विचार

सहमति, सहकार्य र एकता गरौं, गैरआवासीय नेपाली संघलाई बचाऔं

२०२१ अक्टोबरमा सम्पन्न दशौं महाधिवेशन पश्चात गैरआवासीय नेपाली संघ (एनआरएनए) कानूनी दलदलमा फसेको छ । एघारौं महाधिवेशनमा अनलाइन भेरो भोटिङमा अनियमितता भएको विषयले विवाद चर्किंदा अदालती प्रक्रियाबाट पनि अहिलेसम्म निकास निस्किएको छैन । सर्वोच्चको एकपछि अर्को आदेश, परराष्ट्र मन्त्रालयको पत्र र फेरि रिटको श्रृङ्खला चलिरहेको छ । यो सन्दर्भमा सर्वोच्च अदालतका पहिलो र दोस्रो फैसलाका निचोडहरु केके थिए र हाल आरके समूहद्वारा पेश गरिएको सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको दावी के छ लगायतका विषयमा सबैभन्दा पहिले चर्चा गरौं । संघको १०औं… पुरा पढौ

तेश्रो नेपाली महोत्सव नागोया २०२४ को भव्यताको गाथा बखान गरि साध्य भएन

महोत्सव घोषणाको दिनांक १ देखि नै मनमा आनन्दको बहार थियो; एउटा पृथक इतिहास बोकेको नेपालीको गर्व गर्न लाएक एउटा गाथा बन्ने छ महोत्सव ! नागोयाले मनग्य सन्तुष्टि बोकेर नेपाली महोत्सव सम्पन्न गर्यो । महोत्सवको परिकल्पना गर्ने व्यक्तिदेखि फिल्डमा खटिने हरेक व्यक्तिहरूको लगन मुक्त कण्ठले प्रशंसायोग्य छ । महोत्सवमा नेपाली जापानिज देशी विदेशीको उपस्थीति हेर्दा मानवसागर उर्ले जस्तै थियो भन्न सजिलो गरी सकिन्छ । तोखाई क्षेत्रमा बस्ने नेपालीको लागि मात्र नभई आम जापानबासी नेपालीको लागि यो एउटा भव्य उत्सवको पर्व बन्यो… पुरा पढौ

जापानमा कम जन्मदर: विवाहको घट्दो संख्या एक गम्भीर मुद्दा

जापानमा जन्मदर घट्ने क्रम रोकिएको छैन । यो क्रम जारी रह्यो भने राष्ट्रको सामाजिक र आर्थिक परिचालक शक्ति हुने जनसङ्ख्यामा कमी आउने र सामाजिक सुरक्षा प्रणालीको निरन्तरता खतरामा पर्न सक्छ । राष्ट्रिय संकटको समाधानका लागि समग्र समाजले नै समस्याको समाधान गर्न जरुरी छ ।स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानको सन् २०२३ को महत्वपूर्ण तथ्याङ्क सार्वजनिक गरेको छ । जापानी नवजात शिशुहरूको संख्या ७ लाख २७ हजार २७७ थियो । कुल प्रजनन दर - एक महिलाले आफ्नो जीवनकालमा जन्म दिने अनुमान… पुरा पढौ

भूकम्पमा जापानबाट सिक्नै पर्ने पाठ

१३ वर्ष अघिको भूकम्प र सुनामीका कारण जापानमा ठुलो क्षति भयो। भूकम्पले फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो। जापानमा १३ वर्ष अघिको स्मरण अझै ताजै छ। यी सबै स्मरण ताजै रहेकै समयमा सोमबार जापानको इसिकावामा सुनामीको पूर्व सूचना स्वरूप साइरन बजेको थियो। जापानमा यस्ता साइरनहरू सामान्य नै थिए। प्रत्यक्षदर्शी र भुक्तभोगी अनुसार पहिला घरमा असर परेको थियो। मानिसहरू बिहानको जाडोमा थरथरी काँप्दै सुती रहेको समयमा अन्य धेरै समयको जस्तो नै भूकम्प गएको थियो। गएको एक महिना यता जापानमा यस्ता साना… पुरा पढौ

अतः दुखसाथ भन्नुपर्छ – IT IS MORE OF THE SAME !

