विचार

जीवन र भारी, भारी र लोर्के दाइ

सबैले माया गरेर बोलाए पनि, गाली गरेर बोलाए पनि एउटै नाम हो “लोर्के” । लोर्के दाइ गल्कोटको जिउँदो ईतिहास हो । कसका भारी बोकेनन् होला र लोर्के दाइले गल्कोटमा ।सायदै मान्छे पाईदैन होला लोर्के दाइले सेवा नगरेको ।उनको अर्को बिशेषता हो नरिसाउनु । उनी कहिल्यै कसैसंग रिसाउन जानेनन् ।मान्छेमा रिश ,ईर्श्या र हाँसो जन्म जात गुण हुन् तर यी लोर्के दाइमा सँधै खिस्स हास्ने हाँसो बाहेक अरू कसैले भेटेन होला । उनी अहिले पनि उस्तै स्वभावका छन् ।उमेरले ८० बसन्त… पुरा पढौ

नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

१०४ वर्षीय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यसघरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस घरको पुरुष राणाको भरिया बन्नुपर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधन बनाइने र विभिन्न प्रकारका यातना दिने गरिन्थ्यो । प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्य भयो ।… पुरा पढौ

यति, प्रेमप्रसाद र रवि, अनि मेरो देश र विद्यमान् कानूनका खेलाडी

समाजमा घटेका हरेक कुरामा चिन्ता र चासो राख्दै गर्दा पनि कहिले -काहि केहि नबोली,केहि नलेखि बसौ जस्तो लाग्ने रहेछ। जति लेखे पनि ,जति बोलेपनि केहि नहुने रहेछ भन्ने लागेर धेरै भयो सामाजिक संजालमा सबैका कुराहरू पढ्दै गर्दा पनि आफ्ना भावनाहरू व्यक्त गर्न उपयुक्त ठानिरहेको थिईन।यति एअरलाईन्सको जहाज दुर्घटना,प्रेम प्रसाद आचार्यको आत्मदाह अनि गृहमन्त्री रबि लामिछानेको नागरिकता प्रकरण। यि तिनवटै घटनाहरूमा निष्कर्ष निकाल्दा हाम्रो राष्ट्र नेपाल आफ्ना नागरिकहरूप्रति कति असंवेदनशिल छ,कति अनुत्तरदायी छ,कति लापरवाह छ भन्ने प्रष्ट हुन्छ। हाम्रो राष्ट्र सिस्टममा… पुरा पढौ

किन र कसरी पुग्यो नेपाली कांग्रेस प्रतिपक्ष बेन्चमा ?

नेपाली कांग्रेस नेतृत्वले पौष १० गते आइतवार दिउसो एक बजेसम्म पनि गठबन्धनको प्रमुख सहयात्री माओवादीलाई प्रम छोड्न मानेन। उसले ८९ सीट ल्याएको पार्टी कांग्रेसको प्रम र राष्ट्रपति दुबै हुनुपर्छ भन्ने अडान कायम राख्यो। "साथीहरु मानेनन" भनेर शेर बहादुर देउवाले सत्ताको गोटी आफुसंगै राख्ने चाल चले । यस अघिको चुनावमा प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको कांग्रेसलाई सत्तामा पुराउने माओवादी नै थियो भन्ने हेक्का समेत राख्न सकेनन । सायद कांग्रेसको रणनीति थियो - समय घटेट्दै लैजाने र राष्ट्रपतिले दिएको आइतवार पॉच बजेसम्मको… पुरा पढौ

हलचलको राजनीति, ‘राम–राम रामचन्द्र’

नेपालमा सबैभन्दा बढि हलचल आउने विषय राजनीति हो । पछिल्ला समय नेपाली राजनीतिका कुशल खेलाडिको राजनैतिक भविश्यमै हलचल मच्चिएको छ । २० वर्षसम्म टिक्ने उद्घोष गदैं नेपालको राजनीतिलाई फरक मोडमा पुर्‍याएका दलहरुले २०७९ माघ १० गते २ बर्ष नपुग्दै २० बर्ष पुरा गरे भन्दा फरक नपर्ला । मसिंर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणामले राजनैतिक दलहरुको आफूले गरेको राजनीतिनै हलचलमा रहेको संकेत पाए । त्यस लगतै राजनीतिमा हलचल मच्चियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी… पुरा पढौ

प्रवासमा नेपाली पत्रकारिता : निजी स्वार्थमा ढल्पलाइरहेको त छैन ?

