सम्झनामा पुस १५ः ‘काल’ हारेको दिन

-


     घनश्याम गौतम    
     पौष १५ गते २०८०


कालसँगको भेट वा पौठ्यजोरीमा अधिकाशंको जीवन नै समाप्त हुन्छ । केही भने यस्तो अपवाद हुने रहेछ कि घटना, दुर्घटनामा मरियो भनेर पनि बाँचिने । अहो, त्यो क्षण त कति हो कति सुखद र भाग्यमानी महुशुस हुने रहेछ । घटना, दुर्घटनामा केहीले आफ्नो अंगभंग गुमाउछन् भने केही जिउनुमा भन्दा मर्नु बेस भन्ने अवस्थामा जिइरहन्छन् । त्यस्तै सन्दर्भमा हामीले पनि कालसँग पौठ्यजोरी खेल्यौ सायद समयकालको भन्दा भाग्यले बाँच्ने हाम्रो बलवान समय र योग रहेछ । ठूलो दुर्घटनामा परेर पनि पर्नुजीवन पायौं ।

जन्मभूमि गलकोटबाट केही कामको शिलशिलमा म काठमाण्डौँमा थिए । म मेरा काका र काकी शंङखमुल नयाँ बानेश्वर काठमाण्डौमा रहेको घरमा बसिरहेको थिए । काका काकी लामो समयसम्म प्रवास बस्नु भएकाले घरको पुनःनिर्माण गर्नुपर्ने अवस्थाले गर्दा घरको वाल, रंगरोगन, झ्याल ढोका, वाइरिङ सबै मर्मत सम्भार गर्नुपर्ने भएको रहेछ । उहाँहरुले घर रिपियरिङ गदैं हुनुहुन्थ्यो । केही समय पहिले देखी सुरु भएको घरको रिपियरिङको काम अझै सकिएको थिएन । काम चलिरहेकाले उहाँहरु घर बाहिर जानुभएको पनि थिएन । घरमा काठको काम चलिरहेको थियो ।

पुस १३ गते चिनजानेको अंकलसँग कुराकानी भयो । सधै घर बस्ने कहिलेकाहीँ त बाहिर पनि जानुपर्छ भन्ने कुरा चलेपछि सार्वजनिक विदाको दिन घुम्ने कुरा भयो । उहाँ कलेजको प्रोफेसर रहेकोले उहाँलाई सरकारी तथा विद्यालयका विदा बाहेकका दिन फुर्सद नहुने रहेछ । हामीलाई पुस १५ गते बिहान आज घुम्न जाउ भन्नुभयो । अंकलले हुन्छ भन्नुभयो ।

त्यस दिन मैले एक जना दाजु जो गलकोटबाट काठमाडौंमा आएर शिक्षा तथा हवाई तर्फ काम गरिरहनुभएका खड्क बस्नेतलाई भेट्ने सल्लाह भएको थियो । सोही बमोजिम मैले बस्नेत दाइको फोनको प्रतिक्षा गदैं तमु ल्होसारको फेसवुक शुभकामना कार्ड डिजाइन गरिरहेको थिए । उहाँले फोन गरेपछि भेट्न युएन पार्कको बागमती पुल नजिक पुगे । व्यवसायिक यात्राबारे कुराकानी भयो । एक होटलमा दाजु र उहाँसंग आउनुभएका सर समेतले कफी पिएर निस्कियौं । म घर आए पछि गोदावरी जाने कुरा चलिरहेको थियो ।

काकाले काकीलाई फोन गर्न भन्नुभयो । काकीले फोन गरे पछि जाने कुरा निश्चित भयो । लगत्तै हामीले खाना खायौं । खाना खाएपछि मैले तमु ल्होसारको ब्यानर पोस्टर डिजाइन सकाउदै थिए । त्यतिकैमा काकीलाई फोन आयो । हामी पाटन जाने सानो पुल तल आयौं तपाईहरु पनि आउनु भने पछि मैले हतार हतार डिजाइन सकेर गुगल ड्राइभमा अपलोड गरे । अनि हामी यात्रामा निस्कियौं ।