पूर्व अनुमान गरिए झैं विगतमा जस्तै यो बर्ष ( २०८१/०८२) को बजेटबारे पनि सत्तापक्षले ‘सबै ठीकठाक’ र प्रमुख विपक्षीले ‘कार्यान्वन चुनौतिपूर्ण’ ( अर्थात् मूल प्रवृत्ति ठीकै छ!) भनेको सुनियो! यसरी हाम्रो वर्तमान मूलधारको राजनीतिक नेतृत्व देशको कछुवा गतिको विकासभन्दा बाहिर सोच्न सक्दैन र चाहॅदैन पनि! परन्तु गहिराइमा गएर हेर्ने हो भने एन्डरसनको कथा Emperor’s New Clothes को बालकले झैं भन्नैपर्छ - देशको अर्थतन्त्र लामो समयदेखि जुन गम्भीर संरचनात्मक संकटमा छ यो बर्षको बजेटले पनि त्यसमा सामान्य मलहमपट्टी बाहेक कुनै अग्रगामी… पुरा पढौ

सिस्टमले चलेको देश जापान

जापानबारे सानैदेखि पढ्दै र सुन्दै आएको थिएँ— सूर्योदयको देश, विकसित देश, प्रविधिमा अगाडि रहेको देश, दोस्रो विश्वयुद्धमा अमेरिकाले अणु बम खसालेको देश, मानिसको औसत आयु बढी भएको देश आदि–आदि ।  जापान कसो कसो मेरो सपनाको देश बन्न पुग्यो । विभिन्न प्रक्रिया पु¥याएर सन् २०२२ जुलाईमा म आफ्नो सपनाको देश जापानको कान्साई एयरपोर्टमा उत्रिएँ, विद्यार्थी भिसामार्फत । कान्साई एयरपोर्टबाट मैले पढ्ने कलेजसम्म रेलमा गएको थिएँ । अकासेपुल, पुल, रेलमार्ग, अन्डरग्राउन्ड बाटो, सब–वे, हाई–वे, टनेल–वे, केबलकार, हवाई सञ्जाल इत्यादि देखेपछि मलाई लाग्यो–… पुरा पढौ

सम्झनामा पुस १५ः ‘काल’ हारेको दिन

कालसँगको भेट वा पौठ्यजोरीमा अधिकाशंको जीवन नै समाप्त हुन्छ । केही भने यस्तो अपवाद हुने रहेछ कि घटना, दुर्घटनामा मरियो भनेर पनि बाँचिने । अहो, त्यो क्षण त कति हो कति सुखद र भाग्यमानी महुशुस हुने रहेछ । घटना, दुर्घटनामा केहीले आफ्नो अंगभंग गुमाउछन् भने केही जिउनुमा भन्दा मर्नु बेस भन्ने अवस्थामा जिइरहन्छन् । त्यस्तै सन्दर्भमा हामीले पनि कालसँग पौठ्यजोरी खेल्यौ सायद समयकालको भन्दा भाग्यले बाँच्ने हाम्रो बलवान समय र योग रहेछ । ठूलो दुर्घटनामा परेर पनि पर्नुजीवन पायौं ।… पुरा पढौ

हुण्डीबाट पैसा पठाउदा कसरी फसिन्छ ? के कस्तो सजायको भागीदार हुनु पर्छ? जानिराखे राम्रो !

जाइरियु कार्ड नदेखाई पैसा पठाईदिन्छौ भनेर या केहि बढि रेटको लोभमा परेर कतै तपाई हुण्डी गर्ने अबैधानिक तरिकाले कारोबार गर्नेहरु मार्फत पठाई रहनुभएको त छैन ? यदि त्यसो हो भने तपाई त एकदिन फस्नु हुन्छ नै तपाइको सानो प्रलोभन र अल्छीपनाको परिणाम तपाइको परिवार समेत सजायको भागिदार हुन सक्छ त्यसैले पैसा पठाउदा आधिकारिक ठाउबाट मात्रै कारोबार गर्नुहोला। पछिल्लो समय जापानमा आधिकारिक ठाउबाट अनुमति नलिइकन हुण्डी गर्ने रेस्टुरेन्ट, हलाल मार्ट लगायतकाहरु धेरै फस्टाएको बुझिएको छ भने कतिपय ठाउमा थोरै प्रलोभनमा परि… पुरा पढौ

गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवादको खास अन्तर्य

गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु : १) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री… पुरा पढौ

देश चलाउनेलाई विकास, रोजगारी र समृद्धि कसरी भन्ने थाहा छ?

कुखुरा पाल्ने सामान्य व्यवसायीलाई यो व्यवसायबाट के, कति, कसरी नाफा गर्ने थाहा हुन्छ। कुखुरा पाल्ने खोर कस्तो र कसरी बनाउने? लागत कति पर्छ? कुखुराको चल्लाको भाउ कति छ? चल्ला हुर्काएर बेच्ने बेलासम्म दानाको खर्च कति हुन्छ? श्रम लगायत अन्य खर्च कति हुन्छ? बजारमा कुखुरा कति बक्रि हुन्छ? यि सबै सूचना आधारमा कुखुरा व्यवसायीले कसरी कुखुरा पाल्दा लगभग बर्षमा कति नाफा हुन्छ, हिसाब-किताब गर्न सक्छन्।नेपाल जस्तो विकासशील देशको राज्यको प्रमुख लक्ष्य विकास, रोजगारी र समृद्धि हो। राज्यको नेतृत्वदायी भूमिकामा रहेका हाम्रा… पुरा पढौ