आर्थिक अभावमा उपचारमा समस्या झेली रहेकी मीनालाई घुम्टे युवा परिवार जापानले गर्यो ३ लाख बढि आर्थिक सहयोग

-


     जनहित न्युज    
     जेठ २४ गते २०८०


क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भै उपचारारत गलकोट नगरपालिका वार्ड नम्बर ७ की एक महिलालाई घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग प्रदान गरेको छ । 

आर्थिक अभावले उपचारमा समस्या झेलिरहेकी २५ वर्षीय मीना बिकलाई बुधबार एक कार्यक्रमको आयोजना गरि उनको परिवारलाई ३ लाख ३६ हजार ८१९ रुपैया रकम घुम्टे युवा परिवार जापानले उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो ।

निम्नमध्यम वर्गीय परिवारकी बिकको क्यान्सर कारण गम्भीर समस्या देखापरेपछि भक्तपुर अस्पतालमा लामों समयसम्म भर्ना गरेर उपचार गराउदा आर्थिक अभाव भै शाखालाई पिडित परिवार र वार्ड कार्यालयले आर्थिक सहयोगका लागि आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित सो रकम रकम बिरामीको श्रीमान विष्णु बिकलाई काठमाडौको निमन्त्रणा गेष्ट हाउसमा आयोजित रकम हस्तान्तरण कार्यक्रममार्फत प्रदान गरिएको अध्यक्ष दिनेश थापाले जानकारी दिए ।

“निजको पारिवारिक आर्थिक अवस्था निकै कमजोर हुनुको साथै उपचारको क्रममा लाखौ रुपैया खर्च भईसकेको र बाकी उपचारका लागि कुनै आय स्रोत नभएको हुदा उनको जीवन रक्षाको लागि वडाबाट अध्यक्ष ज्यूले समेत सिफारिस गर्नुभएको थियो।” अध्यक्ष थापाले भने-सोहि विषयलाई मनन गरि घुम्टे युवा परिवार जापानले आर्थिक संकलन अभियान संचालन गरि संकलित रकम हस्तान्तरण गरिएको हो। 

बिरामी बिकको काठमाडौमा उपचारका क्रममा रहदा निमन्त्रणा गेष्ट हाउसका संचालक नवराज गौतमले सम्पूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरेकोले निजकै संयोजन तथा शाखाका संरक्षक हर्क थापा, कार्यसमिति सदस्य दिपक चोखाल, निवर्तमान कार्यसमिति सदस्य लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको शाखाका सचिव तुलविर थापाले जानकारी दिए ।

सहयोग रकम ग्रहण गर्दै मिनाका श्रीमान विष्णुले आफू परदेशमा रहेर दुखजिलो गरिरहेको अवस्थामा श्रीमतिलाई प्राणघातक रोगले थला परेको र आफ्नो आर्थिक अवस्था कमजोर रहेको बेलासमाजका दाजुभाइ दिदीबहिनी सबैको साथले केहि राहत मिल्नु मिल्नुका साथै आत्मबल बढेको     समेत बताए ।

शाखाले संचालन गरेको अभियानमा झण्डै ११९ जना सहयोगी मनद्धारा सो सहयोग रकम संकलन भएको कोषाध्यक्ष बिष्णु थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?