विचार

‘सड्कमा ’मा खटिएका प्रहरीको व्यथा…

आज असार १५ ,हामी दही चिउरा खाने सुरमा तरसड्कमा समुदाय लाई सेवा दिने धुनमा प्रहरीउनीहरुले के खाए कस्ले हेर्ने होला ?प्राय: बाटोमा बिहानदेखि बेलुकासम्म प्रहरीहरूको उपस्थिति देखिन्छ। ‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ? के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने ?म आफ्नो घरको चोकमा बिहान ५:३० बजे दूध लिन जाँदा प्रहरीहरू उभिरहेको देख्दा म यसो विचार गर्छु उनीहरूलाई चिया कसले दिने… पुरा पढौ

मैले देखे भोगेको मदन भण्डारी

पञ्चायती शासनको उत्कर्षको बेला,२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय उहाँको पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक खवरसहित आउनुभयो-खवर थियो,"नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।" अनि क्रमशः लेखहरु आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सोभियत संघलाई कसरी हेर्ने भन्नेवारे पनि विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो किनकि त्यतिखेर त्यहाँको… पुरा पढौ

सहकारीको ऋण नतिर्नेहरु को को हुन् ?

मुलुकले वित्तीय संकट व्यहोरीरहेको छ । वित्तीय अवस्था दिन प्रतिदिन असहज हुदै गएको छ । व्यवसाय चल्न गाह्रो भएपछि साना व्यवसायीहरु आफ्नो व्यवसाय छोड्नेको सख्या बढ्दो छ । ​​वित्तीय क्षेत्रमा देखिएको संकटको असर यतिबेला सहकारी क्षेत्रमा अलि बढी देखिएको छ । सहकारीमा एकथरी सदस्यहरुले वचत गरेका छन् । अर्का थरी सदस्यहरुले ऋण लिएका छन् । देशभरका कतिपय सहकारीका सञ्चालकहरु वचत फिर्ता गर्न नसकेका कारण सम्पर्क विहिन भएपछि वचत गरेका शेयर सदस्यहरु यतिबेला सहकारीबाट पैसा निकाल्न बढी गएका छन् । सहकारीमा… पुरा पढौ

एनआरएनए जापानका क्षेत्रीय अधिवेशन, निर्वाचन र हामीले दिन खोजेको सन्देश के यहि हो त ? 

सामाजिक सद्भाव र सहयोग लेनदेनमा सहजताका लागि नेपाली समुदायलाई संगठित गरि नेपाली भावनालाई जगाई राख्न र भाईचारको सम्बन्धलाई प्रगाढ़ बनाउने पवित्र उद्देश्यसहित स्थापना भएका एनआरएनए र नेपाली समुदायको नजिकको साथीका रूपमा एनआरएनएको अभियानलाई प्रतिनिधित्व गर्नका लागि क्षेत्रीय समितिको स्थापना र क्रियाशीलता हुनुपर्ने हो ।तर जापान लगायत विश्वका जुनसुकै मूलुकमा स्थापना भएका एनआरएनए क्षेत्रीय समितिले उक्त भावनालाई प्रतिनिधित्व गर्न सकेका छैनन भन्ने कुराको सामान्य उदाहरण हाल जापानमा भैरहेका क्षेत्रीय समितिका अधिवेशन र त्यसबाट आउने आगामी नेतृत्वका लागि भएको छिनाझपटीले पुष्टि गरेको… पुरा पढौ

सामाजिक संजाल र अहिलेका हामी

एक्काइसौँ शताब्दीमा स्मार्ट फोन र सामाजिक सञ्जालको प्रयोग अब प्रायः सबै उमेर र हरेक क्षेत्रका पेसा व्यवसायमा जरुरी भइसकेको छ। यसमा भएका एप्स र सामाजिक सञ्जाल, जिन्दगीका महत्वपूर्ण हिस्सा भइसकेका छन्। विशेषतः सामाजिक सञ्जाललाई मनोरञ्जन र समाचार संयन्त्रका रूपमा मात्र होइन, प्रतिष्ठाको रूपमा समेत हेर्न थालिएको छ। कसका कति फलोवर छन्, कति लाइक आउँछन् के कमेन्ट आउँछ, कस्तो कमेन्ट आउँछ, यो होडमा अहिलेको पुस्ता अभ्यस्त भइसकेको छ। यसैको फाइदा उठाएर सामाजिक सञ्जालले आफ्नो व्यापारलाई अगाडि बढाइरहेका छन्। अहिले स्मार्ट फोन… पुरा पढौ

