
जापानको जन्मदर सन् २०२२ मा लगातार सातौं वर्ष घटेर कीर्तिमानी अवस्थामा न्यून पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनसंख्या घट्दै गएको र उमेर छिटो बढ्दै गएकोले देश संकट उन्मुख गैरहेको भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ ।

गत वर्ष जापानमा नवजात शिशुको संख्या ५ प्रतिशतले घटेर ७ लाख ७०हजार ७४७ पुगेको थियो । १८९९ मा तथ्याङ्क संकलन गर्न सुरु भएदेखि पहिलो पटक ८ लाख भन्दा तल झरेको हो । भने मृत्यु हुनेको संख्या ९ प्रतिशतले बढेर १.५७ मिलियनमा पुगेको तथ्याङ्कले देखाएको छ। गत वर्ष जापानमा ४७,००० भन्दा बढीको मृत्यु कोरोनाभाइरसको माहामारी कारण भएको थियो।
प्रजनन दर वा महिलाको जीवनकालमा जन्मेका बच्चाहरूको औसत संख्या १.२५६५ रहेको मन्त्रालयले जनाएको छ। यो २००५ मा जारी गरिएको तथ्यांकलाई आधार मान्दा देशको लागि आवश्यक स्थिर जनसंख्या कायम राख्न २.०७ हुनुपर्नेमा यो १.२६०१ ले न्यून रहेको बताइएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले देशको घट्दो जन्मदरलाई उच्च राख्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छन् र उच्च स्तरको ऋणको बाबजुद उनको सरकारले बाल हेरचाह र आमाबाबुलाई सहयोग गर्ने अन्य उपायहरूमा वार्षिक ३.५ ट्रिलियन येन ($ 25 बिलियन) खर्च गर्ने योजना बनाएका छन।
“२०३० को दशकमा युवा जनसङ्ख्या तीव्र रूपमा घट्न थाल्नेछ। त्यसबेलासम्मको अवधि घट्दो जन्मको प्रवृत्तिलाई उल्टाउने हाम्रो अन्तिम मौका हो,” उनले भने।
कोरोना महामारीले जापानको जनसांख्यिकीय चुनौतीहरू बढाएको छ । हालका वर्षहरूमा कम विवाहहरूले कम जन्ममा योगदान पुर्याएको छ र कोभिड-१९ को आंशिक रूपमा बढी मृत्युको लागि समेत जिम्मेवार भएको आँकलन गरिएको छ। पछिल्लो तथ्याङ्कले घट्दो जनसङ्ख्यालाई देखाउँछ जसले समाजको दिगोपनमा गम्भीर असर गर्छ।



