अन्तर्राष्ट्रिय

अल बिदा आबे सान ! आबेले कल्पना गरेका मुद्दा पुनर्जिवित गराउने प्रधानमन्त्री किशिदाको प्रतिबद्धता

मंगलबार पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि गरिएको छ । गत हप्ता भएको हत्याले राष्ट्रसहित विश्वलाई नै स्तब्ध बनाएको छ र जापानको रक्षा संयन्त्रलाई माझबुत बनाउने जस्ता आफ्ना प्रमुख नीतिहरूमा नयाँ शिराबाट सोच्न बाध्य पारेको छ । कुशल राजनीतिज्ञ जसले २०२० मा समाप्त भएको आफ्नो लामो कार्यकालको कीर्तिमानीले देशको अर्थतन्त्र र यसको कूटनीतिक स्वरूपलाई आकार दिएका थिए । किशिदाले सोमबार एक पत्रकार सम्मेलनमा भने- "पूर्व प्रधानमन्त्री आबेले जुन विषयलाई लिएर भावुक थिए, त्यसलाई कार्यान्वयन गर्न सकेनन्, म ती मुद्दाहरू उठाउनेछु।" त्यसमा… पुरा पढौ

मृतक आबेको शव टोकियोस्थित घरमा, अन्तिम संस्कार मंगलबार 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ। दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो। शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए। श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ। यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ। हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त… पुरा पढौ

जापान, सिन्जो आबे र उनको हत्या

जहाँ न रात ,न दिन जतिखेर पनि बिना डर र हिचकिचाहट हिडडुल गर्न र काम गर्न सकिने देश जापान , जहाँ महिला ,बालबालिका पनि निर्धक्क एक्लै हिडडुल गर्न सक्ने देश जापान , जहाँ के स्वदेशी के बिदेशी सबैलाई समान ब्यबहार र एउटै कानून लागूहुने देश जापान , जहाँ हातहतियार र बिस्फोटक पदार्थमाथि पूर्ण प्रतिबन्ध भएको देश जापान , जहाँ श्रम र श्रमिकको सम्मान गर्ने बलियो श्रम कानून भएको देश जापान , जहाँ कसैले कसैलाई कुनै प्रकारले पनि दखल पुर्याउन नपाउने… पुरा पढौ

हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको दृष्य सामाजिक सञ्जालमार्फत राखेंमा आफ़्नो एकाउण्ट समेत बन्द हुने

सामाजिक संजाल मेटा (फेसबुक) टिकटक तथा ट्विटरले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याका देखाइएका दृश्य हटाएको छ । साथै कसैले त्यस्ता दृश्य राखेमा उसको खातासम्म निलम्बन गरिने जनाएको छ ।शुक्रबार आबेको हत्या पछि सामाजिक सञ्जालहरूमा हृदयविदारक देखिने गरि हत्याको भिडियो फ़ुटेज र तस्विर लगायतका सामग्रीहरु राखी जनमानसलाई अत्याएको कारण त्यस्ता दृश्य हटाईएको बताएका छन ।नारा सिटी बस्ने ४१ वर्षीय तेत्सुया यामागामीले घरमा बनाईएको बन्दुकको प्रयोग गरि पूर्वप्रधानमन्त्री आबेलाई पछाडीबाट आक्रमण गरेका धेरै भिडियोहरू सामाजिक सञ्जालमा प्रसारित भएका थिए। केहीले आक्रमण… पुरा पढौ

शिन्जो आबे: जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कट्टर राष्ट्रवादी नेता 

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी भएको हमलामा मृत्यु भएको छ। उनी ६७ वर्षका थिए। एउटा निर्वाचन अभियानमा सहभागी भएका बेला उनीमाथि गोली प्रहार भएको थियो।  जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका शिन्जो आबे आफ्नो कट्टर नीति तथा 'आबेनोमिक्स' सङ्ज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहे। सन् २०२० मा उनले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए।  यसअघि पहिलो कार्यकालमा आन्द्रासँग सम्बन्धित रोग देखिएपछि राजीनामा दिएका उनले सन् २०२० मा आफूलाई अल्सरको गम्भीर समस्या देखिएको बताएका थिए।… पुरा पढौ

विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे? 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनको हत्याप्रति विश्वले निन्दा गरेको छ। पूर्वप्रधानमन्त्री आबेमाथि चुनावी प्रचारमा सहभागी हुँदै गर्दा गोली प्रहार भएको थियो। जापान जहाँ 'गन भायलेन्स' र 'पोलिटिकल भ्यालेन्स'का घटना दुर्लभ जस्तै हुन्छन्, त्यहाँ पूर्वप्रधानमन्त्रीको नै गोली प्रहार गरी हत्या भएको छ। विश्वका नेताहरुको यस्तो प्रतिक्रिया जापानी प्रधानमन्त्री फुमियो किशिदाले घटनालाई निन्दनीय र बर्बर कार्यको रुपमा टिप्पणी गरेका छन्। उनले घटनालाई प्रजातन्त्रमाथिकै आक्रमणको संज्ञा दिएका छन्। यता, ह्वाइट हाउसले घटनाको निन्दा गर्दै घटनालाई नजिकबाट नियालिरहेको र आबेका परिवार… पुरा पढौ

बन्दुकधारीको गोली आक्रमणमा परेका जापानका पूर्व प्रधानमन्त्री आबेको उपचारका क्रममा मृत्यु 

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका ६७ वर्षीय शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा स्टम्प भाषण गर्ने क्रममा एक बन्दुकधारीको गोली आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।एलडीपी स्रोतका अनुसार गोली प्रहारपछि नारा मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरि कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा थिए।‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा उपाचारारत रहेका पूर्व प्रधानमन्त्री आबेको केहि समय अघि निधन भएको हो ।आबे किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै जुलाई १० हुन लागेको उपल्लो सदनको चुनावमा उम्मेदवारको लागि भाषण दिइरहेका बेला उनीमाथि बिहान ११:२५… पुरा पढौ

जापानी प्रधानमन्त्रीसहित एसियाली नेताहरूले आबे माथि भएको आक्रमणको कड़ा शब्दमा निन्दासहित स्वास्थ्यलाभको लागि गरे प्रार्थना

प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको सडकमा स्टम्प भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।जापानी जनता र विश्व नेताहरूले हत्याको प्रयासमा शोक व्यक्त गर्दै जापानमा भएको एक अत्यन्त दुर्लभ आक्रमण जसको राजनीतिक दलहरूले निन्दा गरेका छन ।जनतालाइ आफ़्नो भावनालाई नियन्त्रणमा राख्न आग्रह गर्दै किशिदाले ६७ वर्षीय आबे गम्भीर अवस्थामा रहेको बताए । आइतवारको माथिल्लो सदन चुनावको प्रचारका क्रममा उनीमाथि भएको आक्रमणलाई जापानको लोकतन्त्रका लागि अस्वीकार्य आक्रमण… पुरा पढौ

चुनावी अभियानको क्रममा बन्दुकधारीको आक्रमणमा परेका जापानका पूर्व प्रधानमन्त्री आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा,

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका शिन्जो आबेमाथि शुक्रबार संसदीय चुनावको प्रचारका क्रममा गोली प्रहारपछि ‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा रहेका छन । आज बिहान करिब ११ः३० बजे नारा शहरको यामातो–सैदाइजी स्टेसननजिकै भाषण दिइरहेका पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट एक व्यक्तिले गोली हानेर उपचारका लागि उनको हेलिकोप्टरबाट काशिहरा सिटीस्थित मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ । फायर डिपार्टमेन्टका अनुसार पूर्व प्रधानमन्त्री आबेको घाँटीको दाहिने छेउको घाउबाट र बायाँ छातीमा सबकुटेनियस भै रगत बगेको छ र उनी अहिले कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेका छन ।… पुरा पढौ

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, आक्रमणकारी पक्राउ

पूर्व प्रधानमन्त्री शिन्जो आबे शुक्रबार बिहान पश्चिमी जापानको सडकमा भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले आक्रमण गरेपछि बेहोस भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।आइतबार हुने निर्वाचनको प्रचारप्रसारका क्रममा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको चुनावी अभियानको लागि बिहान ११:३० बजे भाषण दिने क्रममा पूर्व जापानी प्रधानमन्त्री आबे पश्चिमी सहर नाराको शहरको यामातोसैदाइजी स्टेशन नजिकैको सडकमा पछाडिबाट गोली प्रहार भएको हो । गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको नारा प्रान्त प्रहरीले जनाएको छ ।आबे स्टेशनको उत्तर पट्टीबाट उभिएर… पुरा पढौ