जापानको नागोयामा संचालित तोकाई वाटिका इण्टरनेशनल स्कूलको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न

-


     कविकिरण न्यौपाने    
     जेठ २१ गते २०८०


तोकाई वाटिका ईन्टरनेशनल स्कूल जापानले आफ्नो स्थापनाको प्रथम वार्षिक उत्सव कार्यक्रम मनाएको छ।

स्कूलको आफ्नै सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली अनि जापानी समुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एशिया प्यासिफिक उप-संयोजक ददिवल खड्काले प्रवासमा नेपाल र नेपाली भावनालाई क़ायम राखिराख्नको लागि भविष्यका कर्णधार बालबालिकालाई नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराइनु प्रशंसनीय कार्य भएको बताए ।
उनले भने- रोज़गारीको शिलाशिलामा जापानमा रहेका अभिभावकले आफ्ना बालबालिकालाई सँगै राखेर पढाउन पाउनु सुखद कुरा रहेकोले यसको वातावरण मिलाइदिने तोकाइ बाटिकालाई विषेश धन्यवाद दिन चाहन्छु ।”

एक वर्षको अवधिमा विद्यालयले गरेको प्रगतिको समिक्षा र आगामी वर्षहरूका लागि योजनाहरूको बारेमा सुझाव तथा रचनात्मक लिदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए। आगन्तुक तथा अभिभावकहरु आफ्ना बालवालिका प्रस्तुत गरेका प्रतिभाहरू चासोपूर्वक नियालेका थिए ।
कार्यक्रममा चितवन समाज जापानका पूर्व अध्यक्ष डा सरोज कँडेल ,एनआरएनए आइसीसी सदस्य दिपक कार्की ,एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम शितल, कार्य समिति सदस्य रामु थापा काजी एनआरएनए नागोयाका उपाध्यक्ष भेषनाथ गौतम र कुशल पौडेल लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम स्कूलका प्रमुख सञ्चालक डा सुदिप अधिकारीको अध्यक्षता स्कूलकी शिक्षिका गंगा शाक्य र अनिता पराजुलीको संचालनमा सम्पन्न भएको थियो।
जापानको नागोयामा संचालित स्कूलले किण्डरगार्डेन देखि कक्षा ७ सम्मका कक्षा सञ्चालन गर्दै गर्दाई आइरहेको र प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य रहेको संस्थापक सदस्य बिमल अधिकारीले जानकारी गराए ।

स्कूलमा अन्तर्राष्ट्रिय स्तरका आधारभूत सम्पूर्ण सुविधाहरू अन्तर्गत स्वीमिङ्ग पुल, इन्डोर स्पोर्ट्सहल, फराकिलो खेल मैदान, बालउद्धान, पुस्तकालय, यातायातको व्यवस्था, लगायतका सुविधा रहेको छ। अधिकारीका अनुसार विद्यालयमा नेपाली पाठ्यक्रममा आधारित भएर नेपाली र सामाजिक अध्ययन एवम् जीवनोपयोगी शिक्षा नेपालीमा, अङ्ग्रेजी, गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी माध्यममा शिक्षण गरिनुका साथै जापानी भाषासहित अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?