काकीले ३ जना एकै साथ जान नहुने भन्दै काका र मलाई छिटो जान भन्नुभयो तर भ¥याङ झर्दा दोस्रो तलामा पुगेर मैले पोस्टर सेण्ड गर्न थाले अनि काकाकाकी अगाडि जानुभयो । करिब एक मिनेट पछि म पनि हिडे । त्यति बेला दिनको ठिक १२ बजेर २३ मिनेट गएको थियो । घरको दोस्रो तलामा बस्नुभएकी मुना दिदीले कहाँ जाने हो हतार हतार गरेर सोध्नुभयो ? मैले आज घुम्न निस्किएको भने ।
हामी अलि अगाडि गयौं हामीलाई पाटन जाने पुलको तल सडकको छेउमा मारुती सुजुकी जेड एक्स आइ कारमा अंकलले प्रतिक्षा गर्नुभएको रहेछ । हामी कारमा चढ्यौ र यात्रा तय भयो ।
कारमा चढेर अलि अगाडि पुगेपछि अंकलले कारको टायरमा हावा कम भएकोले वर्कसप चिहाउदै हुनुहुन्थ्यो । उहाँले श्रीमतीलाई संगै लिएर आउनुभएकाले अगाडिको सिटमा हामी ३ जना त्यसपछि थियौं । बाटोमा कार रोकेर हावा कम रहेको भन्दै म र मेरा काकाको बसाई परिवर्तन गर्न भन्नुभयो । हामी बसाई परिवर्तन गरेर गाडिमा कुरा गर्दै अगाडि बढ्यौ बालकुमारी हुदै गोदावरी हरिसिद्धीको बाटोमा टायरमा हावा भरेर अगाडि बढ्यौं ।

केही दिन पहिलेको अनौपचारिक कुराकानी गर्दा उहाँको केही जग्गा रहेको र सोही स्थानमा मन्दिर रहेकोले दुवै अवलोकन गर्ने चाहाना अनुसार हाम्रो यात्रा तय भएको थियो ।

हामी गोदावारीको उकालो तर्फ पुग्दा गाडिमा फ्युल कम रहेकोले थपेर जाने कुरा भयो तर हामी अलि अगाडि पुगेकोले फ्युल भर्न गाडि फर्काएर गोदावारीको वडा कार्यालय नजिकै आयौ । गाडिवाला अंकलले सोध्नुभयो पेट्रोल कता पाईन्छ भनेर त्यहाँ स्थानीयले नजिकै बोतलमा पाइने स्थान देखाईदिए । गाडि फर्काएर त्यो पसलमा पुग्यौ, अंकलले ४ लिटर फ्युल भर्नुभयो । यतिकैमा काकीले मलाई हाजमोला किन्न भन्नुभयो मैले त्यहि पसलबाट २० रुपैयाका हाजमोला लिएर गाडिमा बसे । हाजमोलाबारे हासीमजाग गदै हाजमोला खादै यात्रा अघि बढ्यो ।

हामी पहिलो पटकको यात्रामा रहेकोले अंकलले हामीलाई ठाउँ चिनाउदै ड्राइभ गर्नुभएको थियो । सानो र खाल्डाखुल्डी बाटोमा बिस्तारै यात्रा गरेपछि उकालोमा पुग्यौ । जहाँ ट्याङकरमा पानी ल्याउने मुहान रहेछ । अंकलले सोध्नुभयो विशंङ्खुनारायण मन्दीर दर्शन गरेका छौ ? हामीले छैनौ भन्यो । उहाँलाई मदिर घुम्ने कुरा गरेपछि उहाँले हुन्छ भन्नुभयो ।