जापानको रोजगार र मेरो भोगाइ

मलाई लाग्थ्यो विकसित देशहरुको भ्रमण वा कार्यथलो बनाउन पाए कस्तो हुन्थ्यो, कालोजको देश ,सपनाको देशका रुपमा आफुले जापानलाई ल्याएको थिएँ। हुन त आफ्नै मातृभूमिमा हुदाँपनि यस प्रकारका देशका नागरिक र अवस्थाका बारेमा सामान्य रुपमा जानकार हुने अवसर पाएको थिएँ । तर बाहिरबाट हेर्न र प्रत्यक्ष अनुभव गर्न पाउनु फरक हुन्छ र हुदो रहेछ । ठिक छ वर्षको जापान बसाई मेरा लागि साच्चि कै एउटा विश्वविद्यालयको रुपमा रहेको पाउदा आफूलाई सौभाग्यवान् नै ठानेको छु । आफ््रनै मुलुकमा हुदाँ स्नातकोत्तर तहसम्मको अध्ययनबाट,… पुरा पढौ

सहकारीका भगौडाहरुलाई कार्वाही कहिले ?​

सहकारी सदस्य केन्द्रीत व्यवसाय हो । सदस्यहरुको सहभागिता र नियन्त्रणमा सञ्चालन हुने यो व्यवसाय आम विपन्न वर्गका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने महत्वपूणर् माध्यम पनि हो । संसारका धेरै मुलुक सहकारीका माध्यमबाट सम्पन्न बनिसकेका छन् । सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गरेका देशहरुको कायापलट नै भएको छ । ​​नेपालको सन्दर्भमा पनि सहकारीहरुले धेरै मानिसहरुलाई व्यवसायिक बनाइदिएका छन् । सहकारीका माध्यमबाट आयआर्जन गर्नेहरु धेरै छन् । वास्तवमा नेपालको सहकारी अभियान र राज्यले सहकारीमार्फत जनताको जीवन परिवर्तनमा गरेको योगदानको अभिलेख ल्याउनै सकेनन् ।… पुरा पढौ

कथित राष्ट्रवादी प्रियतावादको दुश्चक्र : चियाको कपमा आँधी ल्याउने प्रयास

काठमाडौं। देशमा फेरि एकपटक तथाकथित राष्ट्रवादी प्रियतावादको हुरी चलेको छ । यो हुरी साँच्चै वायुमण्डलमै चलेको हो कि ‘चियाको कप’ मा ? सम्भावना छ– यो चियाको कपमा आएको आँधी हो, धेरै लामो जान सक्दैन। दृष्यमा नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण प्रकरणमा संसदको टेबल वरिपरि तीन ‘चिया पार्टनर’ एमाले, राप्रपा र रास्वपा ‘ब्लाक टी रिलेसन’मा गजधम्म बसेका देखिन्छन् र उनीहरू अनेक सत्यतथ्यप्रति आँखा चिम्लेर झुठ र बेइमानीको आँधी उठाउँदैछन्। नागरिकताजस्तो आधारभूत नागरिक अधिकारको विषयलाई बारम्बार राजनीतिक स्वार्थको हाते भकुन्डो बनाइएको छ… पुरा पढौ

भैँसीसँग लाज मानिरहेका ‘भेडा’हरू

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी पनि बेलामौकामा दाम्लो चुँडाएर जक्खरलाई भेट्न पुग्थिन् ।  जक्खरसँग के थियो त्यस्तो राज ? वास्तवमा त्यस्तो राज त केही थिएन, तर ऊ गाउँको एक्लो राँगो थियो । गाउँमा एक्लो राँगो हुनुको फाइदा जक्खरले उठाएको थियो । यस्तो फाइदा मान्छेहरूले पनि उठाएका छन् भनेर बाजेहरूले हाँसो गर्दथे ।  मेरो बाल्यकाल भैँसी गोठालो लागेरै नै… पुरा पढौ

के सबै सहकारी इमेज र शिव शिखर जस्तै हुन ?

पछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ, महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहेका छन् भने नेपाल जस्तो देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । ​वित्तीय क्षेत्रमा देखिएको संकटसंगै नेपालको सन्दर्भमा बैक तथा वित्तीय संस्था र सहकारीमा पनि यसको प्रत्यक्ष असर परेको छ । बैंक तथा वित्तीय संस्थाको नियमन अनुगमन गर्ने निकाय नेपाल राष्ट्र बैंक भएका कारण मान्छेहरुलाई विश्वास भएको देखिन्छ, यद्यपी बैंक तथा वित्तीय संस्थाका कतिपय गतिविधिले शंका गर्ने अवस्था पनि देखिएको छ । ​​समुदायका… पुरा पढौ