राष्ट्रिय समाचार

बाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम सार्की

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन् । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । वीरभानले खुसी व्यक्ति गर्दै… पुरा पढौ

गीतबाट फिल्ममा हाम्फालेका प्रकाश सपुतको परीक्षाः फिल्म ‘परदेशी २’

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।  फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनले जानकारी दिए ।  फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गरायाे । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि… पुरा पढौ

अभिनेता अनमोल केसी हिरासतमा, आपराधिक विश्वासघातविरुद्धको मुद्दा

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । अनमोलविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।  उनले भने–‘आपराधिक विश्वासघात गरेर ठगेको कसुरमा उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका हौँ ।’ चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानका क्षेत्रीय समितिका अधिवेशन धमाधम हुँदै, अक्टोबरको पहिलो सातामै ३ वटा क्षेत्रीय समितिको अधिवेशन तय

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को महाअधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनहरूका मितिहरू तय भएका छन ।संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगतकै कार्यक्रम अनुसार ७ वटा क्षेत्रीय समिति रहेको मञ्चका गुन्मा तोचिगी, कान्तो, फुकुओका क्युस्यु, च्युबु मिए क्षेत्रीय समितिले आफ्नो अधिवेशनको मिति तय गरि आवश्यक सम्पूर्ण तयारी भैसकेको बताएका छन । गुन्मा क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोबर १ तारिख आइतबार हुने तय भएको संयोजक राकेश बिमलीले जानकारी दिए ।संयोजक बिमलीका अनुसार अधिवेशनमा जापान भ्रमणमा रहेका बागमती प्रदेश सभा सदस्य तथा… पुरा पढौ

दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकियो

काठमाडौं। दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकिएको छ। यात्रुले अग्रिम बुकिङ गरेकाले सस्तो टिकट सकिएको हो। कात्तिक पहिलो साताका लागि टिकटमा कम मूल्यको भाडादर नै उपलब्ध नरहेको व्यवसायीले जनाएका छन्। आन्तरिक उडान सेवा दिँदै आएका बुद्ध, यती, श्री, सौर्य लगायत विभिन्न वायुसेवा कम्पनीले दसैंका लागि धमाधम टिकटको अग्रिम बुकिङ सुरु भएको जनाएका छन्।  एटीआर-७२ सिरिजका १६ वटा जहाजमार्फत बुद्धले दैनिक ७६ वटा उडान गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि सस्तो टिकट सहजै पाउने अवस्था… पुरा पढौ

बागलुङ समाज जापान तेस्रो रनिङ कप आयोजना गर्दै

बागलुङ समाज जापानले तेश्रो पुरुष रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर १ तारिख बुधवारका दिनमा समाजले आफ्नो तेस्रो रनिङ कप पुरुष भलिवल प्रतियोगिता गर्ने भएको हो । टोकियो नजिकै रहेको साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा गर्न लागिएको तेस्रो रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको समाजका अध्यक्ष यमकान्त कँडेलले जानकारी दिए । सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको समाजले नेपालको राष्ट्रिय खेल भलिवलको प्रवासमा पनि प्रवर्द्धन र संरक्षण गर्दै जापानमा रहेका खेलाडीहरुलाई क्रियाशिल… पुरा पढौ

बोलीमा भन्दा काममा जोड दिने प्रतिबद्धतासहित एनआरएनए सचिबमा जापानका टंक गैरेले कतारबाट गरे औपचारिक घोषणा(भिडियोसहित)

नेतृत्वमा इमान्दारिता,निर्णयमा पारदर्शिता सक्षम,सबल र साझा एनआरएनए बनाउने योजनासहित एनआरएनए आइसीसीको सह- कोषाध्यक्ष रहेका टंकप्रसाद गैरेले आगामी कार्यकालको लागि सचिव पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माको औपचारिक उम्मेदवारी घोषणा सभा कार्यक्रममा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै कतारबाट गैरेले औपचारिक रूपमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने, प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गराई प्रवासमा बस्ने नेपालीहरूको साझा संस्थाको रूपमा विकास गराउने कार्यमा क्रियाशील रहने छु । शुभकामना मन्तव्यसहित… पुरा पढौ

हाम्रो टिमका कसैलाई पनि उप विजेता हुने छुट छैन भन्दै कतार पुगेर जापानका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले औपचारिक रूपमा घोषणा गरे एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी(भिडियोसहित)

संस्थागत विकास, युवा सहभागिता सक्षम गौरवशाली र सबैको अपनत्व भएको एनआरएनए बनाउने योजनासहित रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले औपचारिक रूपमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माको औपचारिक उम्मेदवारी घोषणा सभा कार्यक्रममा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै कतारबाट हालका उपाध्यक्ष समेत रहेका श्रेष्ठले औपचारिक रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । “एनआरएनएको आसन्न ११औं महाधिवेशन तथा विश्व सम्मेलनमा सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः उपाध्यक्ष पदमा आउँने निर्णय गरेको छु ।औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै भने-“विश्वभरिका नेपालीहरुको… पुरा पढौ

२४ महिना २४ बाचा सहित एनआरएनए अध्यक्षमा आरके शर्माले गरे औपचारिक उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेदवारी घोषणा संगै २४ बुँदे बाचापत्र सार्वजनिक गरेका छन। एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले २४ महिनामा २४ काम गर्ने बाचासहित भव्य समारोहकाविच वर्तमान उपाध्यक्ष शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा… पुरा पढौ

जापानमा रहेका विदेशी श्रमिकको समस्या सुन्न हट लाइनको व्यवस्था, केहि समस्या पर्यो नेपाली भाषामै कुरा गर्न ०१२०-५३१-४०८ कल गर्नुहोस

जापानमा रहेका विदेशी श्रमिकहरूलाई भाषा लगायतका सहयोग प्रदान गर्नका लागि लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालयले हट लाइनको व्यवस्था गरेको छ। कार्यालयले जापानमा रहेका विदेशी श्रमिकहरूलाई जापानी भाषाका लागि सहयोगका पुर्याउन लेवर स्ट्यान्डर्ड एडवाइस हट लाइनमा श्रम समस्या सम्बन्धि निःशुल्क परामर्शका टेलिफोन उपलब्ध हुने गराईएको निर्दिष्ट सामाजिक बिमा र श्रम परामर्शदाता काजुओ मियाओकाले एनआरएनए जापानसंगको भेटघाटका क्रममा बताएका हुन । एनआरएनए जापानका अध्यक्ष नविन निउरे, कोबायासी तेचुओसहितको मंगलबार भएको भेटघाटका क्रममा विदेशी नागरिकहरूलाई विशेषतः (नेपाली) लक्षित गरि एनआरएनएसंगको सहकार्यमा सहयोग… पुरा पढौ