पहिलो, नागरिकता जस्तो संवेदनशील विषयमा मुलुकभित्र आम सहमति बन्नु पर्थ्यो, यसलाई दलगत राजनीतिक मुद्धा बनाउन हुँदैनथ्यो, यो हुन नसक्नु आफैमा दुखद पक्ष हो । दोस्रो, तराई-मधेसमा लामो समयदेखि समस्याको रूपमा रहेको जन्मसिद्ध नागरिक बाबु-आमाका सन्तानलाई नागरिकता प्रदान गर्ने विषय नागरिकता विधेयकको विवादसँगै यो पटक पनि अल्झनमा पर्यो, जुन अझ बढी चिन्ताको विषय हो । नेपाली नागरिक बाबु-आमाका बालिग सन्तानले अहिले पनि नेपाली नागरिकता पाइरहेका छैनन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । धेरैलाई अचम्म पनि लाग्ला, यो झुटा कुरो हो भन्ने…
पुरा पढौ