सन् २००३ मा नेपालीहरुको साझा संगठनको रुपमा एनआरएनएले औपचारिकता पायो। अर्थात संसारभरि छरिएर रहेका नेपालीहरुको व्यापारिक तथा सामाजिक हितलाई ध्यानमा राखेर उपेन्द्र महतो, देवमान हिराचन, श्याम कार्की, भिम उदास, राम थापा, जीवा लामिछानेलगायतको पहलमा एनआरएनएले सांगठानिक आकार लियो। यसलाई नेपाली डायस्पोरामा भएको साझा संगठन भनियो। खयर, यो संस्थालाई साझा वा छाता संगठन मान्ने सवालमा कसैको फरक मत नहोला भन्न सकिन्न। तर डायस्पोरामा नेपाली पत्रकारिताको इतिहास त्योभन्दा लामो छ। प्रवासमा नेजा, इन्जा, सोभियत कालिन रसियन नेपाली सेवा, बीबीसी नेपाली सेवा, भारतबाट… पुरा पढौ

रवि लामिछानेको नागरिकता र हामी प्रवासी

रबिको नागरिकता र प्रवासी नेपालीको बाध्यताका विषयमा केहि कुरा लेख्न मन लाग्यो ।यस्तो लेख्नु पर्दा राज्य प्रति आक्रोश र स्वयमप्रति अलिकति लज्जाबोध पनि भयो । उनी किन विदेश गए ,किन त्यहाँ बसे , किन देश फर्के ,देश फर्केर के के काम गरे त्यो बिषयमा एकछिन प्रवेश नगरौं । हामी प्रवासी नेपालीहरू आफ्नो देशमा रोजी रोटीको राम्रो ब्यबस्था नभएको कारण लाखौं लाखको संख्यामा आफ्नो देश छोड्न बाध्य छौं ।त्यही बाध्यतालाई सहज रूप दिनका लागि तत् तत् देशमा रहने जो कोहीले पनि… पुरा पढौ

नेपालको राजनीति र वैदेशिक रोजगार

नेपालको तथ्यपरक राजनीतिक इतिहासको खोजी गर्दै जाँदा १२ औँ शताब्दीसम्म पुग्न सकिन्छ । प्राचीन समयमा नेपाल विशाल भूभागमा फैलिएको राज्य थियो । यही राज्य लिच्छिवी वंशको शासनकालपछि विक्रमको बाह्रौँ शताब्दीको पूर्वाद्र्धमा टुक्रिएर ‘खस राज्य’, ‘सिम्रौनगढ’ र ‘नेपाल मण्डल’ गरी तीन राज्यमा विभाजन भयो । नेपालको पश्चिमी कर्णाली क्षेत्रमा नागराजले ‘खस राज्य’, दक्षिण पूर्वमा नान्यदेवले ‘सिमरौनगढ’ र नेपाल खाल्डोमा मल्लहरूको ‘नेपाल मण्डल’ गरी तीनवटा शक्तिशाली राज्य खडा भएको इतिहास पढ्न पाइन्छ । यिनै राज्यहरू पनि टुक्रिँदै बाइसे र चौबीसे हुँदै आपसमा… पुरा पढौ

…त्यसैले सम्बन्ध जोड्न अहिल्यै हतार नगरौँ 

स्वस्तिमा गौतम, गाउँ भरि नै परिचित नाम हो। तनहुँको व्यास तीनमा। सबैको आँखाको नानी जस्तै बनेकी स्वस्तिमाले आफैले मन पराएर तनहुँकै पारिवारिक चिनजानको व्यक्तिसँग बिहे गरिन्। आफन्तले घरमा कुरा लिएर आएका थिए। अरूले यस्तोसँग के गर्ने होला देख्दा नि जोडी मिल्ने हुनुपर्छ भने तर उनले अरूको कुरा सुनिनन्। कुरा गर्दै जाँदा दुनियाँकै बुझ्ने मान्छे जस्तो लाग्यो। कुराकानी हुन थालेको एक महिनामा नै उनको बिहे पक्का भयो। दुई हप्तामै समय राखेर इन्गेजमेन्ट पनि भयो। तर उनको साथीले बिहे हुन लागेको केटा… पुरा पढौ

उज्यालोे पर्वः तिहार

हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको… पुरा पढौ