त्यो ठाँउबाट केही मिटर उकालो चढेपछि जंगल आयो । अंकलले भन्दै हुनुहुन्थ्यो क्या राम्रो ठाँउ उपत्यकाको नजिकै जंगलको अनुभुति गर्न पाईने । त्यतिकैमा मन्दिरको आध्यात्मिक प्रसंग निकाल्नुभयो । काठमाण्डौंका चार नारायण मन्दिर चाँगुनारायण, शेषनारायण विशंङ्खु नारायण र इचंगु नारायण मन्दीरको दर्शन नगरि स्वर्ग नगईने धार्मिक कथनको कुरा गदैं गर्दा एकाएक गाडिको स्पीड बढ्यो । करिब ४-५ मिटर अगाडि पुग्न नपाउदै आवाज आयो, घुरँर्र गदै ड्याङ्ग ठोकियो हामी आई ओई भन्दै चिच्चायौं ।

सायद कालले हाम्रो बाटो छेकेरै बसेको थियो की ? हलुका उकालो उकालो थियो बाटो कुनामा गाडि ठोक्कियो र एकाएक जगंलतर्फ पल्टियो । सँम्झदा लाग्छ, कालले हामीलाई जबरजस्ती लतार्यों तर जंगलमा रहेको रूखमा पु¥याए पछि छोडेर गयो । केही सेकेण्डमै हामीलाई चोटग्रस्त बनायो । कालसँग जुधेको हुँदा देखिएका नदेखिएका चोटहरु शरीरभरी छन् तर दुर्घटनाका हिसावले सामान्य प्रायः थियौ । पुर्नजन्म पाएको समयमा पनि कालको रुप, तस्विर वा स्केच स्मरण गर्न सकिएन् । ऊ कताबाट आयो कता गयो केही भेउ पाउन सकेनौ ।


गाडि पल्टिए पछि करिब ३० मिटर तल झरेर सानो रुखमा अड्कियो । मैले थाहा पाउदा मेरो टाउको सिट मुनी थियो । म बिस्तारै निस्किएर अर्को तर्फ हेर्दा मेरा काकाको अनुहारबाट रगतको धारा बगिरहेको थियो । आडैमा काकीको आँखा देखी केही तल चोट थियो । म बिस्तारै उठे । गाडिको एक झ्याल भुईमा रहेकोले अर्को झ्याल आकाश तर्फको भागमा थियो ।

मैले खोल्न खोजे झ्याल खुलेन् । गाडी स्टार्ट नै थियो । अंकलले स्टार्ट बन्द गरेपछि झ्याल त खुल्यो तर थोरै मात्र अलि खोल्न खोज्दा गाडि अड्डाएको रुखमा ठोक्कियो खुलेन । म बल्लबल्ल निस्किए र बाहिरबाट त्यो नखुलेको झ्यालको सिसा फोड्न खोजे । भित्रबाट अंकलले प्रयास गर्नुभयो । चर्केको सबै सिसा निस्कियो । र त्यहीबाट बल्ल बल्ल उठेर मेरा काका आधा शरीर बाहिर निकाल्नुभयो । मैले बाहिर निकाल्न निरन्तर प्रयास गरे बल्ल बल्ल काका निस्कनुभयो ।
त्यसपछि काकीलाई आउनु भने बिस्तारै काकी क्रमशः आन्टी र अंकल निस्कनुभयो । मेरा काका हामी सबै गाडिबाट निस्किदा गाडी पल्टेको सडकतर्फ करिब आधाआधी बाटोमा पुग्नुभएको थियो । मैले हातमा डोराउन खोजे काकालाई डोराउन नसकेपछि झोला समात्छु भनेर आधा बाटोबाट झरेर गाडिको छेउमा पुगे ।

आन्टीको मोबाइल र गाडिका कागजपत्र भित्रै छुटेछन् । आन्टीले आफ्नो ब्याग मेरा हातमा दिएर फेरी गाडि भित्र जान्छु भनेपछि म काल संगको अर्कोपटक अग्नी परीक्षामा परे । गाडि भर्ल्याङ खेलेकोले सबै सिसा चर्किएका थिए । गाडिको अधिकांँश भाग कुच्चिएको तथा केही भाइजर भुइँमा असरल्ल थिए ।

