खोलाले बगाउँदा जीप सहित जीपमा सवार तीन जना यात्रु बेपत्ता

-


     जनहित न्युज    
     असाेज १३ गते २०८०


पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

शनिवार साँझ बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रु वाहक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए ।

खोलामा आएको बाढीले बगाउँदा जीप सहित तीन जना यात्रु बेपत्ता भएको श्याम बोहोराले पनि बताए ।

भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी आएको बाढीको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले जिप बगाएको भुषालले बताएका छन् ।

खोलामा बाढी आएपछि चालकले ओत हाल्न खोज्दा गाडी बगाएको बताईन्छ । बेपत्ता हुने व्यक्तिहरुको परिचय खुल्न सकेको छैन । शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ता यात्रु र जीपको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?