विचार

म जापान आउदाको पहिलो अनुभव र बेफुर्सदी जापानी

जीवनमै पहिलो पटक सन् २०२३ मे ९ तारिकका दिन बिहान ९ बजे म जापानको नायोगा सहर स्थित अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण भएँ ।बाहिर मेरा आफन्त मेरो अगमनको व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो । म सँगै एक जना दिदी हुनुहुथ्यो मनीता खत्री । हामी चढेकै जहाजमा नेपाली विद्यार्थी साथीहरु पनि आउनुभएको थियो । जहाजबाटसँगै झर्यौ आफ्नो लकेज लिएर अध्यागमन पासमा गयौ । मानिता दिदी पी.आर भै सकेको व्यक्ति उहाँको लागि जापानको अध्यागमन चेकजाँच सहज थियो । तर त्यसको वास्ता नगरि मेरै निम्ति हरेक प्रक्रियाको… पुरा पढौ

प्रवासमा बढ्दैछन् असमझदारी, किन टुट्दैछन् वैवाहिक सम्बन्धहरू !

सृष्टिको सुरुवातमा महिला र पुरुषको परिकल्पना गर्नुको अर्थ महिलाले घर सम्हाल्ने र पुरुषले जहान परिवार पाल्ने मनसायले भएको हुन सक्छ। तर एक्काइसौ शताब्दिमा आईपुग्दा पुजिवाद,औधोगिकरण, महिलाबाद, उपभोक्ताबाद जस्ता अनेक बादका कारण’अर्को जेनेरेसन ‘ तयार पार्ने जिम्मेबारी सँगसंगै महिलामा अरु पनि जिम्मेबारी थपिए ।  विवाहलाई सस्थागत गर्ने नाममा विवाह भएको दिन देखि महिला त्यो पुरुषको ‘स्वामित्व बस्तु’ मा परिणत भयो। यस्तो हुँदा सम्बन्धमा समभाव हुने त कुरै भएन। जसले गर्दा धेरै जसो सम्बन्धहरुमा एक खालको ‘प्रतिस्पर्धा’ देखिन थाल्यो। नेपालमा यस्तो प्रतिस्पर्धा… पुरा पढौ

स्वास्थ्य नष्ट गर्ने मानसिक तनाव

एकजना गृहिणी जो बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान समयमा दूध आएन, धारामा पानी आएन, स्कुल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्न मसला सिद्धिएछ, धोबीले समयमा लुगा ल्याएन, बच्चाको स्कुलको बस छुट्यो,भान्सामा चिया हाल्दा सिसाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने भन्ने चिन्ता, श्रीमान्‌को घडी हरायो जस्ता दैनिक समस्यादेखि लिएर घरपरिवारमा बिरामी, विवाह, मृत्यु जस्ता ठूला समस्या लिएर उनी मानसिक तनाव वा दबाव भोगिरहेकी हुन्छिन् । बेलुकीपख उनको टाउको र ढाड दुख्छ ।… पुरा पढौ

जापानमा नेपालीको आत्महत्या गर्ने क्रम नरोकिए पछि नेपाली समुदायमा चिन्ता

आफ्नो अनि परिवारको सुन्दर भविश्यको लागि मिहेनत गर्न जापान आएको एक नेपालीले जापानमा नै आत्माहत्या गर्यो रे भन्दा कस्को मन अमिलो नहोला। विश्वकै बिकसित मात्र होइन,विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरुको पनि आत्माहत्या गर्ने क्रम वढेपछि सबैलाई चिन्तित बनाएको छ। पछिल्लो समय केहि दिन बिराएर नेपालीहरुले जापानमा आत्माहत्या गर्न थालेपछि उनीहरुको आफन्तहरुमा झनैं पिढा मात्र बढाएको छ। मरेर जाने त गईहाल्यो , बाँचेका उनका आफन्त तथा ईष्टमित्र लाई कति पिडा होला ? अनि कुनै पनि समस्याको समाधान आत्माहत्या पनि… पुरा पढौ

प्रकाश सपुतको सकम्बरी : एक विश्लेषण

प्रकाश सपुत मलाई मनपर्ने गायक हुन्। कान्तिपुर कन्क्लेवमा यसपटक उनको विमर्श सुनेपछि उनको सामाजिक चेतनाको उच्चताले मलाई कायल बनाएको थियो। तर, चेतनाको परीक्षा कस्तो हुन्छ भने - यसमा एउटा घडीको एउटा टिकटिके आवाजले मात्रै पास दिँदैन। दिएपनि सधैंलाई दिँदैन। प्रकाश जातीय या वर्गीय सवालमा तैबिसेक गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन्।उनले महिलालाई फगत हाटबजारको बिकाउ माल भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा भएपछि, अवसरको आश देखाएर महिलालाई… पुरा पढौ

