नेपालमा नयाँ नयाँ काण्ड दिन दिनै आईरहेका हुन्छन् । मानौ की कुनै गीत युटुवको ट्रेडिङमा रहन्छ । जसको चर्चा अत्याधिक हुन्छ भने केही ट्रेडिङमा आउन सक्दैनन् जसको चर्चा कमै मात्रमा हुन्छ । आजकल त सामाजिक सञ्जालको समय चलिरहेको छ । कतिपय समान्य कुराहरुपनि सामाजिक सञ्जालमा आाएपछि चर्चाको शिखरमा रहने भएकोले काण्डहरु तथ्य भन्दा बढि अर्धसत्य विषय चर्चित भईरहेका छन् । चर्चित शब्द भाईरल भएका छन् ।
हालचालै भाईरल भएको काण्ड हो ‘करिव १ सय किलो सुन बरामत’
नेपालमा रहेका काण्डहरुमा सुन काण्ड, ललिता निवास काण्ड, ७० करोड काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, ओम्नी काण्डहरु निकै भाईरल काण्डहरु हुन् । यसै बिच अर्को काण्ड थपिन आईपुगेको काण्ड हो १०० किलो सुन काण्ड ।
नेपालीलाई गोर्खाली भनेर सम्मान गर्ने मुलुकका मानिसहरुनै नेपालीलाई सहजै प्रलोभन देखाएर वीरता बिरुद्ध प्रयोग गरिरहेका छन् । भनिन्छ मान्छे अरु कोहीसंग प्रतिस्प्रर्धा गर्न सक्छ तर आफै सँग प्रतिस्प्रर्धा गर्न सक्दैन् । त्यस्तै रणनिती तस्करहरुले पच्छाउदा नेपाल तस्करहरुको रणभुमि मात्रै बनेको छैन् । नेपालीहरूको शिर झुकेको छ । सरकार र प्रतिपक्षको हालतलाई हेर्दा नेपालमा पछिल्लो समय प्रर्दशनमा रहेको चलचित्रको दृश्यबारे दाउपेच चलेको छर्लङ्ग हुन्छ ।
सरकारले समाउने नेपालका त्यस्ता कतिपय काण्डहरु छन् जो साँचिकै भाईरल मात्रै हुन्छन् केही एक दुईलाई समाउने केरकार गर्ने छाड्ने वाहेक जरैसम्म पुग्ने अवस्थामा सरकारको ध्यान पुगेको देखिदैन् । तथापी नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले हाईप्रोफाईल नेताहरुलाई कारगारको चिसो भित्तामा पुर्याएको पाटोलाई भने राम्रो मान्नुपर्ने हुन्छ । नागरिक स्तरबाट सरकारलाई समर्थन गदै उत्त काण्डमा जोडिएका सरकार जोगाउने बहानामा लुकेका भागेका वा उन्मुक्तिमा रमाएका सबैलाई कठघरामा ल्याउनु आवश्यक छ ।
ललिता निवासमा नाम मुछिएका भनिएका आफ्ना तथा अन्य पार्टीका जो सुकैलाई अझैसम्म किन सोधपुछ नगरेको भनेर सोध्ने अवास्थाबाट सरकार चुकेको छ । नेपालमा भन्सार जाँच पास कसरी हुन्छ, त्यहाँका अधिकृतहरुको महानिर्देशकहरु वा लोकसेवा बाट खारिएका कर्मचारीहरुको काम कस्तो छ भन्ने हेक्का सरकारले राख्न सके १० सकेण्डमा उम्कीने सुन भन्सारमै समातिन्थ्यो ।
नेपाली सुरक्षा बारे विश्वमा वाहवाही पाउने गोर्खालीको घरभित्र सुन तस्करी हुनु लज्जास्पद विषय हो । तथापि सुरक्षा र सुशासनका नाईके गृहमन्त्रीले सुइको समेत नपाएको काण्ड प्रधानमन्त्रीको निर्देशनमा पक्राउ पर्नु रहस्यमय विषय हो ।
विदेशवाट दुख गरेर नेपालमा ल्याएको मोवाईल भेट्ने हाम्रो प्रशासन भन्सार र सुरक्षा निकाय के हेरेर सय किलो सुन भेटेन वा उन्मुति दिएर सिनामंगल पुग्यो ?
