राष्ट्रिय समाचार

एसईई आजबाट सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी ,जापानबाट २० जना

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।  विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो। यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई… पुरा पढौ

संसद विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा स्थापित छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै शक्ति मिलेर एमालेलाई घेराबन्दी गरी सिध्याउने प्रयास भएपनि त्यो सफल नहुने बताएका छन् । बिहीबार एमालेको सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफूहरूलाई सक्न खोजे पनि त्यो सफल नहुने बताएका हुन् । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन दाबी गरे । उनले भने, ‘अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ। तर हामीले परिणाम राम्रो ल्याएका थियौँ। उति बेला तराईमा हामीलाई प्रवेशै दिइएको थिएन। अहिले तराईमा एमाले सबैभन्दा… पुरा पढौ

रोहित तिवारीसँग केकी अधिकारीको विवाह

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । बिहीबार केकीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । तिवारी ’हाम्रो बजार डटकम’ का सीईओ हुन् । सामाजिक संजाल फेसबुकमा विवाहको फोटो सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन… पुरा पढौ

‘कोभिड विरुद्धको खोपले महिनावारीमा पार्ने असर दीर्घकालीन हुँदैन’

कोभिडविरुद्धको खोप लगाएपछि कतिपय महिलाहरूमा महिनावारी अनियमित भएको पाइएको छ । कुनै पनि खोपले रोग प्रतिरोधी क्षमता र हार्मोनमा असर पार्ने भएकोले खोपपछि महिनावारीमा केही फेरबदल हुनु सामान्य रहेको चिकित्सक बताउँछन् । कोभिड र खोपका कारण महिलाहरूमा चिन्ता र तनाव बढेको र जसको प्रभाव महिनावारीमा परेको हुन सक्ने चिकित्सकको भनाइ छ । तर, महिनावारी अनियमित हुने समस्याले भविष्यमा क्यान्सर हुने हो कि भन्ने चिन्ता महिलाहरू छ । महिनावारी गडबड हुने कारण र यसबाट निम्तन सक्ने समस्याका बारेमा स्त्रीरोग विशेषज्ञ डा.… पुरा पढौ

तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान 

काठमाडौँ– नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले बिहीबार गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्व रेकर्ड प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ‘गिनिज बुक अफ वर्ल्डले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको हो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकोमा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताए… पुरा पढौ

जापानमा पनि युक्रेन युद्धको ‘साइड इफेक्ट’ रुसविरुद्ध आक्रामक बन्दा संकटमा जापान– कुरिल टापुसमूहमा तनाव चर्किने संकेत

रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ ।  अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) मात्र जापानले रुसलाई व्यापारमा दिँदै आएको ‘उच्च प्राथमिकताको मुलुक’ को हैसियत खारेज गरिएको घोषणा गरेको छ । रुसले युक्रेनमा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लगाउँदै जापानले विभिन्न प्रतिबन्ध लगाउने क्रममा मोस्ट फेवर्ड नेसनको हैसियत समेत खोसेको हो । अब रुसबाट जापान आउने सबै वस्तुमा उच्च आयातशुल्क लगाइनेछ ।  त्यसअघि जापानका प्रधानमन्त्री… पुरा पढौ

आइलाग्नेमाथि जाइलाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

कैलाली, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताउनु भएको छ। कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनु पर्छ। अब लाग्न त ०७९ साल नै लागिसक्यो। तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ।’ उहाँले अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताउनु भयो। देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने… पुरा पढौ

माओवादी पहिचान : विकास र समृद्धि हेर्न रोल्पा जाम

रोल्पा नाम जत्तिकै रापिलो छ यसको पहिचान । १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पा अहिले पनि माओवादी पहिचान कायम गराउन सफल छ । रोल्पाले माओवादीको साख राख्न सकेको छ भन्दा अत्युक्ति नहोला । माओवादी साख कायम हुनुमा रोल्पामा माओवादीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरु नै हुन् । जसले माओवादीले उठाएका एजेण्डालाई सार्थकता दिने अधिकतम प्रयास गरेका छन् । त्यसैमध्येको जिल्लाको एक मात्र नगरपालिका हो- रोल्पा नगरपालिका ।०७४ को स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकामा १० वटा वडामध्ये ९ वटा… पुरा पढौ

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास-विशेष रिपोर्ट

काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्।  नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ।  अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सामाजिक र आर्थिक रुपमा कलङ्कको रुपमा लोडसेडिङ अन्त्य भयो। प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्रीका रुपमा जनार्दन शर्माले खेल्नुभएको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण परिघटनाको रुपमा स्थापित छ।  यस्तै, अघिल्लो… पुरा पढौ

शुक्रबारदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा, जापानको केन्द्रबाट २० जना विद्यार्थीले परीक्षा दिदै

भक्तपुर । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्… पुरा पढौ