राष्ट्रिय समाचार

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरमा सहमति(सूचीसहित)

सत्तारुढ पाँच दलले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयलाई टुंगो लगाएका छन् । बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नेपाली कांग्रेसलाई तीन महानगरमा मेयर, तीन महानगरमा उपमेयर तथा सात उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ । माओवादी केन्द्रलाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा दुई उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ । नेकपा एकीकृत समाजवादी एक महानगरमा मेयर, एक महानगरमा… पुरा पढौ

सी अफ जापानको तटमा ३ मिटर लामो दुर्लभ स्क्विड फेला

लगभग ३ मिटर लामो विशाल स्क्विड समुद्र तटमा अप्रिल बुधबार फसेको अवस्थामा फेला परेको छ ।बिहान करिब १० बजे नजिकैका ओबामा, फुकुई प्रिफेक्चरको उगु समुद्र तटका बासिन्दाले समुन्द्री किनारमा रहेको स्क्विडलाई देखेपछि ओबामा नगरपालिका सरकारका अधिकारीलाई जानकारी गराइएपछि सो स्क्विडको उद्धार गरिएको बताईएको छ । स्थानीय अधिकारीहरूले स्क्विड यसरी फेला पारिएको दुर्लभ घटना भएको बताऊदै समुद्रको तटमा यो अझै जीवितै रहेको जनाएका छन।गहिरो समुद्रको जीवलाई साकाईको प्रान्तीय शहरको इचिजेन मात्सुशिमा एक्वैरियममा फिर्ता लगिनेछ । विकलिपिडियाका अनुसार समुद्री जीव स्क्विड एक… पुरा पढौ

जापान सरकारले कम आय भएका परिवारका बालबालिकालाई फेरि ५० हजार दिने !

जापान सरकारले बढ्दो मूल्यको सामना गर्न आपतकालीन सहयोग उपायहरू आवश्यक भएको ठानेपछि कम आय भएका परिवारका प्रति बालबालिका ५० हजार येन (लगभग $३९०) दिने योजना बनाएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले आवश्यकता र समस्यामा परेका परिवारहरूका बालबालिकाहरूलाई आपतकालिन उपायहरूको एक क्षेत्रको रूपमा समर्थन गर्दै र अप्रिलको अन्त्यसम्ममा सो विशेष सहयोग प्राप्त गर्नेहरूको पहिचान र योग्यता निर्धारण गरि अन्तिम रूप दिन सम्बन्धित निकायलाई आदेश दिएका छन ।सरकारले आर्थिक वर्ष २०२० मा दुई पटक र आर्थिक वर्ष २०२१ मा एक पटक कोरोना महामारीबाट… पुरा पढौ

पछिल्लो समय लोकप्रिय सामाजिक संजाल ‘टिकटक’ घातक बन्दै 

पुनरावेदन अदालतले जनवरी २०२१ मा माहदा अधामलाई जेल पठाउन गरिएको निर्णयलाई उल्ट्याएको छ। उनकै अर्की साथी होसामलाई पनि निर्दोष साबित गरेको छ। अधाममाथि मानव बेचबिखनको गम्भीर अभियोग लगाइएको थियो। उनीहरूमाथि केही लाभका लागि केटीलाई इजिप्टको मूल्य र मान्यताको विरुद्धमा प्रयोग गरेको आरोप लगाइएको थियो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो।… पुरा पढौ

प्रतिगामीको केन्द्र ओली

काठमाडौं । केपी ओलीले नेतृत्व गरेको नेकपा (एमाले) झन् पछि झन् प्रतिगामी, सिद्दान्तहीन र मौकावादी असफल राजनीतिक यात्रामा लम्किएको छ । आफूले हठात थोपरेको प्रतिगमनलाई परास्त गर्न बाध्यतामा बनेको वर्तमान सरकार गठबन्धनलाई स्वार्थहरूको अप्राकृतिक गठजोड भन्ने ओली आफैं भने स्थानीय चुनावमा शर्मनाक हार्ने भयले इतिहासले त्याज्य ठहराएका कुँडाकर्कटहरूलाई च्याप्दै हिंडेका छन् । सरकार गठबन्धनका पाँचदलले स्थानीय चुनावमा तालमेल, सहकार्य र मित्रवत प्रतिस्पर्धाको केन्द्रीय र स्थानीय खाका बनाउँदै गर्दा एमालेमा भने त्यसले घनघोर आतंक निर्माण गरेको छ । त्यही आतंकको प्रतिफल हो– अध्यक्ष… पुरा पढौ

गठबन्धन बैठक : महानगर भागबण्डामा सहमति, उपमहानगरको छलफल जारी 

सत्तारुढ गठबन्धनमा महानगरपालिकामा भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको हो । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी… पुरा पढौ

गलकोट स्पोर्टस् क्लव टोकियो जापानको भलिबल प्रतियोगिता सम्पन्न,गलकोट समाज बन्यो च्याम्पिएन

गलकोट स्पोर्टस् क्लव टोकियो जापानले क्लवको आठौ वार्षिकोत्सव तथा नेपाली नया वर्ष २०७९ को अबसरमा आयोजना गरेको सातौ सिल्वर कप रनिङ्कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सोमवार टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center
1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा सम्पन्न प्रतियोगितामा प्रथम स्थान प्राप्त गल्कोट समाज जापानले तीन लाख दश हजार येन नगद सहित मेडल,प्रमाण पत्र र सिल्वर कप प्राप्त गरेको थियो भने उप विजेता तल्लो लमाइ समाज जापानले दुई लाख दश हजार येन नगद सहित प्रमाण पत्र मेडल र… पुरा पढौ

सल्लाहकार, मानार्थ सदस्य, विभागीय टिम, विज्ञ समूह मनोनीत गर्दै एनआरएनए जापानले भन्यो- एनआरएनए सबैको साझा संस्था बनाउन चाहन्छौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन भएको करिब १० महिना पछि सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति सदस्य विभिन्न विभाग तथा विशेष समिति गठन गरेको छ ।राष्ट्रिय समन्वय परिषद जापानको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्ति व्यक्तित्वहरू सम्मिलित ६५ जनालाई सल्लाहकारमा र ६३ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।मार्चको ९ तारिक बसेको बैठकका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गर्दै १९ वटा विभिन्न विभाग… पुरा पढौ

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्न समिति गठन गरिएको भन्दै सरकारको निर्णय खारेजीको मागसहित गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन… पुरा पढौ

कोन्ज्योसोम नामै काफी छ (रिपोर्ट)

उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ । ललितपुर जिल्लामा बसोबास गर्नेलाइ नै पनि यो नाम अनौठो लाग्न सक्छ । ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती र कोन्ज्योसोम)मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो । कुनै बेला उपत्यकाको ‘कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ कोन्ज्योसोम । साविक नल्लु, भारदेउ, चौघरे, शंखु र दलचौकी गाविसको चौहद्धि मिलाएर बनेको कोन्ज्योसोमको अर्को राजनैतिक परिचय… पुरा पढौ