हामीकहाँ नेपाली नेता देखी आम नागरिकको मुखार बिन्दमा झुण्डीएको शब्द हो समृद्धि ।
समृद्धि शब्दावलीको प्रयोग पनि असाध्यै धेरै भइरहेको छ । यो ल्याटिन भाषाको ‘प्रस्पिरस’बाट उत्पत्ति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जानेक्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि परिपूरक पदावलीहरू हुन् । यद्यपि यिनीहरू बीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ ।
कुनै पनि खास मानव समाजमा सबैखाले वा समानुपातिक विकास एउटा विन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रूप नै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो । समृद्धि एक उन्नत अबस्था हो जहां बुद्धि र बिवेकको उच्चतम अभ्यास भएको हुन्छ, सबैलाइ रोजगार उपलब्ध हुन्छ, हरेक ब्यक्तिले आंफनो आत्मसम्मान महसुस गरेको हुन्छ र अनुसन्धानले नयां प्रबिधी सृजना गरी जनतालाइ धनी र सुखी बनाएको हुन्छ ।
गणतन्त्र नेपालको स्थापना पछि नेपालका राजनीतिक दलका घोषणा पत्र, बाचापत्र वा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको देखी सामान्य आम सभा, चुनाबी सभा, सभा समारोह हरेक कार्यक्रममा पछिल्लो समयको उच्च प्रयोग हुने गरेको शब्द समृद्धि आखिर कसरी हुन्छ ?
समान्यतया केही राजनीतिक दलको निर्वाचन प्रतिवद्धता वा स्लोगनलाई केलाउने हो भने समृद्धिको प्रयोग सुन्दर रुपमा प्रयोग गरेको पाईन्छ । नेकपा एमालेको स्लोगन समृद्ध नेपाल सुखी नेपाली देखी नेकपा एकिकृत समाजबादीको स्लोगन यात्रा समाजबादको लक्ष्य समृद्धिको, नेपाली काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवाद मार्फत समृद्धि । यो त प्रतिनिधी दलका स्लोगन मात्रै हो , अरु अधिकाश राजनीतिक दलका स्लोगन नै किन नहोस् ।
जसरि राजनैतिक दलले समृद्धि शब्दलाई प्रयोग वा प्रचलनमा ल्याएका छन् त्यस्तै गरि त्यसको कार्यान्वयनमा भने काल्पनीक वा स्वोर सपना बाढ्नु बाहेक केही उपलब्धी हासिल गर्न सकेका छैन्न । साचिकै समृद्धि कसरि हासिल गर्न सकिन्छ, भन्ने बारेमा त्यतिको बहस वा रुपान्तरण भएको भने पाईदैन् ।
उदाहरणको लागि केही समय पहिले नेपालमा कल काराखना बन्द गरेको बिषयलाई गहिराईबाट निहाल्दा नै काफि हुन्छ । उत्पादन बन्द गरि समृद्धिको रटान लगाउने नेताका पछाडि रहेका कार्यकर्ताको लाम पछिल्लो समय राहादानी बिभाग र अध्यागमनमा पुगेर हेर्नेहो भने समृद्धि बोलीमा मात्रै रहेको प्रष्ट हुन्छ ।
सबै नागिरकको लागि चाहिने आधारभूत सेवाहरु जस्तैः गास, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षा, पोषण, सरसफाई, खानेपानी, बिद्युत, टेलिफोन, ईन्टरनेट, यातायात आदिको ब्यबस्था हुनेछ। सबै नगारिकले खाद्य सुरक्षा, मानब अधिकार, वाक स्वतन्त्रता, हिंडड्लको स्वतन्त्रता र स्वच्छ वातावरणको उपलब्धता महसुस गरी सुखको अनुभूती गर्ने जस्ता बस्तुबादि अवस्थालाई नजर अन्दाज गरि उच्चारण हुने गरेका भाषणबाट समृद्धीको भाव महशुष गर्न भन्दा बुझ्न समेत कठिन देखिन्छ ।
