राष्ट्रिय समाचार

‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा कार्यक्रम सम्पन्न, विद्यार्थीलाई ‘जापानी स्कूल ब्याग’ वितरण

काठमाडौँ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका विभिन्न पालिकामा रहेका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई जापानी स्कूल ब्याग वितरण गरेको छ । राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित औपचारिक कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको हो । एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो । विभिन्न पालिका मातहतका १२ विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्ने गरी प्राप्त कुल ५००… पुरा पढौ

नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने

नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावलीको अवसरमा नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित GREAT NATIONAL SOUTH COURT HOTEL को हलमा आयोजना गर्न लागिएको यस कार्यक्रममा पारिवारिक भेटघाट, शुभकामना आदान-प्रदानको साथमा सांगीतिक प्रस्तुति समेत रहने संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए। हाम्रा अभिभावक साथै हाम्रा साना नानी बाबु सहितको उपस्थिति रहने कार्यक्रममा दशैको सामाजिक र सांस्कृतिक महत्वको विषयमा समेत जानकारी गराउदै जन्मभूमिमा दशै तथा शुभ दीपावली… पुरा पढौ

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परि १० जना नेपालीको मृत्यु

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन्… पुरा पढौ

चेकजाँचमा झन्झटिलो प्रक्रिया हुने सामान नल्याउन मात्र भनेको विमानस्थल कार्यालयको स्पष्टोक्ति

काठमाडौं विमानस्थल कार्यालयले यसअघि सार्वजनिक भएको सूचना संशोधन गर्दै सम्भव भएसम्म चेकजाँचमा झन्झटिलो प्रक्रिया हुने सामान नल्याउन भनेको बताएको छ । एक सूचना प्रकाशित गर्दै भनेको छ, “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत् आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, हेयर ड्रयाएर, मिक्सर, पानी तान्ने मेसिन ल्याउन तथा पठाउन नपाउने होइन, उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भएसम्म नल्याउन भनिएको हो ।” यस्तो… पुरा पढौ

इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन भएका छन्-परराष्ट्रमन्त्री

रराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री साउदले १२ नेपाली सम्पर्कविहीन भएको बताएका हुन्। उनले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन… पुरा पढौ

नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा

नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा भएको ‘आतङ्कवादी आक्रमण’को आलोचनासहित नेपाल सरकार इजरायलको साथमा रहेको जनाएको छ ।  ‘नेपाल सरकार आज इजरायलमा भएको आतङ्कवादी आक्रमणको कडा निन्दा गर्दछ, जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै छौँ, वक्तव्यमा भनिएको छ ।  मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण… पुरा पढौ

दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’, नेपाली घरफिर्तीको लागि सरकारले कूटनीतिज्ञ पहल सुरु

काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए । उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीले बताए । उनका अनुसार ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।… पुरा पढौ

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन ।एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले नेपालको लागि पर्यटन प्रवर्द्धन गर्दै

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बार्सिलोनामा ‘नमस्ते बार्सिलोना- २०२३’ कार्यक्रम हुने भएको छ । २२ अक्टुबर आइतबारका दिन बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली साँस्कृतिक कार्यक्रम नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले गर्न लागेको हो । नेपालीहरुका ठूला पर्व दशैं, तिहार तथा छटको अवसरमा बार्सिलोना नगरपालिका, साँस्कृतिक विभागसंग सहकार्य गर्दै नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हुन् लागेको हो । आयोजक नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले दशैं तिहार तथा छटको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन होस् भनेर… पुरा पढौ

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो । विसं… पुरा पढौ