राष्ट्रिय समाचार

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए। टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू… पुरा पढौ

होक्काइडो पानी जहाज़ दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि, १६ अझै बेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेताको प्रायद्वीपको तटमा हराएको दोस्रो दिन १० जनाको शव फेला परेका छन ।फेला परेका शव मध्य सात पुरुष र तीन महिलाको मृत्यु भएको पुष्टि गरेको छ भने जहाजमा सवार अन्य १६ जनाको अवस्था भने अज्ञात रहेको छ । अधिकारीहरूका अनुसार फेला परेका शवहरू समुद्रको किनारमा रहेका चट्टानहरूमा पसेका अवस्थामा फेला परेका थिए ।काजु १ नामक जहाजले दिउसो १:१३ बजे ओतारु होक्काइडोमा रहेको पहिलो क्षेत्रीय तटरक्षक मुख्यालयमा जहाजको… पुरा पढौ

काँग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गरे ।  घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको… पुरा पढौ

स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता

काठमाडौँ – यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पर्सि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता… पुरा पढौ

होक्काइडोको शिरेटो प्रायद्वीपको तटमा हराएको पर्यटकीय डुङ्गाबाट ७ जनाको उद्धार, अन्य अझै वेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेटोको प्रायद्वीपको तटमा हराएको अर्कों दिन सवारमा रहेका सात जना यात्रु फेला परेका छन ।ती सबैलाई बेहोस अवस्थामा अस्पताल लगिएको छ । र अन्यको अवस्था अझैसम्म पनि अज्ञात रहेको जापान कोस्ट गार्डले जनाएको छ । कोस्ट गार्डका अधिकारीहरूले बताए अनुसार "KAZU I" नामक पानी जहाज़ ले तटरक्षकलाई शनिबार दिउँसो १:१५ बजे पानीमा डुबेको जानकारी गराएको र त्यसपछि सम्पर्क गुमाउनु अघि अपराह्न ३ बजेतिर जहाजले पानीमा लिइरहेको र… पुरा पढौ

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् । ललितपुरको… पुरा पढौ

निर्वाचन र स्थानीय मिडिया

नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ । यसरी नेपालमा निर्वाचनको इतिहास स्थानीय निर्वाचनबाटै प्रारम्भ भयो । देशकै पहिलो अर्थात् वि.सं. २००४ को निर्वाचनको समयमा देशमा प्रेस स्वतन्त्रता नरहेको र तत्कालीन जहानियाँ राणा शासनको प्रकृति नै अलोकतान्त्रिक/अप्रजातान्त्रिक रहेकाले मिडियाको भूमिका नगन्यजस्तै थियो । गोरखापत्रमा निर्वाचनबारे… पुरा पढौ

मनमोहक पोखराबारे स्वरूपले गाएको गीत सार्वजनिक (भिडियो)

प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लोभ्याउने गर्छ। प्रकृतिको मनोरम उपहार पोखरा नगरी साँच्चिकै मनमोहक छ। नेपालका विभिन्न स्थानबाट घुम्नेहरुको प्रमुख रोजाइमा पर्ने पोखरा नेपाल भ्रमणका लागि आउने विदेशीका लागि पनि आकर्षणको केन्द्र हो। पोखराको सौन्दर्यबाट मोहित भएर धेरैले साहित्य सिर्जना गरेका छन्। अनेकौं गीतका शब्दमा पोखरा जोडिएको हुन्छ। त्यही सिलसिलामा पछिल्लो पटक आएको छ नयाँ गीत ‘मनमोहक पोखरा’। हाल जापानमा रहेका पोखरेली सर्जक दीपेन्द्र अधिकारीले पोखराको सौन्दर्यलाई शब्दमा उतारेका छन्। ‘पोखराको मान्छे एकपटक टाढा गएर फर्किंदा बल्ल… पुरा पढौ

जुम्लामा आगलागी: एकैघरका तीनसहित चार बालबालिकाको मृत्यु

जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो। आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृत्यु भएको हो। यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका… पुरा पढौ

भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा,भरतपुर देशकै गौरव गर्न र हेर्न लायक सुन्दर शहरको रुपमा विकसित भएको दाबी

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर सिट नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो । यसै बिच मेयर दाहालले पाँच वार्षिक अवधिमा भरतपुर देशकै गौरव गर्न लायक र देशकै हेर्न… पुरा पढौ