उदाहरणको लागि केही समय पहिले नेपालमा कल काराखना बन्द गरेको बिषयलाई गहिराईबाट निहाल्दा नै काफि हुन्छ । उत्पादन बन्द गरि समृद्धिको रटान लगाउने नेताका पछाडि रहेका कार्यकर्ताको लाम पछिल्लो समय राहादानी बिभाग र अध्यागमनमा पुगेर हेर्नेहो भने समृद्धि बोलीमा मात्रै रहेको प्रष्ट हुन्छ ।
राजनैतिक दलले लेखेको भरमा सम्भब छैन् त्यसको लागि आधारभुत कामबाट सुरुवात गर्नुपछ । बढ्दो बेरोजगारि, नेपालबाट बाहिरएको जनशक्तीको नेपालमै प्रयोग, जनशतmी भन्दा कृषि देखी अन्य उपजको निर्यात, न्युन आयात जस्ता बिषयमा गम्भीर रुपमा अध्ययन अनुसन्धान र कार्यान्वयन गर्न सकेमा मात्रै समृद्धि शब्दको प्रयोग गर्नु बान्छनीय हुन्छ ।
नेपालमा बिकास भन्दा भौतिक बिकास समृद्धि भन्दा उच्च आयस्रोत भएका नागरिकको जीवन यापनको कुरा औल्याएको पाईन्छ । यो मात्रै बिश्लेषण गलत हुन्छ । हुनत समृद्ध मुलुकको अवस्थालाई हेर्ने हो भने उनिहरुको माध्यम नितात्न आफ्नो उत्पादन नै हो ।
उनिहरुले आफ्नो उत्पादनको निर्यात दरले आयात दरमा सयौगुणा बढि आम्दानी गर्न सफल भएका छन् । युरोपियन मुलुकको समृद्धि हेर्ने हो भने सामन्य कृषिमा काम गर्न समेत कामदार आयात गर्ने गर्दछन् । हाम्रो देशमा नेताले समृद्धिको भाषण गर्दछन्, रोजगारि र उत्पादनको रटान लगाउछन् अनि बेच्ने उत्पादन नहुदाँ दिनहु युवा पुस्तालाई अध्यागमन बाट बिभिन्न अनुमतीमा निर्यात गर्न सफल भएका छन् । यो मात्रै एउटा यस्तो उत्पादन हो जो बिश्वको बिभिन्न मुलुक समृद्ध बनाउन निरन्तर श्रम बजारमा बिक्री भैरहेका छन् । त्यस बापत देशले गर्वका साथ रेमिटेन्स भित्राएर देश सञ्चालन गरिरहेको छ ।
समृद्धि मानिसको बुद्धि, सृजना, मेहनत, काम र उत्पादनको उपज हो र हरेक नागरिकले प्राप्त गरेको ज्ञानलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा बदल्ने, रोजगारलाई उत्पादनमा बदल्ने, उत्पादन बाट आउने लाभांस मानब कल्याण र नबप्रर्बतनमा लगाउने र उत्पादन प्रकृयालाई निरन्तर अद्याबधिक गरी परिस्कृत गर्नु समृद्धि प्राप्त गर्ने उत्तम माध्यम बनोस् । नेताले बोल्ने बोलीमा समृद्धि मात्रै नाआयोस् समृद्धिका सूचक पुरा गरेको, बाकी पुरा गर्ने कार्यतिनी जनतामाझ आवोस् । कलकारखाना बन्द गरेको भन्दा खुलेको , रोजगरिको अवसर श्रृजना भएको, कल कारखानामा काम गर्ने जनशक्ती नेपालमा अभाब भएकोले बिदेशबाट भित्राउने अबस्थाको श्रृजना हुने गरि योजना नीति नियम र कार्यान्वयन हुन सकोस् । बल्ल मात्रै समृद्धि शब्दको प्रयोगले सार्थकता पाउने छ । कृषि प्रदान देशमा समेत खाद्यान्न आयात २ दिनमा केही मात्रा कमी हुदाँ भोकमरी लाग्ने अवस्थाको अन्य गर्नु सफल बनेमा समृद्ध मुलुक बन्ने छ ।
अन्यथा समृद्धी शब्द सुन्दा जतिनै सुन्दर छ । वास्तविक रुपमा नेपालमा प्रयोग गर्दा लजाईरहेको कटु यर्थातबाट लुक्न नसक्ने अबस्था छ । त्यसैले उत्पादनमा जोड दिऔं देश समृद्ध बन्दै जानेछ ।