राष्ट्रिय समाचार

जापानले एयरलाइन्सलाई दैनिक उडान बुकिङको डाटा बुझाउन आग्रह

जापानलाई ओमिक्रोन कोरोनाभाइरस संक्रमणबाटलाई बाहिर राख्ने प्रयासलाई थप कडाइ गर्दै यातायात मन्त्रालयले सबै वायु सेवा निगमलाई हरेक दिन अन्तर्राष्ट्रिय उडानहरूको बुकिङ तथ्यांक अनिवार्य पेश गर्न भनेको छ ।सरकारले यस महिना विदेशबाट आउने यात्रुको संख्या दैनिक ५ हज़ारबाट घटाएर ३,५०० भित्र सिमित बनाएपछि जापान जाने प्रत्येक उडानको रिजर्भेसन संख्या सहित अद्यावधिक जानकारीको लागि अनुरोध गरिएको हो। केही समयअघिसम्म मन्त्रालयले अन्तर्रा्ष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई हप्तामा एकपटक यस्तो तथ्याङ्क बुझाउन भनेको थियो तर अब माघ ३१ गतेसम्म दैनिक रुपमा बुझाउन भनिएको… पुरा पढौ

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतपरिणामबाट कमल  थापालाई २२७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले एक हजार ८४४ मत ल्याएर वियजी हुदा कमल  थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन्। ४३१ मत बदर भएको छ।   लिङ्देनले मतगणनाकाे सुरूआतिदेखि नै अग्रता कामय गरेका थिए।   खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । कसले कति मत… पुरा पढौ

विश्वकै स्वादिष्ट ३५ खाना मध्ये मोमोपनि

विश्वका ३५ स्वादिष्ठ खाना मध्ये विश्व प्रसिद्द मेडिया सिएनएनले  मोमोपनि उल्लेख गरेको छ । मम (डम्पलिंग) लाई कसरी परिभाषित गर्ने भन्दै सिएनएनले उल्लेख गरेको छ ” यसको सबैभन्दा आधारभूत अर्थमा यो आटाको खल्ती हो जुन केहि प्रकारको स्वादिष्ट वा मीठो भराईले भरिएको हुन्छ ।” पकौडाहरू विश्वभरि लोकप्रिय खाना भएपनि ति दुवै सरल र जटिल, स्थानीय र विश्वव्यापी, अनुकूलन योग्य रहेको उल्लेख गरेको छ । तिनीहरू गाउँघर क्षेत्रमा सस्तो, स्वादिष्ट खाजाका रुपमा रहेको उल्लेख गरेको छ । मोमो उत्तरी भारतीय, नेपाली… पुरा पढौ

एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमति विना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको बताएका हुन् । उनले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था पनि नरहेको बताए… पुरा पढौ

हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।  सरकारको उक्त निर्णय आज बिहीबार राति १२ बजेबाट लागु हुनेछ। ओमिक्रोनको संक्रमण देखिएका हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय भएको हो। यी देश ट्रान्जिट बनाएर नेपाल आउनेलाई पनि रोक लगाइने भएको छ। यस्तै गएको तीन… पुरा पढौ

‘ओमिक्रोन’ बाट आत्तिने होइन सजग बनौँ

दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले यतिबेला विश्व सशंकित छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले स्वास्थ्य सतर्कता अपनाउन सुरु पनि गरिसके । तर, नेपालमा यसको जोखिम कत्तिको छ ? यसबाट जोगिन नेपालले के कस्ता पूर्व तयारी गर्नुपर्ला ? धेरैको जिज्ञासा छ । नयाँ भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन आएको छ । यो चिन्ताको विषय हो । अहिलेसम्म बनेका कोभिड खोप स्पाइक प्रोटिनलाई लक्षित गरी बनेका छन् । धेरै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले खोपबाट बनेको एन्टिबडी… पुरा पढौ

सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको ‘कस्तो होला…’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको नयाँ गजल कस्तो होला को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा शिशिर भण्डारी, सबिना गहतराज र शयनम अधिकारीको अभिनय छ । गीतमा कोरियोग्राफी शयनम अधिकारीले गरेका छन् भने छाँयांकन र सम्पादन पवन सुस्लिङको छ । दिनेश गौतमको स्वरमा रहेको यो गजलमा संगीत पुस्तक प्रसादको छ । संगीत संयोजन एसके बच्चाको रहेको छ । भिडियो दिपश्री क्रियटिभ मिडिया युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतकार लामिछाने अहिले जापानमा छन्… पुरा पढौ

नेपाल सरकारविरुद्ध एनआरएनएद्वारा दायर मुद्दा फिर्ता लिन माग (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ -- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरुको दोश्रो विश्व भेलाले नेपाल सरकारविरुद्ध मुद्दा हाल्ने केन्द्रको कार्य दुर्भाग्यपूर्ण भन्दै फिर्ता लिन आव्हान गरेको छ । भेलाले संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स) हरु सम्बन्धी विवाद सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको ठहर पनि गरेको छ । 'यस्तो कार्यले संस्थाभित्र विवाद बढ्दै जानुका साथै अन्ततः संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ', भर्चुअल भेलाको निष्कर्ष छ, 'त्यसैले… पुरा पढौ

अभिनेत्री करिश्मा र गायिका रचना पास भए

काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर र गायिका रचना रिमाल कक्षा १२ उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजामा मानन्धर २.४१ जिपिए र रिमाल ३.४४ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्। गत भदौ-असोजमा परीक्षा भएको थियो। मानन्धरले गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी थिइन्। करिष्मा राजनीतिमा सक्रिय भएपछि रोकिएको आफ्नो पढाई पुन सुरु गरेकी थिइन्। उनी अब पढाइलाई निरन्तरता दिने पक्षमा छिन्। उनी ग्रामीण विकास विषय लिएर स्नातक पढ्ने तयारीमा छिन्। पछिल्लो समय निकै व्यस्त गायिका रिमालले झापाको भद्रपुरस्थित प्रज्ञा… पुरा पढौ

जापान आउने आगन्तुकका लागि अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ बुकिंग स्थगित

कोभिड-१९ को नयाँ कोरोना भाइरसको भेरियन्ट "ओमिक्रोन स्ट्रेन" को फैलावटलाई रोकथाम गर्नका लागि जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले डिसेम्बरको अन्त्यमा आउने सबै अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ रिजर्भेसनहरू स्थगित गर्न आग्रह गरेको छ ।कोरोना भाइरसको भेरियन्ट "ओमिक्रोन स्ट्रेन" लाई फैलिन नदिनका लागि "आकस्मिक निकासी सावधानी उपाय" अन्तर्गत डिसेम्बर अन्त्यमा जापान आउने अन्तर्राष्ट्रिय उडानका लागि सबै नयाँ रिजर्भेसन स्थगित गर्न एयरलाइन्सहरूलाई अनुरोध गरेको छ।नयाँ कोरोनाको नयाँ म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ को सङ्क्रमण फैलिँदै गएपछि सरकारले विदेशीको नयाँ आगन्तुकलाई सैद्धान्तिक रूपमा रोक्दै… पुरा पढौ