमा दबाब कम हुन्छ ४६ वर्षीया मूर्तिकार नाओ सावाले आफू सानै छँदा उनकी आमाले उनलाई दिनहुँ दुर्व्यवहार गर्ने बताइन्। "मलाई थाहा छैन (बच्चाहरूलाई कसरी माया गर्ने)। सबैभन्दा… पुरा पढौ

पर्यटक लोभ्याउँदै गलकोट दरबार

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक आकर्षणको केन्द्रको रुपमा रहेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास हो गलकोट दरबार । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिले मात्रै पर्यटकीय गन्तव्यको रुपमा थपिएको टेउवाको खुल्ला मुर्तिकला संग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकहरुको संख्यामा… पुरा पढौ

प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको भारतीय पक्षसँग महत्त्वपूर्ण सम्झौता भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन दुई देशका विभिन्न अन्तरसरकारी निकायबीच जलविद्युत, पारवहन, पूर्वाधार र हवाई रुटसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय भएका हुन् । प्राथमिकतामा ऊर्जा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित महत्त्वपूर्ण सम्झौता भएका छन् । यस क्रममा भारत र नेपालबीच ऊर्जासँग सम्बन्धित ५ महत्त्वपूर्ण सम्झौता भएका हुन् ।  नेपाल र भारतीय पक्षबीच भएको सम्झौताअनुसार नेपालको बिजुलीले २५ वर्षका लागि भारतीय बजार पाएको छ । यसबाट… पुरा पढौ

घुम्टे युवा परिवार जापानले आगामी जुलाई २४ मा दोस्रो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई २४ तारिक सोमबार दिन जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन… पुरा पढौ

‘म चन्द्रमा हुँ’ ग़ज़लको चर्चा चुलिदै

केही दिन अघि रिलिज भएको ग़ज़ल ‘म चन्द्रमा हुँ’ चर्चाको शिखरतिर छ । छोटो समयमा संगीत पारखीहरुलाई मोहित पारेको छ । ‘म चन्द्रमा हुँ’ को शब्द, संगीत र स्वर धेरैको मनमा बसेको छ ।ग़ज़ल युटुबको ट्रेडिंगमा रहेको छ । अमेरिका बस्ने बागलुङका सर्जक जिवनदास सुनारले ग़ज़ल लेखे । अनि गायक/ संगीतकार सिडी विजय अधिकारीले संगीत गरे । ग़ज़लकार स्वर समिक्षा अधिकारीले भरिन् । साहित्यकार सुनारले केही दिन अघि यिनै गायिका समिक्षाको अन्तरवार्ता हेरेपछी यो ग़ज़ल जन्मेको हो । उनका उतार… पुरा पढौ

विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर… पुरा पढौ

जापानमा सन् २०३० सम्म गर्मीबाट हुने मृत्यु आधा घटाउने लक्ष्य

जापान सरकारले मङ्गलबारबाट पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानून परिमार्जन गरिएको छ । योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक… पुरा पढौ

पत्रकार सज्जनको पोखरामा… गीत रिलिज (भिडियो सहित)

बहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ गित/भीडियो पोखरामा… सार्वजनिक भएको छ । ‘’पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गितको मुल थेगो रहेको छ । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गितमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।" पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ । गितमा सज्जन… पुरा पढौ

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।  सोही अनुसार प्राधिकरणले पनि… पुरा पढौ

अज्ञात समुहले दिउसो साढे १२ बजे एनएमबी बैंकको शाखामा लुटपाट

महोत्तरीमा अज्ञात समुहले बैंक लुटेका छन्। हातहतियार सहित पुगेको समुहले मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५/६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ। मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो। 'बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,' मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भने। बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइककलमा बसेर भागेका थिए।… पुरा पढौ