सरकारले अन्तिम चरणमा पक्राउ गरेको भएपनि उक्त कार्यको सबैले खुलेर प्रशंसा गर्नुपर्ने हुन्छ । अव उप्रान्त यस्ता काण्डको सुरुवात हुन नपाउदै कानुनको दायरामा त्याउन जरुरी छ । सरकारको ध्यान २ चारजनालाई समात्न निकै चलिरहेको देखीन्छ । यो आलेख तयार पार्दा सम्म करिब १ दर्जन बढि पक्राउ परेका छन् । तर मुख्य नाईकेलाई सरकारले पक्राउ गर्न सकेको छैन् । नागरिक दवाव र स्यावासीका बिच मुख्य व्यक्ति पक्रन सरकार लागेको देखिन्छ । तर अन्य काण्ड आउदा यो काण्ड ओझेलमा पर्ने प्रक्रियवाट सरकार चनाखो बन्नु जरुरी छ ।
प्रतिपक्ष जोगाउने
नेपालमा भएका अधिकांश ठुला भ्रष्ट्राचारका काण्ड वर्तमान सरकारको प्रतिपक्ष तत्कालिन अवस्थामा सरकारमा भएको अवस्थामा भएको भन्ने आरोप नागरिकको छ । तथापि वर्तमान प्रमुख प्रतिपक्ष त्यो तथ्य स्वीकार्न मान्दैन् । यती, ओम्नी काण्ड, देखी ७० करोड काण्ड वा अन्य सुन काण्ड नै ।
नेपालमा ३३ किलो सुन काण्डका अभियुक्त मानिएका गोरेको प्रक्राउ परेपछि केही मथ्थर भएको सुन काण्ड पछि भाईरल अन्य काण्डहरु भए ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थिमा सरकारको सहयात्री दल नेपाली कांग्रेसका नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाड, नेकपा एमालेका सचिव तथा पुर्व उर्जामन्त्री टोप बहादुर रायमाझी पक्राउ मात्रै परेनन् अहिले कारगार नै पुगेका छन् । आफ्ना सचिवको पक्राउले बिच्छीप्त बनेको नेकपा एमाले अहिले सरकारको लोकप्रियतादेखि अतालिएको मानशिकतामा छ । केही प्रतिपक्षमा रहेका दलहरु सरकारलाई निरन्तर खबरदारी र दवाव श्रृजना गरेर सघाएको अवस्थालाई उत्तम मान्न सकिन्छ । नेपाली कांग्रेस बालकृष्णको पछि लाग्न नसक्दा नेकपा एमाले भने रायमाझीको बचाउमा नै उत्रियो । सरकार सुन पक्रन्छ प्रमुख प्रतिपक्ष कसरी सुन नेपाल भित्रीयो भन्दै गृहमन्त्रीको राजिनामा माग्छ । राके जुलुस निकाल्छ । केन्द्रिय नेता गृहमन्त्रीकै संलग्नता रहेको सार्वजनिक गर्छन् । गहृमन्त्रीसंग भेटेपछि स्रोत गलत परेको बताउछन् । यस्ता काण्डमा प्रतिपक्षले सरकारलाई सघाएर यस्ता काण्ड निर्मूल पार्न एकजुटु हुनुपर्ने होईन ।
सरकार सोध्छ । प्रमुख प्रतिपक्ष भन्छ ः नेपाल असुरक्षित छ, कुईनटल कुईन्टल सुन नेपाल आउने, सरकारमा रहेका पार्टीका नेता कुनै काण्डमा नछुने आफ्नो पार्टिका मात्रै किन समात्ने त्यसैले सरकार बदल्नुको बिकल्प देख्दैन् । तर भुकम्पमा नेपालमाथिको नाकाबन्दी, लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपाली भुभागको नक्सा जारी गर्दा प्रतिपक्षले सरकारलाई सधाएको नभुल्दा राम्रो हुन्छ । तथापि बरामत सुन तस्करको जालो मात्रै तोड्ने होईन निर्मुल पार्न सरकारलाई च्याखे भन्दा सघाएर निरन्तर खबरदारी गर्नुपर्छ
अन्यमा…..
सरकार समाउने ध्यानमा प्रतिपक्ष सरकारको आलोचना राजिनामामा नअड्कीयोस् बर्तमान सरकारले खोलेका अनेकन भ्रष्टाचार र अनियमितता तथा सुन काण्डका सबै काण्डको जरैसम्म पुग्न सरकार लागोस् । नेपालमा सुशाासुनको क्षेत्रमा सरकार र प्रतिपक्षको ध्यान पुगोस् । कुनै दिन नागरिकले अनुभुति गरुन की नेपालमा प्रतिपक्षको दवावमा सरकारले राम्रो काम गरेका कामहरु वा सरकारले उठाएका विषयमा प्रतिपक्षको पूणर् समर्थन । सरकार र प्रतिपक्षको पौठाजोरी मात्रै होईन राष्ट्रियता, सुशासन र स्वाधिनतामा एकजुट भन्ने अवस्थाको श्रृजना होस् । अरुका नेता समात्ने आफ्ना जोगाउने, अरुले गरे पाप आफुले गरे पुण्य भन्य राजनैतिक सौदाबाजीबाट नेपालका राजनैतिक दलहरु माथी उठ्नुपर्छ । काण्डैकाण्डको देश बनोस्, गोर्खालीको देश, गौतम बुद्धको देश, सगरमाथाको देश भन्दा जुन गौरव छ त्यो गौरवता नेपालको राजनीतिक संस्कारबाट मिल्ने वातावरण निर्माण होस् ।
सरकार पक्राउ गर्न उर्दि जारी गदैंमा रमाउने प्रमुख प्रतिपक्ष नेता कार्यकता जोगाउने ध्यानमा मात्रै नलागोस् । नागरिकलाई अध्यागमनबाट दिनदिनै बेचेर टनका टन सुन तस्कर गर्ने कार्य बन्द गर्न सरकारले ध्यान दिन जरुरी छ । प्रतिपक्षको एजेण्डा राजिनामा भन्दा जनदवावमा काण्डहरुको नाईके खोजी र कारवाहीको दायरामा ल्याउने, तथ्यबाट अगाडि बढाउनु जरुरी छ। काण्ड काण्डमै नहराओस्, कारवाहिको दायरामा आउन सकोस् । त्यसैले नागरीक स्तरवाट समेत सरकारलाई निरन्तर खबरदारी गर्नु आवश्यक छ ।