एसइइ परीक्षाको लागि सफल प्रधानाध्यापक घनश्याम पाठकको परीक्षार्थी, शिक्षक र अभिभावकलाई उपयोगी र काम लाग्ने टिप्स

SEE परीक्षाको लागि नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलका सफल प्रधानाध्यापक घनश्याम पाठकको परीक्षार्थी, शिक्षक र अभिभावकलाई ज्यादै उपयोगी र काम लाग्ने टिप्स : SEE परीक्षालाई विद्यार्थी र अभिभावकले गाह्रो र कठिन ठान्ने अनि मनोवैज्ञानिक भयमा रहने गरेका छन्। तर त्यस्तो विल्कुल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतीजा ल्याउन सकिन्छ।अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन्। यसकारण… पुरा पढौ

बालक कालमा चैते दशैको खुसी

चैते दशैको अष्टमी मासुभात खान पाइने दिन । अझ दिउँसो सेल रोटी ( घुमाउने रोटी ) पकाउने दिन भएकाले खुसीको सिमाना नै छैन । चामलको पिठोमा घ्यू र खुदो हालेर पकाएको घुमाउने रोटी झन् कति मीठो । सधै यस्तै रहिरहोस् जस्तो हुन्थ्यो तर दिन चाँडै बितेको जस्तो लाग्दथ्यो । हाम्रो गलकोटमा नवमीका दिन कोटमा मेला लाग्थ्यो अर्थात कोटमा पञ्चबली दिइन्थ्यो । गलकोट राज्यका तर्फबाट मूख्य पञ्चबली हुन्थ्यो । पञ्चबलीमा बोका राँगा परेवा कुखुरा र हाँस हुन्थे । राज्यको तर्फबाट पञ्चबलीको… पुरा पढौ

चेक अनादर र बैंकिङ कसूर सम्बन्धी के छ कानूनी व्यवस्था ?

आजकाल आर्थिक कारोवार अर्थात रकमको लेनदेन, चेक र बैंक मार्फत हुनेगरेको पाइन्छ । जसले त्यस्तो कारोवारलाई बैध, पारदर्शी सुरक्षित बनाउनुका साथै छिटो छरितो र सहज समेत बनाएको छ । आधुनिक प्रविधिको प्रयोग र चेकको कारोवारले एकातर्फ लेनदेन र आर्थिक कारोवारलाई सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि अत्यधिक मात्रामा बढेकोले समाजमा हुने रकमको लेनदेन कारोवारमा जटिलता थपिएको छ । खराव उद्देश्यकासाथ चेकको प्रयोगले गर्दा आर्थिक अपराधमा बृद्धि भएको छ । सामाजिक अविश्वास बढ्दै गएको छ । फलस्वरुप… पुरा पढौ

बुद्धीसागरको ‘एक्लो’मा घोत्लिएर म हराउदा देखेको श्री र हामी !

सहरमा एक्लो हुनुको अर्थ रहेछ आफु हराउनु तर कसैले पनि नखोज्नु रहेछ ।हो भौतारिंदै कल्पना गर्दै केही वर्ष कोशिसमा बित्लान्, केही महिना छटपटिँदा केहि दिन मौनतामा केहि घण्टा उस्साहमा केहि मिनेट सम्भावना र केही सेकेन्ड प्राप्तिमा बित्नेछन भनें जस्तै भयो भने बादलका खुट्किला टेक्दै मेरो घर जाने दिन आउनेछ ।घरदेखि टाढा काठमाण्डौमा आफ्नो मन भरिकाे ठूलो सपना बोकेर सपनालाई साकार पार्नकाे लागि बिरानो ठाउँमा उच्च शिक्षा अध्ययन गर्न लागि सडकका गल्ली गल्लीमा भौतारिंदै आफ्नो लक्ष्य पूरा गर्न हिड्नेहरुकाे हजारौ श्री… पुरा पढौ

जापानको शैक्षिक अवस्था र नेपालले सिक्नुपर्ने पाठ

पृष्ठभूमि प्रशान्त महासागरको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित जापान पूर्वी एसियामा पर्ने टाप मिलेर बनेको देश हो । तीन लाख ७७ हजार ९७५ वर्ग किलोमिटर क्षेत्रफल भएको जापानमा सन् २०२० को जनगणनाअनुसार १२ करोड ६२ लाख २६ हजार ५६८ जनसङ्ख्या बसोबास गरिरहेको छ । प्रतिव्यक्ति आय ४८ हजार ८१३ रहेको यस मुलुकमा ४७वटा प्रशासनिक प्रिफ्याक्चर र आठवटा परम्परागत क्षेत्र रहेका छन् । सन् २०२१ को तथ्याङ्कअनुसार जापानको मानव विकास सूचकाङ्क ०.९२५ अर्थात् विश्वमा उन्नाइसौं स्थानमा रहेको छ । जापानी राष्ट्रिय भाषा रहेको… पुरा पढौ