त्यो दुर्घटनाबाट बाचेका हामीलाई चोटले थिलथिलो बनाए पनि कसैले पनि दुखेको कुरा गरेनौं । म धर्म संकटमा परे नजाउँ आफ्नो आमा समान आन्टी जान्छु भन्नुहुन्छ । जाउँ सामान्य रुखमा अडिएको गाडि पल्टिने हो की भन्ने डर ।

अन्ततः म काल संग फेरी पौठेजोरी खेल्ने अवस्थामाा पुगे । आधा परान लिएर उध्र डरका बिच गाडिमा झ्यालबाट हेरे । हेर्दा थरमस पनि देखे अनी काकालाई पानी खुवाउन सक्छुकी भन्ने आस सहित डराउदै जाने निर्णयमा पुगे । अनि म जान्छु भनेर झोला आन्टिलाई दिएर गाडिमा गए हतार हतार गदैं मोबाईल थमरमस र झोला निकालेर निस्किए ।

गाडिबाट निस्के पछि मेरो आधा परान आयो । त्यो समय सम्म मलाई चोट लागेको अनुभुति थिएन । म झोला समातेर बाटोमा निस्के । काका नालीको डिलमा बस्नुभएको थियो मैले काकी अंकल र आन्टीलाई बाटो डिलबाट बाटोमा आउन सघाए । काकाको अनुहार भरि रगत बगिरहेको थियो । काकिले थरमसबाट पानी दिनुभयो हामीले पानी खायौं ।

बाटोमा टुरिस्ट बस आइरहेका थिए । कुनै भ्रमणका थिए । त्यतिकैमा एक जना युवा मोटरसाइकलमा आए । हामीलाई सोधे । गाडि पल्टिएको भनेपछि गाडि खोज्न मद्धत गरे । करिब १ बजेर ३८ मिनेटमा अकंलले एम्बुलेन्सलाई फोन गर्दै हुनुहुन्थ्यो । तलबाट यात्रामा रहेकी महिलाले हामीलाई ब्याण्डेज पट्टि र पानी पनि दिईन् । कसैले सोध्नुभयो नानी तिमी नर्स हौँ र ? उनले भनिन् होईन ।
यतिकैमा पीडा र चोटले शरीर गलाउदै लग्यो मैले टाउको उठाउन सकिन । सबै जनालाई चोटले पीडा दियो । सबैजना पीडाले छट्पटाईरहेका थियौ ।
अकंलले बोलाउनुभएको एक जनाले कारमा राखेर हामीलाई अस्पताल लैजान थाले । कारबाट पल्टेर चोटग्रस्त हामी पुनः अस्पतालमा कारमै आउदाको हालत अत्यन्तै नाजुक थियो । अंकलले सोध्नुभयो कुन अस्पताल जाने ? हामीले सिभिल अस्पताल भनेपछि हामी सिभिल अस्पतलामा आयौ र उपचार सुरु भयो । सबै जनाले उपचार गर्दा ठूलो समस्या केही नभएको अस्पतालको रिपोर्ट आयो ।

मेरा काकाको निधार र कानको भागमा १५ वटा टाँका लगायो । काकीको आखाँ तलको भागमा सुन्निएर आँखा नै छोपिएको थियो । मेरो दायाँ हातको कुम गर्धन घाँटीमा चोट लाग्दा आन्टीको खुट्टाले टेक्न सक्नुभएको थिएन । मेरो घाटीमा सेफ्टी गार्ड बाधियो । केही समयमै हामी डिस्चार्ज भयौं ।

२०७९ साल पौष १५ गते हामी नजानिदो रुपमा कालको मुखबाट बच्यौ । हरेक पटक आउने याद र त्यो आवाजले निद्रा हरण भएको छ । के कारणले दुर्घटना भयो भन्ने पनि थाहा छैन् । अकंलले वर्षौ सोही बाटोमा गाडि चलाउदा केही नभएको त्यो ठाँउ पुस १५ मा भने भुल्नै नसकिने दिन बन्न पुग्यो । त्यो दुघर्टनमा कालसंग पौठेजोरी खेलेर पनि भाग्यले पुर्नजन्म पाएको अनुभुति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?